विराटनगर, १२ भदौ । स्कार्पियो गाडीसहित गएर लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विभिन्न ठाउँमा डकैती गर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेका मध्ये चार जना नेपाली र ३ जना भारतीय नागरिक रहेका छन् । उनीहरुले बिराटनगरको विभिन्न […]
ननस्टप विशेष
२००७ मा धनगढी–नेपालगञ्ज कब्जा गर्दा लडेका एक योद्धाको मनछुने संस्मरण
सिद्धिगणेश मानन्धर, धुस्वाँ सायमी र म तीन जना पटनामा आयौँ । पटनामा नेपाली काँग्रेसले क्रान्तिको तयारी गरिरहेको थियो । त्यहाँ नेपाली काँग्रेसको सदस्यता लिएर म पश्चिम नेपालको क्रान्तिमा सहभागी भएँ । लखनउमा एक महिना वितायौँ । हतियार सप्लाईको मुख्य काम थियो । नेपालको वोर्डरसम्म हतियार पुर्यायौँ । हामी धनगढी पस्यौँ । त्यहाँ सिपी सिंह वडा […]
सार्वजनिक रुपमा बोल्न नपाउने गरी रवि लामिछानेलाई रिहा गरिएको खुलासा, टिभी कार्यक्रम र फेसबुक चलाउन पनि नपाउने
काठमाडौं, ९ भदौ । चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा रिहा गरिएका रवि लामिमछानेलाई सार्वजनिक रुपमा बोल्न नपाउने शर्त पनि राखिएको छ । उनलाई यस विषयमा टेलिभिजन कार्यक्रम चलाउन र सामाजिक सञ्जालमा आफ्ना विचार तथा मत दिन पनि रोक लगाइएको छ । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका रवि लामिछाने १२ दिनपछि रिहा भएका […]
दशगजाका सीमास्तम्भ धेरै हराइसके, केही जीर्ण, तर छैन चासो सरकारलाई
बाँके, ९ भदौ । विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गरे । त्यसबापत १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भागमध्ये पुरस्कारस्वरुप १९१७ मा बाँके, बर्दिया, कै लाली र कञ्चनपुर नेपाललाई फिर्ता आयो । यी चार जिल्ला नयाँ मुलुकका रुपमा चिनिन्छन् । नयाँ मुलुक र भारतबीचको सीमा छुट्याउन […]
लोप हुँदै कुटानी पिसानीका रैथाने प्रविधि
गलेश्वर, ७ भदौ । नेपाली ग्रामीण क्षेत्रमा प्राचीनकालदेखि नै अन्न कुटानी पिसानीका लागि प्रयोग हुँदै आएका परम्परागत रैथाने प्रविधि हिजोआज लोप हुँदै गएका छन् । आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण म्याग्दीको ग्रामीण क्षेत्रमा पनि त्यस्ता रैथाने प्रविधि लोप हुँदै गएका हुन् । परम्परागतरूपमा प्रयोग गरिँदै आएका घरेलु यन्त्र हराउँदै गएपछि हिमाली जिल्ला […]
शालिकराम पुडासैनीको अनुसन्धान जटिल मोडमा, शवसँगै विष र कडा ड्रिङ्सका बोतल पनि भेटिएको खुलासा
काठमाडौं, ६ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नयाँ नयाँ तथ्य आएका छन् । नयाँ तथ्यसँगै उनको अनुसन्धान अझ जटिल बनेको छ । उसो त मानिसहरुले शालिकको आत्महत्या नभई हत्या हो भन्ने पनि शंका गरेका छन् । यसका बारेमा सामाजिक सञ्जालमा थुप्रै टिप्पणी भएका छन् । कसैले उनको शरिरमा निलडाम भेटिएको र फलामका […]
पोस्टमार्टम र विधिविज्ञान प्रयोगशालाको रिपोर्ट जुधेपछि पुडासैनी मृत्युको अनुसन्धान झनै लम्बियो, रविलाई अझै म्याद थपिने
काठमाडौं, ४ भदौ । शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित पत्रकार रवि लामिछानेलाई पक्राउ गरिए पनि उनलाई अदालतले सुरुकै दिन धरौटीमा रिहा गर्ने धेरैको अपेक्षा थियो । रवि आफैले आफूमाथि गलत आरोप लगाइएको भए पनि शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न आफुले प्रहरीलाई सहयोग गर्ने बताएका पनि थिए । तर, रविलाई धेरैको अनुमान र […]
रवि लामिछानेसँग लिइयो पाँच घन्टा बयान, अस्मिताका लागि भने कोही बहस गर्न तयार भएनन
चितवन, ४ भदौ । चितवनको एक होटेलमा मृत अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेकी अस्मिता कार्की रुक्कुको पक्षमा बहस गर्न कोही पनि कानुन व्यवसायी तयार नभएको थाहा भएको छ । मृतक पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियोमा लगाएको आरोपका आधारमा यतिबेला न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता तथा […]
रवि लामिछानेको पक्षमा जुलुस निकाल्ने पाँच पक्राउ, प्रहरीमाथि ढुङ्गा हानेको आरोप
चितवन, १ भदौ । रवि लामिछानेको पक्षमा निकालिएको प्रदर्शनमा उत्तेजक व्यवहार गरेको भन्दै पाँच जना पक्राउ परेका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा लगातार प्रदर्शन भइरहेका छन् । सुरुमा रवि लामिछानेको पक्षमा प्रदर्शन भएपछि शनिवार पुडासैनीलाइ न्याय दिनुपर्ने भन्दै उनको पक्षमा पनि प्रदर्शन भएको […]
टिशर्ट र जिन्ससँग समर्थकलाई हात हल्लाउँदै गएका रविलाई प्रहरीले हतकडी लगाएन (हेर्नुहोस भिडियो)
चितवन, ३१ साउन । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेलाई आज ठूलो सुरक्षा व्यवस्थाका बीच चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहीबार काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट रविसहित उनका सहकर्मी युवराज कँडेल पक्राउ परेका थिए । लामिछाने र कँडेलसहित यो प्रकरणमा नाम जोडिएकी ओखलढुङ्गी नर्स अस्मिता कार्कीलाई बिहीबार साँझ […]










