तीन जिशिअसहित सातजना विरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना जिशिअसहित सात जना विरुद्ध मुद्दा दायर गरेको छ । पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्द्र अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।  अख्तियारले धनुषाकै विभिन्न समयका तीन जिल्ला शिक्षा अधिकारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमा तत्कालीन जिशिअ शंकरबहादुर गौतम, तत्कालीन जिशिअ […]

उच्च माध्यमिक शिक्षा परिषद्को सभाद्वारा २३ अर्बको वजेट पारित

उच्च माध्यमिक शिक्षा परिषद्को २३ औ सभा सम्पन्न भएको छ । सभाले परिषदको यस वर्षको लागि प्रस्थावित १ करोड, १७ लाख ५७ ला ४० हजार ९ सयको अनुमानित वजेट पारित गरेको छ ।  सिंहदरवारस्थित शिक्षा मन्त्रालय परिषद्को सभा सम्पन्न भएको हो । सभामा परिषद्की अध्यक्ष तथा शिक्षामन्त्री चित्रलेखा यादवसहित परिषद्का सभाषदहरुको उपस्थिति रहेको थियो । […]

पहिरोले पुरिएको सिन्धुपाल्चोक मांखा माविको भवन बनाउन एनआरएनले ६५ लाख दिने

सिन्धुपाल्चोक । मांखा जुरे पहिरोमा परी पुरिएको सिन्धुपाल्चोकको वनसाँघु माध्यमिक विद्यालय मांखाको भवन निर्माणका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) र हेल्प नेपाल नेटवर्कले ६५ लाख सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।  पुरिएको विद्यालयकै प्रांगणमा एक कार्यक्रमको आयोजना गरी दुई संस्थाका प्रतिनिधिले सो घोषणा गरेका हुन् । कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो,  एनआरएनका महासचिव […]

शुल्कवृद्धि विरुद्ध क्रान्तिकारीले शैक्षिक हडताल गर्ने

नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले शिक्षण संस्थाले सहमति विपरित चर्को र मनमरी रुपमा गरिएको शुल्कबृद्धिका विरुद्ध शैक्षिक हड्ताल गर्ने जनाएको छ । क्रान्तिकारीले प्याब्सनले सर्वोच्च अदालतको आदेश विपरित शुल्कबृद्धि गरेको र छात्रवृत्ति कोटामा अध्ययन गरिरहेका विद्यार्थीबाटसमेत शुल्क असुल गरिएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।    अनामगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीले शुल्कबृद्धि विरुद्ध […]

राष्ट्रपति कार्यालयमा शिक्षा दिवसका अवसरमा विशेष समारोह

शिक्षा दिवसका अवसरमा विभिन्न तहमा सर्वोत्कृष्ट अंक ल्याउने २ सय ९७ विद्यार्थीलाई पुरस्कृत गरिएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर २९७ विद्यार्थीसहित विभिन्न विद्यालयहरुलाई पनि पुरस्कृत गरिएको छ ।  ‘सक्षम शिक्षक स्तरीय शिक्षा, समृद्धिका लागि साक्षरता र प्रविधि युक्त शिक्षा’ भन्ने नाराका साथ यस वर्षको शिक्षा दिवस मनाईको छ । […]

शुल्कबृद्धिको विरोधमा तालाबन्दी

संस्थागत विद्यालयले गरेको शुल्क वृद्धिको विरोधमा झापाको शनिश्चरेका विद्यालयहरुमा तालावन्दी भएको छ । विभिन्न चार विद्यार्थी संगठनले झापाको शनिश्चरेमा रहेका विद्यालयहरुको लेखा र प्रशासन कार्यालयमा ताला लगाएका हुन् ।    शिक्षा सेवा करका नाममा मोरङ प्याब्सन समन्वय समिति ७ नम्बर इलाकाले शुल्कबृद्धि गरेपछि त्यसको विरोधमा विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।    विद्यार्थीहरु एक साताअघिदेखि […]

एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक

एसएलसी पुरक परीक्षामा ६५ दशमलव २१ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । गत साउन २० देखि २७ गतेसम्म सम्पन्न भएको एसएलसी पुरक परीक्षाको नतिजा प्रकाशित गर्दै परीक्षा नियन्त्रण कार्यालय बल्खुले उक्त जानकारी दिएको हो ।  परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले पुरक परीक्षामा जम्मा १ लाख २० हजार ३ सय १७ जना परीक्षार्थी सहभागी भएको र त्यसमध्ये […]

शिक्षा पत्रकारिता पुरस्कार तीन जनालाई

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७० तीन जनाले प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ र शिक्षा विभागको पुरस्कार छनौट समितिले उनीहरुलाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरेको हो ।  नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्राममा सोमबार बसेको पुरस्कार छनौट समितिको बैठकले उक्त निर्णय गरेको हो । यस पटकको राष्टिय शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गर्नेहरुमा नागरिक […]

शिक्षा दिवसका सन्दर्भमा उत्कृष्ट विद्यालय पुरस्कृत

पैतीसौं राष्ट्रिय शिक्षा दिवसको अवसरमार देशका विभिन्न उत्कृष्ट विद्यालयहरुलाई सरकारले पुरस्कृत गरेको छ । राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरका गरी थुप्रै विद्यालयहरु यसपटक पुरस्कृत भएका हुन् । शिक्षा मन्त्रालयले ती विद्यालयको प्रवेशिका परीक्षामा प्राप्त गरेको अंक, त्यहाँ रहेका विद्यार्थी सङ्ख्यालगायत विभिन्न पक्षको अध्ययन मुल्याङ्क पुरस्कृत घोषणा गरेको हो । पुरस्कृत गरिएका विद्यालयहरुले वर्षकै उत्कृष्ठ विद्यालयको […]

नेपालको शैक्षिक समस्याका कारण र निवारण

१. पृष्ठभूमि कारणविना कुनै कार्य घटित हुँदैन । नेपालको शैक्षिक प्रणालीका आफ्नै समस्याहरू छन् । तिनका आफ्नै कारणहरू पनि छन् । यसको मूल समस्या त यसले नेपालीहरूलाई देश र जनताको आवश्यकता तथा युगको माग अनुकूलको सक्षम, कर्मठ आत्मनिर्भर, स्वावलम्वी, देशभक्त नागरिक निर्माण गरी तिनका आधारभूत आवश्यकता पूरा गर्न र सर्वाङ्गिण विकास गरी देशलाई युगानुकूल गति […]