कालिकाेट, ८ पुस । दुर्इ महिना राताेदिन खटाएर अन्तिममा न्यून तलब भत्ता दिएकाे र त्यही भत्ता पनि काटिएकाे भन्दै विराेध जनाउने म्यादी प्रहरीमाथि प्रहरीले कठाेर दमन गरेकाे छ । यसक्रममा कालिकाेटमा एक जना म्यादी प्रहरी गाेली प्रहार गरी मारिएका छन् । कालिकाेटमा मारिएका म्यादी प्रहरीलार्इ जिल्ला प्रहरी प्रमुख डीएसपी सुवासचन्द्र बोहोराले नै गाेली हान्न अादेश […]
ननस्टप विशेष
मोहन वैद्य, नयाँ शक्ति र विववेकशीलको प्रत्यक्षमा शर्मनाक पराजय (तीन पार्टीका सबै प्रत्यक्ष उम्मदवारको मत सूची हेर्नुहोस)
काठमाडौं, ४ पुस । चुनावकाे क्रान्तिकारी उपयाेग गर्नेभन्दै निर्वाचनमा हाेमिएकाे माेहन बैद्य किरणकाे पार्टी नेकपा (क्रान्तिकारी माअाेवादी) ले शर्मनाक मत प्राप्त गरेकाे छ । त्यसैगरी वैकल्पिक राजनीतिक धार निर्माण गर्ने भन्दै निकै ठूलाे तामझामका साथ नयाँ पार्टी खाेलेका बाबुराम भट्टरार्इकाे नयाँ शक्तिदेखि रविन्द्र मिश्रकाे विवेकशिल साझा पार्टीले पनि प्रत्यक्षमा असाध्यै कम मत प्राप्त गरेका छन् […]
देउवाले प्रचण्डलार्इ पाँच वर्षकै लागि प्रधानमन्त्री बन्न अफर गरेको खुलासा
कांग्रेस र माअाेवादी मिलेर सरकार बनाउन देउवाले राखेकाे प्रस्ताव पार्टी एकताका लागि अस्वीकार गरेकाे प्रचण्ड दावी काठमाडाैं, ४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको […]
एपीसीमा सशस्त्रका वरिष्ठ अधिकारी र ठेकेदारबीच अचम्मको खिचातानी, शान्तिमिशन गुमाउँदै नेपाल
काठमाडौं, २८ मंसिर । फर्म्र्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ । युद्धग्रस्त इलाकामा सशस्त्र समूहले गोली प्रहार गरे वा बम, माइनलगायत विस्फोट गराए त्यसबाट जोगिन सुरक्षाकर्मीले एपीसी प्रयोग गर्छन् । चार वर्षअघि नै […]
रामचन्द्रसँगै तनहुँबाट २६ वर्षपछि पूरै स्वीप भयो कांग्रेस, किसानले यसरी हराए रामचन्द्रलार्इ
तनहुँ, २४ मंसिर । नेपाली कांग्रेसमा देउवाका कट्टर प्रतिस्पर्धी मानिएका रामचन्द्र पाैडेल पराजित भएका छन् । २६ वर्षदेखि लगातार तनहुँबाट चुनाव जित्दै अाएका पाैडेल यसपटक वामगठबन्धनका अगाडि टिक्न सकेनन् । पाैडेललार्इ वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका किसानकुमार श्रेष्ठले पराजित गरेका हुन् । त्याे पनि ठूलै मत अन्तरले पाैडेललार्इ पराजित गरेका छन् किसानले । तनहुँ […]
मतगणना नसकिदै नारायणकाजीले ट्वीटरमा दिए बाबुरामलार्इ बधार्इ
काठमाडाैं, २३ मंसिर । गाेरखा २ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतगणना नहुँदै हार स्वीकार गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा बाबुराम भट्टरार्इलार्इ बधार्इ दिएका छन् । गाेरखा २ काे मतगणना सकिएकाे छैन । मतगणना चलिरहे पनि उनले अाफ्नाे हार निश्चित भएकाे बुझेर ट्वीटरमा तीन वटा स्टाटस लेखेका छन् । उनले […]
बाबुरामको अग्रता बढ्दै जान थालेपछि गोरखामा विवाद, मतगणना स्थगित
गोरखा, २२ मंसिर । नयाँ शक्तिका बाबुराम भट्टरार्इ र माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका बीचकाे भिडन्त राेचक बनेकाे छ । सुरुमा केही समय अगाडि देखिएका वामगठबन्धनका उम्मेदवार श्रेष्ठ पछिल्लाे समय लगातार पछि पर्दै गएका छन् । यसैबीच गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । मुचोकको चतुरमाला माध्यमिक विद्यालयको केन्द्रमा मुचुल्कामा […]
देउवाको जिल्लामा मतपेटिका सदरमुकाम ल्याउन नै कठिन, मतपेटिका बोकेको गाडीमा बम प्रहार
धनगढी, २२ मंसिर । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट हुँदा कर्मचारी र प्रहरीको भागाभाग परेको छ। शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो । डडेल्धुरामा मतपेटिका संकलन गर्न नै निकै कठिन भइरहेकाे बताइएकाे छ । विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको […]
यसरी षड्यन्त्रपूर्वक गरिदैछ पत्रकारलार्इ गिरफ्तार, पत्रकारमाथि ज्यादतीको हद
करिव दुर्इ दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील पत्रकार अाेम हमाल अहिले जनता टेलिभिजनमा काम गर्छन । पाेखराबाट प्रकाशित हुने पाेखरा सिटी टाइम्स साप्ताहिकका सम्पादक रहेका उनी अहिले जनसञ्चार डटकमका सम्पादक समेत छन् । प्रहरीले उनीसहित उनका सहकर्मी पत्रकार रमाकान्त बास्ताेलालार्इ पाँच दिनकाे बीचमा दुर्इ पटक गिरफ्तार गर्दै हिरासत लिएर छाेड्याे । उनीहरुलार्इ यस्ताे षड्यन्त्रपूर्वक गिरफ्तार गरियाे […]
चुनावको बीचैमा कांग्रेस गठबन्धनबाट अलग्गिए बाबुराम भट्टराई
काठमाडौँ, १८ मंसिर । अाफ्नाे क्षेत्रकाे निर्वाचन सकिए लगत्तै नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई काँग्रेस नेतृत्वकाे लाेकतान्त्रिक गठबन्धनबाट अलग भएका छन् । उनले यही १४ मंसिरमा अाफ्नै ह्यान्डराइटिङमा लिखित एक विज्ञप्ती सार्वजनिक गरी गठबन्धनबाट बाहिरिएकाे छनक दिएका हुन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेका भट्टराईले पहिलो चरणको […]











