काठमाडौं, ८ जेठ । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जनाएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो । छानविन समितिका संयोजक इश्वरराज पौडेलका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव […]
ननस्टप विशेष
मोदीसामु लरक्क परेका मुख्यमन्त्री लालबावु राउतलार्इ अमेरिका जान प्रतिबन्ध
काठमाडौं । सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो। मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसक्ष अनुमति मागेका थिए। प्रदेशस्तरमा कानुन, बजेट, नीति तथा तर्जुमा […]
एमाले-माओवादीबीच यसरी भयो एकता, झलनाथ खनाललाई माधव नेपालले यसरी उछिने !
काठमाडौं, ३ जेठ । पार्टी एकता प्रक्रियामा कुनै भूमिका निर्वाह नगरेको र एकीकरणको ऐतिहासिक क्षणलाई समेत उपेक्षा गरेर निजी काममा हिडेको भन्दै केपी ओली र प्रचण्डले एमाले नेता झलनाथ खनाललाई निक्कै हेपेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमाले र माओवादी केन्द्रको एकता घोषणाको मौका मात्रै गुमाएनन्, पार्टीमा तेस्रो वरियता पनि गुमाएका छन् । खनाल […]
एकीकृत पार्टी बनेलगत्तै ओली-प्रचण्डलाई लाग्यो यस्तो झट्का
काठमाडौं, ३ जेठ । पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको अध्यक्षतामा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बसेको छ । बैठकबाट नयाँ पार्टी नेकपाका सबै सदस्यले सपथ लिएका छन् । बैठकले एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पठाएको छ । तर, यो नाम गरेको पार्टी अहिले […]
ओलीसँग बोलचाल बन्द भएपछि प्रचण्ड र माधव नेपालबीच गोप्य वार्ता
काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी ओलीसँग बोलचाल नै बन्द भएपछि माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। ललितपुरस्थित एमाले वैदेशिक मामिला विभागको कार्यालय, तुल्सीलाल स्मृति भवनमा मंगलबार बिहान प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई पार्टीबीचको पार्टी एकीकरणका विषयमा छलफल भएको स्रोतले जनाएको छ । वार्तामा […]
भाटभटेनी सुपर मार्केटमा जमिन थर्काउने गरी शक्तिशाली बम विष्फोट
चितवन, ३० वैशाख । चितनवको नारायणगढस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार विहानै बम विस्फोट भएको छ । बिहान करिब पौने ४ बजेको समयमा भयानक आवाजसहित बम विस्फोट भएकोको स्थानीयवासीले बताएका छन् । बम विष्फोटबाट भाटभटेनीको एक तिरको पुरै भाग ध्वस्त भएको छ । एकाबिहानै बम कसले र किन हानेको भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । घटनाबारे अनुसन्धान […]
देशको छातीमा मोदीलाई ओलीले हतियारसहित परेड खेलाएको भन्दै नेकपाको आपत्ती
काठमाडौँ, २८ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको नाममा भारतले नेपालको स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथि गम्भीर खतरा निम्त्याएको बताएको छ । सुरक्षा खतराको नाममा सयौंको संख्यमा भारतीयले सेना जनकपुर, काठमाडौँ र मुस्ताङमा हतियारसहित परेड खेलेर मोदी सरकारले कुटनैतिक सिद्धान्तको उलंघन गरेको बताएको छ । पार्टीका प्रबक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर मोदीको […]
इरानसँग भएको पारमाणिक सम्झौताबाट अलग्गिने ट्रम्पको घोषणा
बीबीसी, २६ बैसाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणिक सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् । बराक ओबामाको कार्यकालमा गरिएको उक्त सम्झौताबाट अलग्गिँदै उनले यसलाई महत्वहीन बताएका छन् । स्थानीय समयानुसार मंगलबार अपरान्ह ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सो सम्झौता अमेरिकाको हितमा नभएकोसमेत बताए । उनले इरानमाथि आतंकवाद निर्यात गरिरहेको आरोप लगाउँदै आफ्नो पारमाणविक कार्यक्रम शान्तिपूर्ण […]
चौकीदार र जेलरले ललितपुर कारागारभित्रै कुटिकुटी गरे भक्तबहादुरको हत्या
काठमाडौँ, २५ बैशाख । नख्खु कारागारभित्र एक जना कैदीको ज्यान गएको छ । बर्दिया घर भएका भक्तबहादुर सुनारले कर्तव्य ज्यान मुद्दामा १० वर्ष ४ महिना जेल सजाय पूरा गरिसकेका सुनारको बैशाख २१ गते राति कारागारभित्रै ज्यान गएको हो । प्रहरीले बैशाख २२ गते विहान भक्तबहादुर विरामी भएको भन्दै आफन्तलाई खबर गरेको थियो । उपचारको लागि […]
प्रम ओलीले भने, ‘यो सरकार अरुजस्तो फुकीढल होइन, कोही अंकलले फू गर्दा ढल्ने’
काठमाडाैं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको म्यान्डेट पाएको याे सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आइतबार उनले भने, ‘यो जनताको म्यान्डेट पाएको सरकार हो। विकास गर्ने कुरामा, प्रशासनिक सुधार गर्ने कुरामा सरकार दृढ छ।’ जनताकाे विश्वास प्राप्त सरकार फुकीढल (फू गर्दा ढल्ने) नभएकाे उनकाे दाबी […]










