वीना मगर सफल, गोकर्ण विष्ट कसरी असफल ? प्रधानमन्त्री ज्यु

काठमाडौँ ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गरेका छन्। मन्त्रिमण्डल पुनर्गठनमा अटाएका ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ । तर,सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रममन्त्री गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएकोमा असन्तुष्टि जनाएका छन्। भने, नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी वीना मगरको निरन्तरतामा प्रश्न गरेका छन्। […]

यि हुन् बिदाई हुने मन्त्रीहरु

काठमाडौं ४ मंसिर । सरकारका कामकारबाहीका विषयमा आलोचना भइरहदा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि गरेको मन्त्रिपरिषद पुनर्गठनको तयारीलाई आज बुधबार अन्तिम निष्कर्षमा पुर्याउने भएका छन् । त्यसका लागि आजै बस्ने सचिवालयको बैठकबाट अनुमोदन गराएर नयाँ बन्ने मन्त्रीहरुको नामावली राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउन लागेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुको सामूहिक […]

१०३ सीमास्तम्भ गायव हुँदा पनि बाँके र बर्दियामा सरकार चुप

नेपालगञ्ज, ४ मंसिर । बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल(भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य […]

पराधिन शासक, कमजोर राष्ट्रियता र शक्तिशाली आन्दोलनको अपरिहार्यता

तात्कालिक नेपाल र तात्कालिक भारतस्थित ब्रिटिसको इष्ट इण्डिया कम्पनिबीच सन् १८१६ मा सुगौली सन्धि हुनुभन्दा अगाडिको नेपाल अहिलेभन्दा करीब ६० प्रतिशतले ठूलो थियो । त्यो नेपाल पूर्वमा टिस्टा, पश्चिममा सतलज र दक्षिणमा गंगा मैदानसम्म फैलिएको थियो । उक्त सुगौली सन्धिबाट नेपाल पूर्वमा मेची नदी, पश्चिममा महाकाली (काली), उत्तरमा हिमश्रृंखला (चीन) र दक्षिणमा तराई दशगजा सिमासम्म […]

हराइरहेको आयल निगमको ट्याङ्कर धनुषामा भेटियो

काठमाडौं ४ मंसिर । आइतबार रातिदेखि हराइरहेको नेपाल आयल निगमको डिलेज लोड भएको ट्यांकर धनुषामा फेला परेको छ । निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो। इलाका प्रहरी […]

बुहारी बिनाको पद जोगाउन प्रचण्ड किन लागे

काठमाडौं, ३ मंसिर । सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खानेपानी तथा सरसफाई मन्त्री विना मगरको मन्त्री पद जोगाउन हदैसम्मको प्रयास गरेको समाचार बाहिरिएको प्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ । प्रचण्डको निजि सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुको विषयमा प्रचण्डलाई जोडेर आएको समाचारको खण्डन गरेको छ । […]

मृत्युमार्ग भनेर चिनिने सिद्धबाबामा बन्ने भयो नेपालको दोस्रो सुरुङ्गमार्ग, अर्थ मन्त्रालयको सहमतिसँगै टेन्डर आह्वानको तयारी

पाल्पा – सिद्धबावा क्षेत्रमा सुरूङ् मार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट स्राेत सुनिश्चितता गरेकाे छ । राष्ट्रिय याेजना आयाेगबाट स्वीकृत याेजनाका लागि १० अर्ब १५ कराेड स्राेत माग भइ आएकाले उक्त स्राेतकाे सुनिश्चितता गरिएकाे हाे । सिद्धबावा क्षेत्रमा एक किलाेमिटर ७ सय मिटर सडक सुरूङ् मार्ग बनाउन स्टेमेट र डिजाइन स्वीकृत भएकाे छ । विगत लामाे […]

हिमाली भेगका तामा, स्लेट लगायतका बहुमुल्य खानीमा किन ध्यान दिँदैन सरकार

गलेश्वर, २ मङ्सिर । हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीको बहाव क्षेत्र वरपर तथा जिल्लाको उपल्लो भेगमा वर्षौं पहिले उत्खनन गरेर विभिन्न कारणले बन्द भएका खानी अहिलेसम्म पनि सञ्चालनमा नल्याइँदा अलपत्र परेका हुन् । हिमाली […]

‘हेर मोदी, यो हो नेपालको नक्सा’ लेखेको ब्यानर देखाउने विद्यार्थीमाथि प्रहरीको चर्को दमन

काठमाडौं, १ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीमा अतिक्रमणको विरोधमा गरेको प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप भएको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई ठमेलको अस्कल क्याम्पसबाट निस्किएका उनीहरुलाई प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो । बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र […]

अर्बौंको सरकारी जग्गा भूमाफियाको कब्जामा: १४४ बिघा शृंखलाबद्ध रूपमा व्यक्तिको नाममा दर्ता

काठमाडौं, १ मंसिर । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रहेको अर्बौं रुपैयाँबराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा शृंखलाबद्ध रूपमा व्यक्तिका नाममा दर्ता गराइएको खुलासा भएको छ । माफियाहरूले बर्दिया जिल्ला साविकको सोरहवा गाविस–८ मा रहेको कित्ता नम्बर ४४२ अन्तर्गत रहेको १४३ बिघा ९ कट्ठा पर्ती जग्गा माफियाले वर्षौंसम्म योजनाबद्ध प्रयासबाट कित्ताकाट […]