द डार्क एण्ड लाईटको ट्रेलर र गीत रिलिज

काठमाडौं । चलचित्र ‘द डार्क एण्ड लाईट’ को अफिसियल ट्रेलर र गीत रिलिज गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको प्रमोशनल सामाग्री सार्वजनिक गरिएको हो । खालिङ्ग सिस्टर्स मूभिज प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक ‘राधा किसन’ गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत तथा डेविड शंकर र सरस्वती भूजेलको स्वर रहेको […]

पारिश्रमिक लिएर कार्यक्रममा नगएपछि सोनाक्षीको बयान लिन घरमै पुग्यो प्रहरी

एजेन्सी । यतिबेला बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ठगीको मुद्दाका कारण विवादमा तानिएकी छिन् । सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो । सोनाक्षीलाई यो कार्यक्रमका लागि मोटो रकम पारिश्रमिकको रुपमा दिइएको थियो । पारिश्रमिक लिएपनि पछि उनी त्यो कार्यक्रममा सहभागी नभएको भारतीय संचार माध्यमहरुले बताएका छन् । त्यसपछि सोनाक्षीविरुद्ध कार्यक्रमका आयोजकले […]

फेसन टेक्नोलोजी कलेजको कलाकार र व्यापारीले गरे संयुक्त उद्घाटन

ललितपुर, २८ असार । इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोजी (आईआईएफी)को शाखा ललितपुरस्थित मानभवनमा सञ्चालनमा आएको हो । बागबजारमा मुख्य कार्यालय रहेको आईआईएफटी फेसन अफ कलेजको उक्त शाखाको शनिबार एक समारोहबीच अभिनेता आयुषमान देशराज जोशी, अभिनेत्री शिल्पा मास्के, ललितपुर चेम्बर्स अफ कर्मसका अध्यक्ष कृष्णलाल महर्जन र आईआईएफटी अध्यक्ष सर्मिष्ठा श्रेष्ठले उद्घाटन गरे । आयुष र शिल्पा […]

‘रातो गलबन्दी’ को आयो फस्टलुक र शीर्ष गीत

काठमाडौं, २८ असार । सामाजिक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’ को फस्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनिक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने फिल्ममा केकी अधिकारी, कोशिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा केकी, कोशिस र बुद्धिलाई हाइलाइट गरिएको छ । हिमाल कडरिया […]

उत्कृष्ट नायक नायिका बनेर स्वस्तिमा र बिपिन राष्ट्रिय चलचित्र पुरस्कार– २०७५ बाट पुरस्कृत

काठमाडौँ, २७ असार । चर्चित नायिका स्वस्तिमा खड्काले ‘राष्ट्रिय चलचित्र पुरस्कार– २०७५’ मा उत्कृष्ट नायिकाकाे पुरस्कार प्राप्त गरेकी छन् । त्यसैगरी नायक बिपिन कार्कीले उत्कृष्ट नायककाे उपाधि हात पारेका छन । स्वस्तिमा चलचित्र बुलबुलबाट र विपिन चलचित्र प्रसादबाट उत्कृष्ट नायक घाेषित भएका हुन् । यस्तै ‘चलचित्र दीर्घ साधना सम्मान’ बाट निर्देशक तुलसी घिमिरेलाई सम्मान गरिएको […]

पुष्पल र बेनिशा भए २०७४ का उत्कृष्ट नायक नायिका

काठमाडौँ, २७ असार । २०७४ सालमा उत्कृष्ट नायक नायिकाको पुरस्कार पुष्पल खड्का र बेनिशा हमालले जितेका छन्। पुष्पलले चलचित्र ‘मंगलम’ र बेनिशाले चलचित्र ‘ब्लाइन्ड रक्स’का तर्फबाट यो पुरस्कार जितेका हुन्। यस्तै यो वर्ष अन्य विधामाहरु समेत पुरस्कार र सम्मान प्रदान गरिएको छ। जसको विवर यस प्रकार छ। उत्कृष्ट सम्पादन – ‘मंगलम’ बाट मित्रदेव गुरुङ उत्कृष्ट […]

मिलापत्र भए पनि प्रहरी कार्यालयबाट रुदै निस्किइन नायिका शिल्पा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंको टेकु परिसरमा फिल्म निर्देशक छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको झगडा मिलाइयो । तर, मिलापत्रपछि नायिका शिल्पा पोखरेल भने आँखाभरि आँशु झारेर बाहिरिन । शिल्पाले आफूमाथि घरेलु हिंसा भएको र आफू असुरक्षित बनेको भन्दै प्रहरीमा उजुरी हालेकी थिइन । साथै उनले आफूहरुबीचको सम्बन्ध अब दिगो नहुने भन्दै सम्बन्ध विच्छेदको […]

छविले माफी माग्दै लिखित कागज गरेपछि नायिका शिल्पा र ओझाको विवाद मिल्यो

काठमाडौं । पति छवि ओझाले आफूमाथि भौतिक रुपमा आक्रामण गर्ने गरेको भन्दै प्रहरीमा मुद्दा दायर गरेकी नायिका शिल्पा पोखरेल र पति ओझाबीच प्रहरीले सहमति गराएको छ । चार वटा विवाह गरिसकेका फिल्म निर्माता छवि ओझाले शिल्पासँग माफी मागेपछि दुई जनाबीचको विवाद मिलेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उनीहरुबीच सहमति भएको हो । प्रहरी […]

नायिका शिल्पा पोखरेलले हालिन पति छवि विरुद्ध घरेलु हिंसाको मुद्दा

काठमाडौं, २५ असार । नायिका शिल्पा पोखरेलले निर्देशक एवं पति छवि ओझाविरुद्ध घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। महानगरिय प्रहरी परिसर काठमाडौं टेकुमा उनले शान्ति, सुरक्षाको माग गर्दै उजुरी दिएकी हुन्। यो जोडीले २०७३ सालमा गुपचुपरुपमा बिहे गरेको थियो। त्यसपछि दुवैले सम्बन्ध राम्रो रहेको सार्वजनिक रुपमै बताउँदै आएका थिए। एकाएक शिल्पाले छविविरुद्ध उजुरी […]

५० लाख पुरस्कारको कमेडी च्याम्पियन शो हुने

काठमाडौं । भारतीय कमेडी शो हेर्दै आएका दर्शकले अब नेपालमै ‘कमेडी च्याम्पिएन’ हेर्न पाउने भएका छन् । गाइजात्राको छेको पारेर आउँदो भदौमा स्ट्यान्डप कमेडी (हास्य प्रधान) प्रतियोगिता ‘कमेडी च्याम्पिएन’ हुने भएको छ । बिहीवार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमका बारेमा जानकारी दिइएको हो । प्रतियोगितामा वरिष्ठ हास्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री […]