बेइजिङ । विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिएका छन् । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजिनामा दिएका हुन् । चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्शका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ । चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका […]
अर्थ/वाणिज्य
भ्रष्टाचारका उजुरी पर्ने सूचीमा तनहुँ तेस्रो
दमौली, २५ भदौ । गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचारका उजुरी पर्ने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो । जिल्लाबाट गत आर्थिक वर्षमा ६९ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परेका आयोगका सूचना […]
बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन सुरु भएसँगै घट्यो इन्धनको मुल्य
काठमाडौँ, २४ भदौ । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरे । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ […]
डिजेल र पेट्रोलको मूल्य घट्यो
काठमाडौँ, २४ भदौ । नेपाल आयल निगमले डिजेल÷मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै […]
ओरालो लाग्यो सुनचाँदीको मूल्यः आज सुन ७ सयले घट्यो
काठमाडौं, २४ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन ७ सय र चाँदी १० रुपैयाँले घटेको हो । सोमबार प्रतितोला ७१ हजार ७ सय मा कारोबार भएको छापावाला सुन आज ७ सयले घटेर प्रतितोला ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला […]
दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन मोदी र ओलीले दिल्ली र काठमाडौंबाट स्वीच दबाएर सुरु हुने
वीरगञ्ज, २३ भदौ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्वीच थिची सो पाइपलाईनको दिउँसो १२.१५ मा उद्घाटन गर्ने कार्यक्रम रहेको […]
शेयर बजार: नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौँ, २२ भदौ ।साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको छ । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहेको छ । […]
साताको पहिलो दिन घट्यो सुनको मूल्य
काठमाडौँ,२२ भाद्र । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य पाँच यस रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ७१ हजार ५ सयले कारोबार भइरहेको छ । शुक्रबार पनि सुनको मूल्य घटेको थियो । शुक्रबार ७२ हजारमा कारोबार भएको सुन आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको हो । यस्तै, तेजावी सुनको […]
युनाइटेड क्लबको २० लाख सामाजिक क्षेत्रमा
चिप्लेढुङ्गा, २२ भदौ । सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको पोखराको युनाइटेड क्लबले आर्थिक वर्ष २०७५÷७६ मा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको जनाएको छ । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको क्लबले पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिडियाखाना निर्माण र सेती नदी संरक्षणको कामलाई प्राथमिकतामा राखेर काम […]
चिनियाँलाई लगानी गर्न आह्वान
काठमाडौँ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताएका छन् । काठमाडौँस्थित चिनियाँ राजदूतावासले आज आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा मन्त्री भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हँुदै गएकाले चिनियाँ उद्योगपति तथा व्यापारीलाई लगानी गर्न आह्वान गरे । उनले सामाजिक पूर्वाधार तथा […]