जहाजसँग ठोक्किँदा जंगली बँदेल मर्‍यो, यात्रु सकुशल

काठमाडौं,१९ मंसिर। नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए । जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ। जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार […]

आमाको इच्छा पुरा गर्न बिवाहमा हेलिकोप्टर चार्टड

काठमाडौँ १० मंसिर । आमाको इच्छा पुरा गर्न एक युवकले आफ्नो बिवाहमा हेलिकोप्टर चार्टड गरेका छन् । यहाँ एक यस्तो छोराको कुरा गरिएको छ । जसले आफ्नी आमाको इच्छा पुरा गर्न दुलही लिनका लागि हेलिकोप्टर चार्टड गरेका छन् । यो घटना भारतको राजस्थान स्थित हनुमानगढको हो । त्यहाँ एक दूलाहाले आफ्नो आमाको इच्छा पुरा गर्नका […]

टिकटकका प्रयोगकर्ता १ अर्ब ५० करोड

क्यालिफोर्निया, २ मङ्सिर । पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ । टिकटकले यस वर्ष “नन–गेमिङ” वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको […]

उपमहानगरभित्रै बाँदर आतङ्क

बाँके, ४ कात्तिक । पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन् । बाँदरले सास्ती दिन थालेपछि जयसपुरवासीले समाधानका लागि स्थानीय तहसँग गुहार मागेका छन् । बाँदरको झुण्ड स्थानीयवासीको घरमा पस्ने, बालीनाली, तरकारीमा नोक्सानी गर्ने र मान्छेमाथि नै […]

काठमाडौंमै एक महिलाले जन्माइन चार शिशु

काठमाडौं, ९ असोज । धनगढीकी खगित्रा शाहीले एकै पटक चार शिशुलाई जन्मदिएकी छिन् । २७ वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । आठ महिनाको गर्भलाई शल्यक्रियामार्फत नवजात शिशुको जन्म गराएइको छ । शिशुको अवस्था सामान्य रहेको छ । नवजात तीन शिशुको तौल क्रमश: १.४, १.५, १.६ […]

गधाको दूधबाट बनेको चीजको मूल्य प्रतिकिलो सवालाख रुपैयाँ

“यसको विशेष स्वाद छ, जुन तपाईँले अरू कुनै बस्तुमा पाउनुहुन्न।” सर्बियाका क्षेत्रीय संसद्‍का पूर्व सदस्य स्लोबोदान सिमिकले गधाको दूधबाट बनेको चीजको स्वादको वर्णन गर्दै भने। गधाको दूधको चीज बनाउने उनी पहिलो कृषक हुन्। संसारमा यस्तो चीज निकै कम परिमाणमा उपलब्ध छ। यसको उत्पादन असाध्यै थोरै हुन्छ। त्यसैले यसको प्रतिकिलो मूल्य १,००० युरो वा १,१०० अमेरिकी […]

आफूलाई २०० वटा सर्पबाट डसाउने व्यक्तिको रोचक कथा

प्रत्येक पाँच मिनेटमा कतै न कतै कोही न कोहीको सर्पदंशका कारण ज्यान जान्छ भने अन्य चार जना स्थायी रुपमा अपाङ्ग हुन्छन्। तर विश्वमा केही मानिसहरू छन् जसले ठूलो जोखिम मोल्दै यो घस्रने जन्तुसँग जोडिएका विभिन्न किसिमका अनुसन्धान गर्छन्। अमेरिकी राज्य विसकनसिनमा बस्ने टिम फ्रिडा त्यस्तै मध्ये एक हुन्। उनी जानाजान विषालु सर्पलाई डस्न लगाउँछन्, त्यसको […]

कुमारीको हातबाट राष्ट्रप्रमुखले टिका लाउनुको यस्तो छ घतलाग्दो इतिहास

  काठमाडौ, २७ भदौ । सत्ययुगको कुरा हो । राजा त्रैलोक्य मल्ल र तलेजु भवानी पासा खेल्दै थिए । उनीहरु पासा खेल्दै राज्य सञ्चालनबारे छलफल पनि गर्दै थिए । कालो पर्दाले छेकेर अति गोप्य छलफल तथा वार्ता भइरहेको बेला राजाको मनमा पाप चित्त उत्पन्न भएछ । उक्त कुरा थाहा पाएकी देवी तलेजु भवानीले अबदेखि नेवार […]

एटिएम मेसिनमा घुसेर मुसाले १२ लाख भन्दा बढी नोट टुक्रा–टुक्रा पारे

एजेन्सी। एटिएम मेसिनमा घुसेका मुसाले त्यसमा रहेका १२ लाख भारु भन्दा बढी पैसा टुक्रा टुक्रा पारेका छन् । लामो समय देखि बिग्रेर बसेको एटिएम मेसिनमा मुसाले यस्तो चर्तिकला गरेका हुन् । बिग्रिएको एटिएम मेसिन बनाउन पुगेका प्राविधिक टोलिले मेसिन खोलेर हेर्दा यस्तो देखेका थिए । अहिले सो घटना सोशल मिडियामा भाइरल बनेको छ । सार्वजनिक […]

उडिरहेको हेलिकोप्टरबाट सामान खस्यो

सोलुखुम्बु, २२ भदौ । फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् । फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ । हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् । कार्गो उडान […]