चीन विश्रवकै दोस्रो शक्र्तिशाली देश, भारत चौथो

काठमाडाैं । चीन सैन्य शक्तिको दृष्टिकोणले विश्वकै दाेस्राे शक्तिशाली मुलुक बनेकाे छ । त्यसैगरी भारत भने विश्वकै चौथो शक्तिशाली मुलुक भएको छ । भारतकाे कट्टर विराेधी मानिने पाकिस्तानकाे र्याङ्क भने याे वर्ष घटेकाे छ । पाकिस्तान सैन्य शक्तिमा यस वर्ष १३ अाै स्थानमा रहेकाे छ । गत वर्ष पाकिस्तान विश्वकै शक्तिशाली मुलुकको सूचीमा ९ औं […]

मन्त्रीले राजीनामा दिएपछि सरकार संकटमा, प्रधानमन्त्रीलाई व्यापक तनाव

काठमाडौं । २४ घण्टाभित्र ब्रिटेनका तेस्रो मन्त्रीले पनि राजीनामा दिएपछि प्रधानमन्त्री थेरेसा मे नेतृत्वको सरकार संकटमा परेको छ । ब्रेक्जिट मन्त्री डेभिड डेभिस, जुनियर ब्रेक्जिट मन्त्री स्टिभ बेकरले राजीनामा दिएलगत्तै विदेशमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएका छन् । डेभिड डेभिस ब्रेक्जिटका मुख्य वार्ताकार हुन् । ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मेको ब्रेक्जिट रणनीतिको कारण मन्त्रिपरिषदमा मतभेद चुलिएको […]

गुफामा गएका बेला एकाएक पानी भरिएर थुनिएका १२ बालकको २ हप्तापछि उद्धार

काठमाडाै‌ । थाइल्यान्डको उत्तरी इलाकामा करिब दुई सातादेखि थुनिएर रहेका १२ किशोर र एक प्रशिक्षकमध्ये ६ जना बालकलाई आइतबार उद्धार गरिएको छ । लामो समयसम्म गुफामा फसेका किशोरहरूलाई नजिकैको शिविरमा लगिएको छ । किशोरहरूको स्वास्थ्य अवस्था परीक्षण गरिएको उद्धारमा संलग्न समूहका एक सदस्यले जानकारी दिए । थाइ सरकारले दिएको जानकारीमा ६ बालकको सकुशल उद्धार गरिएको […]

नेपालपछि भारतले लगायो माल्दिभ्समा कडा नाकाबन्दी

काठमाडाैं, १६ असार । माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ। भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज […]

दैनिक पत्रिकाको न्यूजरुममा अन्धाधुन्दा गोली चल्दा पाँचजनाको मृत्यु

काठमाडाैं । अमेरिकाको एनापोलिस राज्यको राजधानी मेरील्याण्डमा बिहिबार दिउँसो एक पत्रिकाको न्यूजरुममा अन्धधुन्ध गोलीबारी हुँदा पाँचको मृत्यु भएको छ भने केही घाइते भएका छन् । पुलिसका अनुसार गोली चलाउने एक संदिग्धलाई पक्राउ गरिएको छ । क्यापिटल ग्याजेट नामक पत्रिकाको अफिसमा हमला हुँदा त्यहाँ थुप्रैको उपस्थिती थियो । एक संवाददाताका अनुसार बन्दुकधारीले सिसाको ढोकालाई निशाना बनाए […]

दक्षिण सुडानमा युद्धविरामको सम्झौता, सबै पार्टीले गरे हस्ताक्षर ?

एजेन्सी ।  दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारबीच स्थायी युद्धविराम गर्ने सहमति भएको छ । स्थायी युद्धबिरामको सम्झौता ७२ घण्टामा कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् । दक्षिण सुडानमा लामो समयदेखि हुँदै आएको गृहयुद्ध अहिलेको सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ । सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले स्थायी युद्धविरामको सम्झौतामा सबै पार्टीले हस्ताक्षर […]

यस्तो बनाएका छन किम जोङ उनले आफ्ना लागि तीन घेराको कडा सुरक्षा व्यवस्था

पाँच दिनअघि उत्तर कोरियाका तानाशाह किम जोङ उन सिंगापुरको एउटा होटेलपरिसरबाट बाहिरिने क्रममा एउटा गाडीको दायाँ–बायाँ तथा अगाडि–पछाडि एउटा हेर्नलायक समूह देखिन्थ्यो । गाडी जताजता बढ्थ्यो, त्यो समूह उतैउतै बढ्थ्यो । गाडीबाट केही इन्चको दूरीमा आकर्षक ढंगमा गाडीलाई घेरा हालेर हिँडेको दृश्य क्यामेरामा कैद गर्न विश्वभरका सयौँ पत्रकार व्यस्त देखिन्थे । सुटबुटमा ठाँटिएको सो समूह उत्तर कोरियाली तानाशाह […]

मेयरको हत्या आरोपमा सहरका सबै प्रहरी गिरफ्तार

काठमाडाैं । मेक्सीकोको शहर ओकाम्पोस्थित एउटा पूरै पुलिस विभागलाई मेयरका उम्मेद्वारको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको छ । ६४ वर्षका फर्नान्डो एन्जेल्स जुआरेजको तीन अज्ञात बन्दुकधारीले गत बिहिबार उनको घर बाहिर गोली हानी हत्या गरेका थिए । जुलाई १ तारिखदेखि मेक्सीकोमा आम निर्वाचन हुँदैन । सेप्टेम्बरदेखि यहाँ एक सय २० नेताको हत्या भइसकेको छ […]

भारतले लगायो माल्दिभ्समाथि अघोषित नाकाबन्दी

काठमाडाैं, १२ असार । भारतले माल्दिभ्सलाई पठाउने अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ । आलु, प्याज, अण्डासमेत अन्य खाद्यवस्तुको निर्यातमा भारतले कम गर्ने निर्णय गरेको हो । भारत सरकारको यस्तो कदमले माल्दिभ्सले खाद्य सामग्रीको कमीको सामना गर्नुपर्ने बीबीसीले बताएको छ । यसले भारत र माल्दिभ्सबीचको खराब सम्बन्ध दर्साउँछ । भारतले यसका लागि […]

जिम्बाब्बेका राष्ट्रपतिमाथि बम हमला, मुस्किलले जोगिए

काठमाडौं ।  जिम्बाब्वेका राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गर्दै गरिएको बम हमलाबाट उनी मुस्किलले जोगिएका छन् । जिम्बाबेको बुलावायो शहरमा राष्ट्रपतिलाई लक्षित गर्दै भएको बम हमलामा उनी मुस्किलले जोगिएका हुन । ह्वाइट सिटी रंगशालामा भएको र्‍यालीमा आफ्ना समर्थकलाई सम्बोधन गरेर निस्कँदै गर्दा उनलाई लक्षित गर्दै बम विस्फोट भएको हो । उक्त हमलामा उपराष्ट्रपति केम्बो मोहादीको खुट्टामा […]