वर्ल्डलिंकले ल्यायो दशै र तिहार अफर

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले हिन्दु नेपालीहरुको ठूलो चाड दशै र तिहारका लागि नयाँ अफर ल्याएको छ ।

नयाँ अफरमा थुप्रै आकर्षक उपहार र छुट प्याकेजहरु समावेश गरिएको छ । जसअनुसार ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा मात्र रु.२५,९९० मा पाउने वर्ल्डलिंकले जनाएको छ । यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध बताइएको छ ।

वर्ल्डलिंकले आफ्ना ग्राहकलाई कुनै पनि सामान्य टि.भीलाई युट्युब फिचर मार्फत स्मार्ट टि.भी बनाउने सुविधा पनि प्रदान गरिसकेको जनाएको छ । त्यसेगरी वर्ल्डलिंकले नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी रु.२५० नगद ब्यालेन्स प्राप्त गर्न सक्ने घोषणा गरेको छ ।

Loading...