नक्कली किम जोङ उन बनेर दिनमै १५ लाख कमाउने कलाकार

एजेन्सी । काठमाडौं-मानिसको दैनिकी कतिबेला कुन शीर्षकमा कता फर्कंन्छ पत्तै नहुने । यस्तै भएको २ कलाकारलाई । उनीहरु दुवैले एक विश्व चर्चित नेताको नक्कल गरेर आम्दानी बढाएका छन् । अर्थात दिनमै १५ लाख बढी कमाउँछन् । यसरी अथाह कमाउने २ व्यक्ति हुन हङकङका राजनीतिक व्यंग्यकार हावर्ड एक्स र दक्षिण कोरियाका मिनयोङ किम। यी दुवै कलाकार […]

एकाएक अध्यक्ष गान्धीले राजीनामा दिएपछि कांग्रेसमा हल्लीखल्ली

काठमाडाैं । भारतीय कांग्रेसका अध्यक्षले एकाएक राजिनामा दिएपछि पार्टीमा हल्लीखल्ली मच्चिएकाे छ । कांग्रेस अाइका अध्यक्ष राहुल गान्धीले लोकसभा निर्वाचनमा पार्टीको हारको जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले चार पृष्ठको खुलापत्र लेखेर राजिनामा दिएका हुन् । चारपृष्ठकाे राजिनामा पत्रमा आफ्ना भनाइहरु राख्दै गान्धीले लोकसभा निर्वाचनमा पार्टीले पाएको हारको जिम्मेवारी आफूले लिने बताएका छन्। […]

अमेरिकाद्वारा साउथ चाइना सीमा चीनले गरेको क्षेप्यास्त्र प्रहारको आलोचना

अमेरिकाले चीनलाई साउथ चाइन सी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै बेइजिङको कदमलाई ‘तर्साउने नियत’ भनेको छ। अमेरिकी पत्रपत्रिकाहरूले रक्षा मन्त्रालयको गोप्य स्रोतलाई उद्धृत गर्दै चिनियाँ क्षेप्यास्त्र प्रहारको समाचार छापेका थिए। बेइजिङले सो विवादित क्षेत्रमा सैन्य अभ्यास गरेको स्विकारे पनि क्षेप्यास्त्र प्रहार गरे वा नगरेको बताएको छैन। सो क्षेत्रका केही भागहरूमा ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेशिया […]

सुरक्षा संयन्त्र छलेर संसद भवनभित्रै प्रदर्शनकारी छिरेर गरे तोडफोड

काठमाडौं । ब्रिटेनले हङकङ चीनलाई हस्तान्तरण गरेको वर्षगाँठको अवसरमा भेला भएका प्रदर्शनकारीहरुले संसद भवन तोडफोड गरेका छन् । कठिन प्रयासपछि सुरक्षाकर्मीहरु संसद भवन परिसरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएका छन् । हङकङमा हप्तौंदेखि सुपुर्दगी सम्बन्धि विधेयकको विरोध हुँदै आएको छ । हङकङ सरकारले उक्त विधेयक फिर्ता लिइसकेको छ । तर पनि प्रदर्शन रोकिएको छैन । […]

ट्रम्प भन्छन् अब ह्वावेईसँग अमेरिकी कम्पनीले कारोबार गर्न सक्छन्

अमेरिका र चीनले व्यापार वार्ता पुन: थाल्ने बताएर विश्वव्यापी आर्थिक शिथिलतालाई रोक्न प्रयास गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग जी-२० शिखर सम्मेलनका बेला जापानमा भएको भेटवार्तापछि राष्ट्रपति डोनल्ड ट्रम्पले अब अमेरिकी प्रविधि कम्पनीहरूलाई चिनियाँ कम्पनी ह्वावेईलाई सामान बिक्री गर्न अनुमति दिने बताए। त्यसलाई अमेरिकी प्रशासनले चीनलाई दिएको ठूलो राहतको रूपमा हेरिएको छ। उक्त भेटवार्तापछि ट्रम्पले […]

ट्रम्पले पहिलो पटक उत्तर कोरियामा पाइला टेके

दक्षिण कोरियाको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच केही बेरअघि दुई कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको छ। ट्रम्पले शनिवार एक ट्वीट सन्देशमार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले एक प्रकारको तरङ्ग उत्पन्न गराइदियो। आइतवार विहानसम्म दुई नेताबीच भेट हुने निश्चित भइसकेको थिएन। ट्रम्प केहीबेर अघि […]

ट्रम्पलाई भेट्न किम जोङ–उन फेरि तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता हुने भएको छ। ट्रम्प र किमबिच आइतबार दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड भूभागका भेटवार्ता हुने तय भएको दक्षिण कोरियाका राष्ट्रपतिले बताएको द न्युर्योक टाइम्सले जनाएको छ । ट्रम्प र किमबिचको भेट अन्तिम समयमा आएर तय भएको हो । जी–ट्वेन्टी सम्मेलन सकेर अमेरिकी राष्ट्रपति […]

माडगास्कर स्वतन्त्रता दिवस: रङ्गशालामा किचिएर कम्तीमा १५ जनाको मृत्यु

माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एउटा विशेष कार्यक्रममा किचिएर कम्तीमा १५ जना मानिसको मृत्यु भएको छ। सो दु:खद घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन। तर परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएको अधिकारीहरूले बताएका छन्। राजधानी एन्टनान्नरिभोस्थित रङ्गशालामा भएको सो घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन्। गत सेप्टेम्बर […]

रोबोटले अबको दश वर्षमा कति जनशक्ति विस्थापन गर्ला ?

उत्पादन क्षेत्रका २ करोड रोजगारी सन् २०३० सम्ममा यन्त्रमानव अर्थात् रोबोटले विस्थापन गर्न सक्ने एउटा विश्लेषक संस्था अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ। यस्ता कामबाट विस्थापित मानिसहरूले सेवा क्षेत्रमा पनि स्वचालित यन्त्रका कारण त्यसैगरी मानव रोजगारीको सङ्ख्या घटेको पाउने उक्त संस्थाको भनाइ छ। तर बढ्दो स्वचालनले रोजगारी र आर्थिक वृद्धिदर बढाउने उक्त संस्थाले बताएको छ। उक्त संस्थाले […]

साइप्रस शृङ्खलाबद्ध हत्या: नेपाली महिलासहित सात जनाको हत्या गर्ने पूर्वसैनिकलाई ‘सातवटा जन्मकैद’

पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ। उनले हत्या गरेकामध्ये एक महिला नेपाली नागरिक थिइन्। उनले हत्या गरेका दुई बच्चा छदेखि आठ वर्षका थिए। नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको बताइएको छ। उनको गत वर्ष हत्या भएको […]