एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो

चितवन, ५ भदौ । जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ । भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन् । तीमध्ये पाँच जना बच्चामा सङ्क्रमण देखिए पनि ८६ जनामा भने सङ्क्रमण भेटिएको छैन । एक जना आमाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् । भरतपुर अस्पतालमा रहेको एन्टीरेट्रो […]

सञ्चालन हुन सकेन ‘सुरेश वाग्ले स्मृति केन्द्र’

काठमाडौँ, ५ भदौ । चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुनै तयारी शुरु गरेको छैन । केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने मुख्य पक्ष आर्थिक स्रोतका साथमा आवश्यक जनशक्ति, उपकरणको प्रबन्ध मिलाउन मन्त्रालयले हालसम्म गृहकार्य नगरेको हो । केन्द्र सञ्चालन गर्न प्रशस्त विद्युत आवश्यक पर्छ । […]

एक महीनामा १०६ मा डेङ्गु

चितवन, ५ भदौ । साउन महीनामा जिल्लामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं […]

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव

धरान, ४ भदौ । यहाँस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव भएको छ । प्रतिष्ठानको एक हजार ६०० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट बिग्रिएर काम नगरेपछि अक्सिजन अभाव भएको हो । बाहिरबाट सिलिण्डर किनेर ल्याइँदै आए पनि पर्याप्त नआएपछि अभाव भएको चिकित्सकले बताएका छन् । अक्सिजन निर्यात गर्दै आएको कम्पनीले पर्याप्त निर्यात […]

२० ब्राण्डका पानीको पिएच परीक्षण

भद्रपुर, ४ भदौ । झापामा उत्पादन हुने पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीको पिएचको मात्र परीक्षण गरेको छ । मङ्गलबार बिर्तामोडमा ‘पिउने पानीको गुणस्तर अवस्था र नियमनको आवश्यकता’ विषयमा भएको कार्यशालास्थलमै विभिन्न २० ब्राण्डका पानीको नमूना सङ्कलन गरी पानीको नमूनाको पिएच परीक्षण गरिएको हो । परीक्षणमा बिर्तामोडबाटै उत्पादित शाश्वत, लाइफ केयर, सुरुङ्गाबाट उत्पादित […]

पहाडमा पनि सुरु भयो डेङ्गुको सङ्क्रमण

फिदिम, ३ भदौ । पूर्वी तराईका जिल्लाहरूमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग पहाडमै समेत सङ्क्रमण हुने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय पाँचथरका अनुसार तीन महिना अघिदेखि पहाडमै रहेका स्थानीयवासीमा समेत डेङ्गुको सङ्क्रमण भेटिएको छ । डेङ्गु सङ्क्रमण गराउने लामखुट्टेले टोकेको अधिकतम तीन महिनाभित्र रोगका लक्षणहरू देखा पर्दछन् । सामान्यत लामखुट्टेले टोकेको केही हप्तामै रोगका […]

भेरी अञ्चल अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाइने

काठमाडौँ, ३ भदौ । उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई तत्काल शिक्षण अस्पताल बनाउने कार्यक्रम नरहे पनि प्रदेश नं ५ कै उत्कृष्ट विशिष्टीकृत अस्पताल बनाइने बताए । प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उत्तर दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रत्येक प्रदेशमा विशिष्टीकृत अस्पताल स्तरोन्नति गर्ने सरकारको योजनानुसार भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्न गत आवमा शुरु गरिसकिएको […]

डेङ्गुबाट आठ महिनामा ८०० जनाको मृत्यु

  मनिला, ३ भदौ ।  फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ । विभागले यस वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५६२ जनामा डेङ्गु रोग भेटिएको विवरण संकलन […]

अकालमा ज्यान बचाउन रक्तदान गर्ने युवा बढ्दै

पाल्पा, ३ भदौ । अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान भएकाले पछिल्ला वर्षमा यसप्रति युवा पुस्तामा जागरुकता देखिएको छ । पाल्पा बाट सुरु भएको नेप्लिज ब्रद्रस रुम ग्रुपले पछिल्लो समयमा देश भर “रक्तदान जिवन दान्” भन्ने नाराका साथ रक्तदान गरिराखेको छ । जसमा अहिले ४६००० भन्दा बढि युवा  ग्रुपमा रहेका छन् । विसं […]

ज्येष्ठ नागरिकको उपचारका लागि निर्देशिका बनाइँदै

नवलपुर, ३ भदौ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लाग नगर स्वास्थ्य केन्द्रले निर्देशिका बनाउन शुरु गरेको छ । नगरपालिकाअन्तर्गतको नगर स्वास्थ्य केन्द्रले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर औषधोपचार गर्नका लागि निर्देशिका बनाइरहेको हो । नगर क्षेत्रभित्र रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्करूपमा स्वास्थ्य सेवा प्रदान गर्ने […]