मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवल ३–३ गोलसहित बराबरीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवल सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गर्नुभएको जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेतृत्व गर्नुभएको कर्मचारीको टीम बराबरीमा टुंगिएको हो । दशरथ रंगशालामा आज सम्पन्न खेलमा सुरुमा कर्मचारीको टीम हावी भएको थियो […]

नवनियुक्त सदस्य सचिव घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत

२१ मंसिर २०७८, काठमाडाैं ।  नेपाल ओलम्पिक कमिटीले सोमबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको स्वागत गरेको छ । सातदोबाटो स्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना गर्नु हुँदै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नु पर्नेमा जोड दिनु भयो । […]

यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीले जित्यो

काठमाडौँ । काठमाडौँमा आइतबार सम्पन्न वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आइतबार सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । उपाधि भिडन्तमा लुम्बिनीका कप्तान देव खनाल, विशाल विक्रम केसी र अजय चौहानले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ ओभर ३ बलमा […]

ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबारदेखि तेस्रो चरणका खेल सुरु हुँदैछन्। तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्री स्टार क्लबले दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग […]

मेस्सीले जिते सातौ पटक बालोन डिुओरको उपाधि

एजेन्सी । लियोनेल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डि’ओर उपाधि जितेका छन् । ३४ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि थियो । सन् २०२१ मा उनले ४० गोल गर्न सफल भएका थिए जसमध्ये बार्सिलोनाका लागि २८, पीएसजीका लागि चार र […]

डिफेण्डिङ च्याम्पियन मछिन्द्रको विजयी सुरुआत

काठमाडौँ– साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले दुई गोल गरे । एनआरटीका एरिक विष्टले एक गोल फर्काए । खेलको १२ […]

मेस्सीको गोलमा पीएसजीको जित

काठमाडौँ । स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एमब्बाप्पेले गोल गरेको खेलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले दोस्रो मिनेटमा गोल गरे । खेलको ८२औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि […]

महिला क्रिकेटलाई ऐतिहासिक शृंखला

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला जितेको छ । बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो । योसँगै नेपालले पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हात पारेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक […]

स्विट्जरल्यान्ड र इंग्ल्यान्ड विश्वकप छनोट

काठमाडौं । स्विट्जरल्यान्ड र इंग्ल्यान्डले फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेका छन् । युरोपियन छनोट अन्तर्गत सोमबार राति बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड र सान मारिनोलाई १०-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो । यस जितसँगै स्विट्जरल्यान्डले समूह ‘सी’ बाट शीर्ष स्थानमा रहँदै विश्वकपको यात्रा पक्का गरेको हो । […]

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

काठमाडौं । यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ प्रतियोगिता २०७८ को तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको उक्त प्रतियोगिताको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री […]