‘भ्रमण वर्ष सफल बनाउन सबैको सहयोग आवश्यक’

अत्तरिया, २८ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले छिमेकी मुलुक भारतसहितका देशमा पर्यटकीय […]

कालोपत्रे हुन सकेन पाटन विमानस्थल

बैतडी, २८ भदौ । म्याद सकिएको १४ महीना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन । विसं २०७५ को असारमा कालोपत्रे गरी सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल अझै कालोपत्रे हुन नसकेको हो । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा सबै काम सकिएर कालोपत्र मात्रै गर्न बाँकी रहेको निर्माण कम्पनीका […]

मध्यवर्तीको सामुदायिक विकासलाई १४ करोड

चितवन, २८ भदौ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सामुदायिक विकासका लागि चालू आर्थिक वर्षमा १४ करोड नौ लाख बजेट निकासा भएको छ । गत आवमा सङ्कलित राजश्वमध्येको झण्डै आधा रकम सामुदायिक विकासमा विनियोजन भएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आवमा २९ करोड १० लाख राजश्व सङ्कलन भयो । गत वर्ष […]

पौवाभञ्ज्याङमा पर्यटन सूचना केन्द्र

फिदिम, २८ भदौ । पर्यटकको सुविधाका लागि पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवाभञ्ज्याङमा पर्यटक सूचना केन्द्र निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन विकास समिति इलामले ४२ लाख लगानीमा निर्माण गरेको उक्त सूचना केन्द्र पर्यटन वर्ष–२०२० लाई लक्षित गरी सञ्चालनको तयारी गरिएको छ । समितिका योजना अधिकृत सञ्जीव पौडेलका अनुसार सूचना केन्द्र फिदिम नगरपालिका र फाल्गुनन्द […]

पर्यटन क्षेत्रमा देखिँदैछन् सुधाराका सङ्केत

काठमाडौँ, २७ भदौ । सरकारले पर्यटन क्षेत्रको समग्र सुधारका लागि चालेका कदमको प्रतिफल देखापर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गरेको मन्त्रालयअन्तर्गतको प्रमुख प्राथमिकताका कार्यक्रमको व्यवहारिक कार्यान्वयन शुरु भएसँगै सुधारका सङ्केत देखिएका हुन् । मन्त्री भट्टराईको प्राथमिकतायुक्त कार्यक्रमअन्तर्गत हवाई उड्डयनका क्षेत्रमा सुधारका काम झल्किन थालेका छन् । कार्ययोजनाअनुरुप मुलुकको इज्जत र […]

‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउन तयारी शुरु

इलाम, २५ भदौ । आउँदो वर्ष ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउनका लागि पूर्वी जिल्लाका व्यवसायीले तयारी शुरु गरेका छन् । भ्रमण वर्ष सफल बनाउन मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि ‘टुरिजम प्याकेज’ बनाउने कामसमेत थालेका छन् । पर्यटन व्यवसायीहरुको भेलाले राजेन दङ्गालको अध्यक्षतामा मेची कोरिडोर पर्यटन सरोकार समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा देवी […]

पर्यटकको पर्खाइमा घुरुङखाँ मैदान गाउँ

स्याङ्जा, २५ भदौ । पर्यटन वर्षको चर्चा चलिरहेको बेला जिल्लास्थित घुरुङखाँ मैदान गाउँका स्थानीय बासिन्दा पर्यटकको पर्खाइमा छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने वालिङ नगरपालिका–१२ सिर्सेकोटस्थित घुरुङखाँ मैदान गाउँका बासिन्दा पर्यटकलाई स्वागत गर्न आतुर रहेका छन् । पर्यटकका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण गरेर गाउँमा आन्तरिक एवं बाह्य पर्यटकलाई आफ्नै गाउँघरमा उत्पादित वस्तुको स्वाद चखाएर […]

संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

अत्तरिया, २५ भदौ । कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशम्शेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन गर्भा दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । दरबार संरक्षणमा ध्यान नदिँदा दिन प्रतिदिन भत्किने क्रममा रहेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र […]

घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

वालिङ, २२ भदौ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । वालिङ नगरपालिकाअन्तर्गत ८ र १० नम्बर वडामा अवस्थित घ्वाङखोलामा आवश्यक भौतिक पूर्वाधारहरु निर्माण गरेसँगै धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र बन्दै गएको हो । वालिङ नगरपालिकाको मुख्य बजार वालिङबाट झण्डै तीन किलोमिटरको दूरीमा […]

पर्यटन वर्षलाई सघाउन उपसमिति गठन

बागलुङ, २१ भदौ । गण्डकी प्रदेशले घोषणा गरेको पर्यटन वर्ष (सन् २०१९–२०२२) सफल पार्न जिल्लास्तरीय समन्वय उपसमिति गठन गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको उपस्थितिमा उपसमिति घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षतामा गठित उपसमितिको उपाध्यक्षमा जिससका उपप्रमुख विष्णुप्रसाद भुसाल रहेका छन् । पदेन सदस्यमा […]