साउनमा उर्लेको भेरी नदीमा फसेका युवकलार्इ प्रहरीले गर्यो उद्धार

डोल्पा, ९ साउन । डोल्पाको सदरमुकाम दुनैमा भेरी नदिमा फसेका एक यूवकको प्रहरीले सकुशल उद्धार गरेको छ । उदयपुर जिल्ला सिस्पुर वडा नम्बर ९ स्थायी घर भइ हाल डोल्पाको दुनैमा बस्दै आएका बर्ष २० का पबिन मगरको प्रहरीले सकुशल उद्धार गरेकाे हाे । भेरी नदीले बगाएर ल्याएकाे काठ उतारेर बेच्नका लागि पविन मगर नदीमा पसेका […]

फेरि सञ्चालनमा आउँदै जनकपुर–जयनगर रेल सेवा

धनुषा, ७ साउन । देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले जनाएको छ । […]

व्यापक विरोधपछि प्रचण्ड शताब्दी पदक फिर्ता गर्न बाध्य

काठमाडौं, ५ साउन । साउन ३ गते मंगलबार एउटा समाचार निकै चर्चामा रह्याे । नेकपा (माओवादी केन्द्र)का प्रचण्डलार्इ एउटा संस्थाले अहिलेसम्मकै ठूलाे सम्मानकाे घाेषणा गर्याे । दुर्इ पटक प्रधानमन्त्री भइसकेका माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकै खुसी हुँदै उक्त कार्यक्रममा सहभागी पनि भए । शताब्दी पदकबाट अाफूलार्इ सम्मान गरिने भएपछि उनी खुसी नहुने कुरा नै थिएन […]

प्रचण्डले यस्तो घोषणा गरेपछि सबै दङ्ग

काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्द्रका प्रचण्डलाई सम्मानको भोक भएका नेताको रुपमा लिइन्छ । सम्मान पाउने कार्यक्रम प्राथमिकतामा पर्छ भन्‍ने आरोपबीच प्रचण्डले सम्मान तथा पदक नलिने घोषणा गरेका छन् ।  त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’बाट सम्मानित गर्ने निर्णय गरेको थियो । प्रचण्डको निजी सचिवालयले बिहीबार प्रेस नोट जारी […]

हेल्मेट लगाको टाउकोमा आगो सल्काएर नयाँ बन्ने बाहाना

‘नयाँ सोच्न पुरानो सोच बाधक हुन्छ भने सबभन्दा पहिला आफ्नै टाउकोमा आफैँ राँको झोस्नुपर्छ । यदि कसैले हेल्मेट लगाई टाउकोमा आगो सल्काएर नयाँ बन्ने बहाना गर्छ भने अरू सहयोद्धाले हेल्मेट खोलिदिएर राँको लगाउन सहयोग गर्नुपर्छ,’ जनयुद्धकालीन माओवादी कथन हो यो । माओवादी केन्द्रको बैठक अहिले चल्दै छ । के टाउकोमा राँको झोस्दै नयाँ चुनौती सामना […]

सनसनीपूर्ण खुलासा : नेपाल आइडलमा फिक्सिङ ! पैसाको ठूलो चलखेल

काठमाडौं । चर्तित रियालिटी शो नेपाल आइडलमा ठूलो पैसाको चलखेल हुन थालेको रहस्य खुलेको छ । नयाँ पुस्तामाझ निकै लोकप्रिय बनेको यो रियालिटी शो भित्र पैसाको चलखेल हुनथालेपछि अहिले सर्वत्र आक्रोश पोखिन थालेका छन् । नेपाल आइडलका दर्शक र यस शोका प्रतियोगीहरुका फ्यानहरुले नेपाल आइडलका सञ्चालकले गरेको यस्तो चलखेलप्रति सामाजिक सञ्जालमा कडा टिप्पणी गर्न सुरु […]

मलेसियामा नेपाली सुरक्षागार्डले देखाएको बहादुरीप्रति संसारभर यस्तो प्रशंसा (भिडियो)

काठमाडौं । मेलेसियामा कार्यरत नेपालीहरुले गरेको कामप्रति अहिले विश्वभरका नेपालीहरुमाझ निकै चर्चा भइरहेको छ । मलेसियाको सुवाङजया भन्ने ठाउँको एक अपार्टमेन्टमा कार्यरत नेपालीहरुले जवरजस्त अपार्टमेन्टमा छिर्न खोज्ने एक व्यक्तिलाई बहादुरीपूर्वक कब्जामा लिएको भिडियो दृष्यले विश्वभर चर्चा पाएको हो । एकजना मार्सल आर्टका खेलाडीलाई नेपाली सुरक्षागार्डले नियन्त्रणमा लिएर झ्याइकुटी पार्दै लगेको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको […]

नेपालमा कम्युनिस्ट पार्टीका जन्मदाता पुष्पलाल : संशोधनवादका दुश्मन

  “सजीवता विनाको पार्टी संगठन त केवल अस्थिपञ्जर मात्र हो ।”–पुष्पलाल श्रेष्ठ । मानिस मरेर गए पनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । पुष्पलाल श्रेष्ठ त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित जनताको मुक्तिका लागि आफ्ना व्यक्तिगत स्वार्थहरूलाई त्यागेर लड्दै जादा अल्पायुमै मृत्युवरण गर्नुभएको थियो […]

दक्षिण कोरियाली राष्ट्रपतिको उत्तर कोरियासँग शान्तिवार्ता प्रस्ताव । प्योङयाङले दिएन जवाफ

लामाे समयदेखि द्वन्द्वरत दुर्इ कोरियाबीचकाे सम्बन्ध सुदृढ गर्न भन्दै दक्षिण काेरियाका राष्ट्रपतिले उत्तर काेरियासँग वार्ताका लागि प्रस्ताव गरेका छन् । मंगलवार दक्षिण काेरियाले याे प्रस्ताव उत्तरलार्इ पठाएकाे हाे । नवगठित दक्षिण काेरियाली राष्ट्रपति मून जे इन ले दुबै देशले अाफ्ना सीमावर्ती क्षेत्रमा दुबै अधिक सैनिकीकरणकाे अन्त्यका लागि वार्ता गर्नु जरुरी भएकाेले याे प्रस्ताव पठाइएकाे प्रतिक्रिया […]

सक्कली डिएसपीलार्इ फोन गरेर थर्काउने नक्कली डिआइजी पक्राउ

चरिकोट, २ साउन । आफूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी नायब महानिरीक्षक बनेर ढुङ्गेललाई फोन गर्ने रामेछापको खाँडादेवी गाउँपालिका–२ का ५२ वर्षीय मानबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई […]