काभ्रेपलाञ्चोक, १० भदौ । पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् ।आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि […]
स्वास्थ्य
‘दाङमा सर्पदंशको उपचार नहुदा भारतकै भर पर्नुपर्ने बाध्यता
घोराही, ९ भदौ । गत साउनको अन्तिमसाता राजपुर गाउँपालिका–७ भौवानाकामा सर्पदंशका कारण एकैपरिवारका दुई बालिकाको मृत्यु भएको थियो ।राजपुर गाउँपालिका–७ भौवानाका शेरबहादुर सार्कीका १३ वर्षीया करिश्मा सार्की र ११ वर्षीय सुजु सार्कीलाई गत महीना राति सर्पले टोकेपछि उपचारका लागि भारतमा लैजाँदै गर्दा बाटोमा निधन भएको हो । समयमै उपचार नपाएका कारण दुई बहिनीको सर्पदंशका कारण […]
घरमै सुत्केरी हुने परम्परा तोड्दै महिला
डोटी, ९ भदौ । घरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै डोटीको ग्रामीण भेगका गर्भवती हिजोआज सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले डोटीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङ्ख्या बढ्ेको जिल्ला अस्पताल डोटीका डा गिरिश अवस्थीले बताए । उनले भने “ पूर्ण संस्थागत […]
निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनका लागि कानून निर्माणमा जोड
काठमाडौँ, ९ भदौ । आवश्यक कानून समयमै बन्न नसक्दा संविधानले व्यवस्था गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको सरोकारवाला निकायका जानकारहरुले बताए । प्रजनन स्वास्थ्य अधिकार विषयमा कार्यरत संस्था ‘महिला, कानून र विकास मञ्च’ एफडब्लुएलडी र ‘आइपास नेपाल’ले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तक्र्रियामा उनिहरुले कानूनी अभावमा महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै […]
स्याङ्जामा डेङ्गुका एक बिरामी
वालिङ, ९ भदौ । स्याङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् । पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा पनि एक जनामा डेङ्गुको लक्षण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।उक्त कार्यालयका सूचना अधिकारी मित्रलाल अर्यालका अनुसार पुतलीबजार नगरपालिका– २ का ३२ वर्षीय एक पुरुषमा डेङ्गु फेला परेको थियोे । गत बिहीबार […]
कार्यालय सहयोगीका भरमा फार्मेसी सञ्चालन
पर्शुरामधाम, ९ भदौ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि बिक्री वितरण गर्न लगाइएको छ ।अस्पतालले सञ्चालन गरेको उक्त फार्मेसीमा कार्यालय सहयोगीले औषधि बिक्री गरिरहेका छन् । दक्ष प्राविधिक कर्मचारीले मात्रै फार्मेसीबाट औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि यहाँका कर्मचारीको लापर्वाहीले फार्मेसीमा कार्यालय सहयोगीले औषधि दिइरहेका छन् […]
उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो
अछाम, ९ भदौ । चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३।४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो । एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै […]
स्वास्थकर्मी सहितको एम्बुलेन्स सञ्चालन
मुग्लिन, ९ भदौ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालीम शिक्षालय कुरिनटार चितवनले स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नेपाल एम्बुलेन्स सर्भिस एनएसको को सहकार्यमा आकस्मिक सेवा तथा उद्धार प्रयोजनका लागि आइतबारदेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । उक्त एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मी साथमा रहने नेपाल एम्बुलेन्स सर्भिसका महासचिव शारदाभक्त रञ्जितले बताए। एम्बुलेन्सभित्रै अत्यावश्यक […]
प्रधानमन्त्रीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ, ८ भदौ । उपचारको सिलसिलामा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका उनमा गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने […]
कुकुरलाई जथाभावी शौच गराउँदा लाग्छन यी रोग
के तपाईंले घरमा कुकुर पाल्नु भएको छ ? यदि छ भने कुकुरलाई कहाँ सौच गराउनुहुन्छ ? तपाईलाई थाहाँ नहुन सक्छ कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ भने तपाइले समाजलाई रोगको संक्रमणतर्फ धकेलिरहनु भएको छ । एक अध्ययनअनुसार कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् । एउटा कुकुरले […]











