दानी साहित्यकार सबै पुरस्कारको रकम संस्थालाई

बागलुङ, ११ असोज । साहित्यकार काजी रोशनले आफूले पाएका सबै पुरस्कार र सम्मानबापतको रकम धौलागिरि साहित्य प्रतिष्ठानलाई प्रदान गर्दै आएका छन् । हालसम्म राष्ट्रिय र क्षेत्रीयस्तरमा प्राप्त १६ वटा पुरस्कार÷सम्मानको रकम प्रतिष्ठानलाई समर्पित गरेको साहित्यकार रोशनले बताए । उनले पहिलोपटक विसं २०४५ मा पाएको युवा वर्ष मोती पुरस्कारको रकम सात हजार ५०० प्रतिष्ठानलाई हस्तान्तरण गरेका […]

लाशमाथिको ‘महाभोज’

काठमाडौँ, ९ असोज । ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ […]

‘सुनको पहाड’ मा बेपत्ता परिवारको पीडा

काठमाडौंँ, ८ असोज । आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । पूर्वमन्त्री राम कार्की, लेखक डा अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले मङ्गलबार संयुक्त रूपमा कृति सार्वजनिक गरे । सो अवसरमा नेकपा नेता कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नुपरेको पीडालाई प्रस्तुत गरेको तथा घटनाको […]

वाङ्यमयमा पहिलो राष्ट्रिय गौरवको आयोजनाः सातै प्रदेशको इतिहास ग्रन्थ

काठमाडौँ, ३१ भदौ । वाङ्यमय क्षेत्रमा पहिलो राष्ट्रिय गौरवको आयोजनाका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुकूल सातै प्रदेश र समग्र देशको अद्यावधिक इतिहास ग्रन्थ प्रकाशन हुने भएको छ । देशको मानवीय मूल्य र संस्कृतिको प्रवद्र्धन गर्न सातै प्रदेश र समग्र देशको लेखन यस महत्वाकांक्षी योजना कार्यान्वयन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई सरकारले अतिरिक्त बजेट दिने भएको हो । […]

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा

विराटनगर, ३० भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उनले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अनियमितता हुन नदिन […]

निःशुल्क आँखा शिविरबाट ५७६ वृद्धवृद्धाले लिए सेवा

अत्तरिया, २९ भदौ । कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क आँखा शिविरबाट ५७६ ले सेवा लिएका छन् । गोदावरी नगरपालिकाका विभिन्न वडाबाट आएका ५७६ वृद्धवृद्धाले सेवा लिएका हुन् । ती मध्ये ७० जनामा मोतियाविन्दुको […]

पूँजीवादको विश्लेषण गरिएको पुस्तक सार्वजनिक

भक्तपुर, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव डिपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ बजारमा आएको छ । अर्थ राजनीतिमा गहिरो अध्ययन गर्नुभएका नेता ढकालद्वारा लिखित उक्त पुस्तक बजारमा आएको बताइएको छ । उक्त पुस्तक अर्थ राजनीतिसँग चासो एवं सरोकार राख्ने बौद्धिक वर्गका व्यक्तिदेखि अध्येताहरुका लागि निकै उपयोगी मानिएको […]

द्वन्द्वविज्ञ डा उप्रेतीलाई लेखन सम्मान

काठमाडौँ, २० भदौ । नेपालको विकास प्रणाली, द्वन्द्व तथा शान्ति प्रक्रियामा लामो समयदेखि सशक्तरूपले कलम चलाउँदै आएका डा विष्णुराज उप्रेतीलाई २०७६ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ । सम्मानपत्रसहित रु १० हजार राशिको उक्त सम्मान प्राप्त गर्ने उनि दोस्रो व्यक्ति हुन । गत वर्ष पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडाले उक्त […]

धेरै घुमियो, अनि लेखियो: राजकर्णिकार

काठमाडौँ, १९ भदौ । यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वःभीमरथारोहण अर्थात् बूढो पास्नी मनाउन लागेका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना र नातेदार र कुलकुटुम्बलाई आफैँ निम्तो दिन छोरीहरुका साथ दिनभर आफैँ कार हाँकेर घरघर पुगे। उनी र धर्मपत्नी शान्तालाई जँक्वःको पूर्वसन्ध्यामा भदौ १५ गते भिक्षुभिक्षुणीहरुले बौद्ध परम्परानुसार परित्राण पाठ गरी […]

विश्व शान्तिका लागि कविता वाचन

काठमाडौँ, १८ भदौ । विश्वशान्तिको कामना गर्दै अन्तरराष्ट्रिय क्षेत्रका कवि कवियत्री र नेपाली साहित्यकारहरुले संयुक्त रुपमा कविता वाचन गरेका छन् । भवदेव पन्त स्मृति प्रतिष्ठानद्वारा मङ्गलबार यहाँ आयोजित साहित्यिक कार्यक्रममा विश्व कविता वाचन महोत्सवका मुख्य संयोजक डा युरी जाम्ब्रानो मेक्सीको, एशिया संयोजक अमिनुर रहमान बङ्गलादेश, डा रेश्मा रमेश भारत डा मायरा चाभेज मेक्सीको र अन्य […]