गलेश्वर, २१ भदौ । उत्तरतर्फ मुसुक्क मुस्कुराएजस्तै देखिने धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमालका लहर । सूर्योदय र सूर्यास्त एकै ठाउँबाट देख्न सकिने । दक्षिण र पूर्वतर्फ ठूलाठूला पहाड र लमतन्न फैलिएको घना जङ्गल । पश्चिमतर्फ सुन्दर गाउँका साथै म्याग्दीका दर्जनौँ ग्रामीण क्षेत्रको एकै ठाउँबाट अनेका दृश्यावलोकन गर्न पाइने रमणीय ठाउँ हो बरङ्जाको झाँक्रीपानी । पश्चिम म्याग्दीको […]
पर्यटन
उपल्लो मुस्ताङसम्म वर्षभरिनै सवारीसाधन चल्ने
गलेश्वर, २१ भदौ । हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको लोमान्थाङसम्म अब बाह्रै महीना नियमित यातायातका साधन चल्ने भएको छ । उपल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भई सोमबारदेखि सञ्चालनमा आएपछि काठमाडौँ, पोखरा, बेनीलगायतका ठाउँबाट बाह्रै महीना सिधै लोमान्थाङ पुग्न सकिने भएको हो । निर्माणाधीन पुललाई गत साउनमा कालीगण्डकीमा आएको […]
टानको अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर विजयी
काठमाडौँ, २१ भदौ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी भएका हुन् । निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी बनेका छन् भने पराजित […]
पर्यटकको आतिथ्य संस्कारमा कमी हुनुहँुदैन ः अध्यक्ष दाहाल
काठमाडौँ, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको स्वाभिमानलाई उचो राख्ने गरी विदेशी पर्यटकलाई गरिने आतिथ्य संस्कारमा कुनै कमी गर्न नहुने बताएका छन् । पदयात्री व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४१ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली हुनुमा गौरव गर्दै […]
युरोपेली पर्यटक : भ्रमण वर्ष सफलताका मुख्य आधार
पेरिस९फ्रान्स०, २० भदौ । नेपाल भ्रमणमा आउने पर्यटकमा ठूलो हिस्सा ओगट्ने युरोपेली मुलुकका पर्यटकलाई लक्षित गरी कार्यक्रमहरु सञ्चालन हुन सकेमा नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिने देखिन्छ । युरोपेली मुलुकहरुबाट सन् २०१८ मा दुई लाख ४३ हजार २८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यस वर्षको छ महीनाको अवधिमा यो सङ्ख्या […]
कर्णाली विकासको डिजिटल नक्सा तयार हँुदै
जुम्ला, २० भदौ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताए । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको डिजिटल नक्सा तयारबिना कर्णालीको विकास नहुने बताए । कर्णालीमा विकास माग्ने र खाने संस्कृति मौलाउँदै गएकाले त्यसको अन्त्यका लागि हरेक क्षेत्र सजग हुनुपर्नेमा जोड […]
होटल व्यवसायीलाई आधारभूत तालीम
खोटाङ, २० भदौ । पर्यटकलाई भित्र्याउने र उनीहरुको बसाइँ अवधि बढाउने उद्देश्यले यहाँका होटल व्यवसायीहरुका लागि १० दिने आधारभूत तालीमको आयोजना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा खोटाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो तालीममा नगरभित्रका ४० जना होटल व्यवसायीको सहभागिता रहेको छ । बिहीबारदेखि शुरु भएको सो तालीमका लागि नेपाल पर्यटन तथा […]
सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गरिने
काठमाडौँ, १९ भदौ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ । कम्पनीले यसअघि सफाइ अभियानका साझेदार संस्थाको सहयोगमा उक्त क्षेत्रबाट ४५ टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरिसकेको जनाएको छ । यती एयरलाइन्सले […]
सम्पदा संरक्षण प्रवद्र्धन गरी भ्रमण वर्षमा उपयोग गरिनुपर्ने
काठमाडौँ, १९ भदौ । विश्व सम्पदामा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरलगायत सम्पदाको संरक्षण प्रवद्र्धनमा विशेष ध्यान दिइनुपर्नेमा सांसद, विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज भएको बैठकमा सहभागी वक्ताले पशुपतिनाथ क्षेत्रभित्रको मूर्त र अमूर्त कला संस्कृति, सम्पदा केवल संस्कृति र आस्था मात्र नभई देशकै गौरव र पहिचानको विषय भएको उल्लेख गर्दै […]
दृष्यावलोकन स्तम्भको निर्माण सुस्त
काठमाडौँ, १८ भदौ । काठमाडौँ महानगरपालिकाको महत्वकाक्षी योजनामा पर्ने काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) को निर्माण सुस्त रहेको छ । निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि तीन वर्ष बित्दा समेत निर्माणले गति लिन सकेको छैन् । अहिलेसम्म स्तम्भ निर्माणको काम जम्मा १५ प्रतिशत मात्रै सम्पन्न भएको कामपाले जनाएको छ । […]











