मन्त्रिपरिषदद्वारा नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारीलाई नियुक्त

काठमाडौं, ६ असोज । मन्त्रिपरिषदले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक रहेकी राजभण्डारी तीन जना प्रतिस्पर्धी मध्येबाट छानिएकी हुन् । सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले अन्तिम तीन जनामा सुनिल पोखरेल, मदन खरेल […]

फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

मेन्लो पार्क, अमेरिका, ४ असोज । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ । निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरु चोरी हुनेगरी भएको क्याम्ब्रीज काण्डपछि फेसबुकले […]

बेलायतमा हुवावेको तालिम केन्द्र

बर्मिङघम, ४ असोज । चीनको विशाल प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ । केन्द्रमा एक पटकमा २० जनालाई तालिम दिन सकिनेछ । प्रत्येक तालिमका प्रशिक्षार्थीलाई पाँच दिनको तालिम दिइने र यसमा ५जी प्रविधि, आधुनिक नेटवर्क इन्जिनियरिङका […]

हुम्लामा सञ्चार सेवा अवरुद्ध

हुम्ला, ४ असोज । गत भदौ २० गतेदेखि विद्युत् अवरुद्ध हुँदा तीन दिनदेखि सिमकोटमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्धपछि नेपाल टेलिकम शाखाले जेनेरेटर सञ्चालन गरेर सदरमुकाम आसपासलाई सञ्चारमा जोडे पनि तीन दिनदेखि जेनेरेटर बिग्रँदा यहाँका स्थानीय सञ्चारविच्छेद हुन पुगेका छन् । भदौ २० गतेदेखि पेन स्टक पाई र नहर मर्मतका […]

मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

डोटी, ३० भदौ । जिल्ला मालपोत कार्यालय डोटीमा आइतबारदेखि अनलाइन सेवा शुरु भएको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ कि कृष्णा शाहीलाई अनलाइनमार्फत लालपुर्जा प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताए । अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ […]

नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न

ललितपुर, ३० भदौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न भएको छ । नाष्टले गत बिहीबारबाट सो ग्राउण्ड स्टेशनको सहायतामा भूउपग्रहको जानकारी लिन शुरु गरेको हो । नाष्टको कार्यालयमा जडान गरिएको रेडियो उपकरण […]

धवलागिरिमा ‘फोर जी’को तयारी यसरी हुँदैछ

बागलुङ, २३ भदौ । धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारीमा हुँदैछ । दशैँ अगावै मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दुरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकम बागलुङ कार्यालयका अनुसार पहिलो चरणमा १४ ठाउँबाट ‘फोर जी’ सेवा शुरु गरिनेछ । बागलुङमा टेलिकम कार्यालय, […]

वर्ल्डलिंकले ल्यायो दशै र तिहार अफर

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले हिन्दु नेपालीहरुको ठूलो चाड दशै र तिहारका लागि नयाँ अफर ल्याएको छ । नयाँ अफरमा थुप्रै आकर्षक उपहार र छुट प्याकेजहरु समावेश गरिएको छ । जसअनुसार ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक […]

आज रातिदेखि टेलिकमको मोबाइलमा फोन नलाग्न सक्ने, टेलिकमले सूचना जारी गर्दै माग्यो अग्रिम माफी

काठमाडौं, २१ भदौ । नेपाल टेलिकमले आज शनिबार रातिदेखि देभभर जिएसएम सेवामा समस्या आउनसक्ने जनाएको छ । जसका कारण धेरैको टेलिफोन तथा मोवाइल सेवामा समस्या आउने भएको छ । टेलिकमले मोबाइलको क्षमता फोरजीमा विस्तार गर्न लागेको जानकारी गराउँदै अपग्रेड गर्दा सेवामा केही समय समस्या आउनसक्ने जनाएको हो । एक सूचना जारी गर्दै टेलिकमले आज राति […]

त्रिदेशीय सीमाका नागरिक सञ्चारविहीन

दार्चुला, २१ भदौ । व्यास गाउँपालिका–१ का सुधा बोहरा एक कल फोन गर्नुपरे झण्डै तीन घण्टा पैदल हिँडेर भारतको छायालेक पुग्छन् । त्यहाँ पुग्दा पनि मुस्किलले एक कल फोन लाग्छ । त्यो पनि कैचुला टावरमार्फत घाम लागेमा मात्र मुस्किलले फोन लाग्छ । नेपाल, भारत र चीनको सीमाक्षेत्रमा बसोबास गर्ने व्यासका स्थानीयवासी अहिले टेलिफोन नभएकै कारण […]