न्युर्योक, १ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदाय सामु दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको प्रस्ट्याएका छन् अमेरिकाको न्युर्योकमा युनेस्कोद्वारा आयोजित दिगो विकास लक्ष्य–४ सम्बन्धी उच्चस्तरीय राजनीतिक मन्चलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालले आधारभूत शिक्षामा लैगिक समानता हासिल गरिसकेको र माध्यमिक शिक्षामा पनि लैंगिक समानता हासिल हुने […]
शिक्षा
खलासीजस्तो देखिएको भन्दै प्रिन्सिपलले कुटे शिक्षक
भोजपुर १ साउन्। भोजपुरमा आफ्नै प्रिन्सिपलबाट एक शिक्षक कुटिएका छन्। सदरमुकामस्थित स्थानीय सगरमाथा हायर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रमेशकुमार आलेले विद्यालय समयमा टाइ र कोट नलगाएको भन्दै शिक्षक अतित अधिकारीमाथि हातपात गरेका हुन् । आइतबार बिहान खाना खाएर विद्यालय जाने तयारी हुने क्रममा आफूलाई प्रिन्सिपल आलेले आफ्नै चेम्बरमा बोलाएर टाइ र कोट नलगाएको निहुँमा कुटपिट […]
केयूमा अब प्राविधिक शिक्षामा स्नातकोत्तर
काठमाडौं, साउन १ । काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेसनले दक्षिण एशियामै पहिलो पटक प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम (टीइभीटी) लक्षित स्नातकोत्तर तह कार्यक्रम शुरु गरेको छ । देशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेको थियो । देशका ७० प्रतिशत युवाले प्राविधिक […]
लोकसेवा विज्ञापनविरुद्ध माइतीघरमा वृहत्त जनप्रदर्शन हुँदै
काठमाडौं, ३१ असार । लोकसेवाको विज्ञापनविरुद्ध आज मंगलबार काठमाडौंको माइतीघरमा वृहत्त जनप्रदर्शनको आह्वान गरिएको छ ।आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै आज ११ बजे माइतीघरमा जुलुससहित वृहत्त जनप्रदर्शन हुन लागेको हो । लोकसेवा आयोगले गत जेठ १५ गते स्थानिय तहमा गरेको विज्ञापनको विरोध गर्दै आदिवासी […]
शिक्षक लाइसेन्सको विज्ञापन अन्योलमा, १ महिना बितिसक्दा पनि परीक्षाको मिति तय हुन सकेन
शिक्षण अनुमतिपत्र शिक्षक लाइसेन्सको विज्ञापन भएको झण्डै एक महिना बितिसक्दापनि शिक्षक सेवा आयोगले परीक्षाको मिति तय गर्न सकेको छैन । जसले गर्दा लाइसेन्सको फारम भरेका लाखौं परिक्षार्थी अन्योलमा परेका छन् । फारम भर्ने काम लभगभ अन्तिम चरणमा पुगेपनि आयोगले परीक्षाको मिति तय नगर्दा परीक्षा तयारीमा समस्या परेको लाइसेन्स परीक्षाको तयारी गरिरहनुभएकी पाल्पाका संगिता आर्यालले बताउनुभयो […]
लोकसेवा आयोगबाट लिईने प्रथम पत्रको नमूना प्रश्नोत्तर
काठमाडौं । लोकसेवाले स्थानीय तहको लागि ठूलो संख्यामा बिज्ञापन गरेको छ । यो बिज्ञापनमा हाम्रा पाठकहरुका लागि पनि निकै महत्वपूर्ण छ । लाेकसेवाकाे तयारी गरिरहेका हाम्रा अादरणीय पाठकहरुलाई मध्यनजर राख्दै अप्राविधिक समूहको प्रथम पत्र सामान्य ज्ञान र आइ क्यूलाई सेटको रुपमा राखेका छौ । सेट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु हुन अनुरोध […]
अर्का उपकूलपति विरुद्ध पनि अख्तियारले दावी गर्यो भ्रष्टाचार मुद्दा
काठमाडौं, ३० असार । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पूर्व उपकूलपतिका विरुद्ध विशेष अदालतमा मद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति बलभद्र प्रसाद दाससहित ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले […]
अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधाका लागि आवेदन दिन अन्तिम मौका
भक्तपूर ३० असार । परीक्षामा अनुत्तीर्ण एवं सुविधा रोजेर स्वतः अवकास भएका अस्थायी शिक्षक मध्ये अहिले सम्म पनि केही शिक्षकहरुले आवेदन नबुझाए पछि केन्द्रले अन्तिम ताकेता गरेको छ । यसअघि पनि केन्द्रले पटक पटक ताकेता गर्दै आइरहेको थियो । केन्द्रले आइतबार सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै साउन १५ गते भित्र आवश्यक कागजात […]
लोकसेवा आयोगको विज्ञापन बिरुद्ध मसाल जुलुसमा जे देखियो (फोटो फिचर)
काठमाडौँ, २९ असार। लोकसेवा आयोगको कर्मचारी पदपूर्ती गर्ने एक विज्ञापनका विरुद्ध अाज काठमाडाैंमा विशाल मशाल जुलुस निकालिएकाे छ । अायाेगकाे विज्ञापन समानुपातिक समावेशी सिद्धान्त विपरित रहेकाे भन्दै नेवाः संघर्ष समन्वय समितिले काठमाडौँमा मशाल जुलुस निकालेकाे हाे । आयोगको विज्ञापन असमावेशी रहेको भन्दै आरक्षण सुनिश्चित सहितको विज्ञापनको पनि माग गरिएकाे छ ।समितिले अहिले निकालिएकाे लाेकसेवाकाे विज्ञापन […]
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्न माग
काठमाडौँ, २९ असार। सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार निलहिरा समाजले आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समसामयिक अन्तक्र्रिया तथा छलफल’मा समाजबाट अपहेलित भएको तेस्रोलिङ्गी समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्नुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक […]










