मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा समावेश

काठमाडौँ, २० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य सेवामा समावेश गराएको छ । मानसिक स्वास्थ्यको चिकित्सकीय पक्ष र परामर्श दुवै क्षेत्रलाई पहिलोपटक आधारभूत सेवामा समावेश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपचारात्मक महाशाखाका प्रमुख चिकित्सक तारा पोखरेलले मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था कोसिस र स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित […]

रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण

रुपन्देही, २० भदौ । रुपन्देहीमा ६२ जनामा डेङ्गुुको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेङ्गुु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि, आम्दा अस्पताल, भीम अस्पताललगायतका अस्पतालमा आएका बिरामीको परिक्षणका क्रममा डेङ्गुुको सङ्क्रमण देखिएको हो । पछिल्लो […]

डेङ्गुका बिरामी ११ पुगे

दमौली, १९ भदौ । तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार आज मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ । यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखियो […]

डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो

हेटौँडा, १९ भदौ । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन । सो अवसरमा उनले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिएका थिए ।मन्त्री दुलालले हेटौँडा अस्पताल अहिले प्रविधियुक्त भएको र प्रविधिका कारणले बिरामीको ल्याब रिपोर्ट आफ्नै मोबाइलमा आउनेदेखि […]

एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरो

जलेश्वर, १९ भदौ । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताए । उनका अनुसार १३५ […]

बालबालिकामा बढ्दैछ न्यून दृष्टिको समस्या

बनियानी, १८ भदौ । बिर्तामोड नगरपालिका–३ की ७ वर्षीया बालिका सहाना न्यौपाने टाढाको अक्षर राम्रोसँग ठम्याउन सक्दिनन् । कक्षा–२ मा अध्ययनरत सहानालाई शिक्षकले कालोपाटीमा लेखेको अक्षर चिन्न मुश्किल पर्छ । कारण हो, न्यून दृष्टिको समस्या । उनलाई कलिलै उमेरमा मोबाइलमा ‘गेम’ खेल्ने लत बस्यो । परिणामतः उनको आँखाको ज्योति कम भयो । उनले अहिले माइनस […]

डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु

मध्यपुरथिमि, १८ भदौ । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको छ । नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरी प्रतिकात्मक कार्य सञ्चालन गरिएको हो । नगर प्रमुख बासुदेव थापाले डेङ्गु रोग नियन्त्रणका लागि प्रयास जारी […]

आयुर्वेद उपचारमा आकर्षण बढ्दै

विराटनगर, १८ भदौ । पछिल्लो समय मानिसले उपचारका लागि आयुर्वेद पद्दति अपनाउन थालेका छन् । एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले सामान्य मानिसले खर्च व्यहोर्न नसक्ने भएपछि आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ । जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएको थिए । जसमा नयाँ बिरामीको सङ्ख्या दुई हजार […]

रगतको रिपोर्ट दुई घण्टामै

चितवन, १७ भदौ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षणपछि रिपोर्टका लागि अब लामो सयमसम्म कुर्न नपर्ने भएको छ । हरेक दुई घण्टामा नियमित रगतको रिपोर्ट दिइने व्यवस्था मिलाइएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसअघि बिहान र बेलुका मात्र रिपोर्ट दिने व्यवस्था थियो । बेलुकाको बिहान र बिहानको बेलुका रिपोर्ट […]

विशेषज्ञ सेवासहित अस्पताल सञ्चालनको तयारी

फिक्कल, १७ भदौ । इलाममा विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल सञ्चालनको तयारी गरिएको छ । एक मात्र सरकारी जिल्ला अस्पताल रहेको इलाममा निजी क्षेत्रबाट अस्पताल सञ्चालनको तयारी गरिएको हो । युवा व्यवसायी प्रकाश चापागाईँको पहलमा सञ्चालन हुने अस्पताल विशेषज्ञ सेवासहित आइसीयुलगायत अत्यावश्यक सेवा प्रदान गर्ने बताइएको छ । यस विषयमा सरोकारवालासँग छलफल गरी दर्ताका लागि पहल […]