मस्कट । ओमानको राजधानी मस्कटको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत अहमद खान परिवर्तन गरेको नाम ले आफु बस्ने कोठामा झुन्डिएर आत्महत्या गरेका छन् ।एक बहुचर्चित सुपरमार्केटमा काम गर्ने अहमदको घर झापा भएको र उनी बिगत चार बर्ष देखि वैदेशिक रोजगारीका सिलसिलामा ओमानमा रहेको बताईएको छ । निजका आफन्तले नै सव नेपाल नपुग्दै परिचए नखोल्न हामीलाई आग्रह […]
विश्व
अफगानी राष्ट्रपतिद्वारा निर्वाचन प्रचार प्रसार सुरु
काबुल, १२ साउन । अफगानिस्तानमा आउँदो सेप्टेम्बरको अन्त्यतिर हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति मोहम्मद असरफ घानीले आइतबारदेखि प्रचार प्रसार अभियान सुरु गरेका छन्। युद्धग्रस्त देश अफगानिस्तानमा घानीले फेरि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् । राष्ट्रपति निर्वाचनका लागि घानीसहित कूल १८ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् । आइतबारदेखि सुरु भएको प्रचार प्रसार अभियान झण्डै […]
म्यानमारमा भयानक पहिरो, कम्तीमा १३ को मृत्यु
याङ्गुन, १२ साउन । म्यानमारमा आइतबार आएको भयानक पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने काचिन राज्यको हपाकान्तमा पहिरो गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएकाहरु स्थानीय एक कारखानाका कर्मचारी र सुरक्षाकर्मीहरु रहेका छन् । स्थानीय समय अनुसार दिउँसो २ बजे पहिरो गएको थियो । उद्धारकर्ताहरुले १३ […]
उत्तर कोरियाद्वारा रुसी डुङ्गा मुक्त
सियोल, १२ साउन । उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुङ्गा छाडिदिएको रुसी अधिकारीहरुले बताएका छन् । प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुङ्गामा १५ जना रुसी र दुई जना दक्षिण कोरियाली सवार थिए । गत जुलाई १७ मा रसियन नर्थ–इस्टर्न फिसिङ कम्पनीको उक्त डुङ्गा उत्तर कोरियाली सुरक्षाकर्मीले नियन्त्रणमा […]
जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प
टोकियो, १२ साउन । जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।
प्रहरीको भेषमा जब तीन करोड डलर बराबरको सुन लुटियो
ब्राजिलमा बन्दुकधारीहरूले कम्तीमा तीन करोड डलर बराबरको ७५० किलोग्राम सुन लुटेका छन्। सन्दिग्धहरू प्रहरी अधिकारीहरूको पोशाकमा साओ पावलोस्थित ग्वारुलियोस विमानस्थलबाट सो परिमाणमा सुन लगेका हुन्। उक्त सुन न्यूयोर्क र ज्यूरिक पुर्याउन लागिएको थियो। प्रहरीका अनुसार विमानस्थलका दुईजना कर्मचारीलाई बन्धक बनाइएको थियो। अपहरण केही विवरणहरूमा जनाइए अनुसार सुनबारे गोप्य जानकारी लिनका लागि सन्दिग्धहरूले विमानस्थलका एक वरिष्ठ […]
आपत्कालीन फोन प्रहरीले बेवास्ता गरेपछि अपहरित किशोरी मारिइन्
रोमानियाका आन्तरिक मामिलामन्त्रीले एकजना किशोरीको हत्याको घटनालाई लिएर प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन्। ती किशोरीले प्रहरीको आपत्कालीन टेलिफोन नम्बरमा फोन गरे पनि घण्टौँसम्म त्यसप्रति कारबाही अगाडि नबढाइको विवरणमा जनाइएको छ। पन्ध्र वर्षीया किशोरी बुधवार अपहरणमा परेकी थिइन्, तर अपहरित अवस्थामै उनले तीन पटक फोन गर्न भ्याइन् र आफूलाई राखिएको ठाउँबारे प्रहरी अधिकारीहरूलाई जानकारी गराइन्। किशोरीको […]
चीनमा निजी विद्यालय बढे
बेइजिङ, ११ साउन। चीनमा निजी विद्यालयहरुको संख्यामा बृद्धि भएको पाइएको छ । सन् २०१८ मा मात्रै ५ हजार ८१५ निजी विद्यालयहरु थपिएर कुल संख्या एक लाख ८३ हजार पाँच सय पुगेको अधिकारीहरुले जनाएका छन् । देशमा रहेका कुल विद्यालयहरु मध्ये ३५.३६ प्रतिशत निजी विद्यालयहरु रहेको पनि तथ्याङ्कले देखाएको छ । चिनियाँ शिक्षा मन्त्रालयले सार्वजनिक गरेको […]
सैन्य कोषबाट मेक्सिको सीमा क्षेत्रमा पर्खाल बनाइने
वासिङटन, ११ साउन । अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ । अमेरिकाको सर्वोच्च अदालतको यस निर्णयपछि राष्ट्रपति ट्रम्प गर्नु भएको एक ट्वीटमा सीमा सुरक्षा र विधिको कानूनको ठूलो विजय भएको बताएका छन् । क्यालिफोर्नियाका एक […]
घाज्नी प्रान्तमा कारबम विस्फोट तीनको मृत्यु बाह्र घाइते
११ साउन। अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्धारमा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य १२ जना घाइते भएका छन् । प्रान्तीय सरकार प्रवक्ता आरेफ नुरी उक्त विस्फोटको पुष्टि गरे । प्रहरी कार्यालयनजिकै प्रहरीलाई नै लक्षित गरेर विस्फोट गराइएकाले मृत्यु हुने […]











