धनगढी, २६ भदौ । कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन् । “सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,” कृषक वीरे चौधरीले भन्नुभयो– “बिक्रेताले चर्को मूल्यमा […]
समाचार
सडक नभत्काएर अत्याधुनिक प्रविधिबाट उपत्यकामा तार बिच्छ्याउँदै प्राधिकरण
काठमाडौं, २६ भदाै । नेपाल विद्युत् प्राधिकरणले विद्युत्को तार जमिनमुनि बिछ्याउँदा सडक नभत्काउने भएको छ । अन्डरग्राउन्ड तारहरूको व्यवस्थापनका लागि विश्वमा प्रचलित वैज्ञानिक पद्धति होरिजेन्टल ड्रिलिङ सिस्टमद्वारा सडक नभत्काईकन तार बिछ्याइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अहिले विद्युत् प्राधिकरणले ओभरहेड वितरण प्रणालीमार्फत तारको व्यवस्थापन गरिरहेकोमा यसले सहरलाई कुरूप बनाएको तथा दुर्घटनाको जोखिम बढाएको […]
किरणले जनयुद्ध गरेको नमान्ने परि थापा समूहको दावी
काठमाडाैं, २६ भदाै । नेकपा क्रान्तिकारी माओवादीभित्र फेरि ठूलाे लडार्इ सुरु भएकाे छ । अन्तरसंघर्ष चर्किदै गएपछि याे पार्टी पनि फूटकाे संघारमा पुगेकाे छ । माेहन बैद्य नेतृत्वमा रहेकाे क्रान्तिकारी माअाेवादी पार्टीमा एक समूह बैद्यलार्इ नै एक्ल्याउन लागिपरेकाे छ । परि थापाकाे नेतृत्वमा रहेकाे साे समूहले किरणसहितकाे नेताहरुले ०५२ सालमा लडेकाे युद्ध जनयुद्ध नभएकाे दावी पनि […]
एमबिबिएस पढ्न बंगलादेश पुर्याइएका २ सय विद्यार्थी अलपत्र
काठमाडौं, २६ भदाै । एमबिबिएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्धारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ । नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थीहरू बंगलादेश जाने गरेका छन् । […]
यूएर्इ, टर्की र न्यूजिल्याण्डसँग हवाई सम्झौता हुँदै
काठमाडाैं, २६ भदाै । नेपाल सरकारले तीनवटा मुलुकसँग अन्तिम हवाई सम्झौताको तयारी गरेको छ । प्रारम्भिक हवाई सम्झौता भई नियमित उडान सेवा सुरु भइसकेका ती मुलुकसँग आगामी दुई महिनाभित्र अन्तिम हवाई सम्झौता गरिसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले जानकारी दिए । उनका अनुसार युनाइटेड अरब इमिरेट्स, टर्की र न्युजिल्यान्डसँग अन्तिम हवाई सम्झौताको तयारी […]
चिनबाट सुरुङ खन्ने अत्याधुनिक मेशिन नेपाल ल्याइयो
काठमाडाैं, २६ भदाै । चीनको समुद्रपार इन्जिनियरिङ ग्रुप र चिनियाँ रेलवे ब्यूरो लिमिटेडको संयुक्त निर्माणमा बनेको डबल शिल्ड टनेल बोरिङ मेशिन नेपाल पुगेको छ। नेपालको इतिहासमै यस्तो खाले उत्खनन् मेशिन पहिलो पटक भित्रिएको हो। चीनको एउटा प्रमुख अनलाइनले जनाए अनुसार २ महिना अघि चीनको शाङ्हाईमा निर्माण सम्पन्न भएर कलकत्ता भन्सारमा पुगेपछि अगष्ट २७ मा कलकत्ता […]
हाइड्रोजन बमको सफल परिक्षण गरेपछि आफ्ना वैज्ञानिकहरुसँग उत्सव मनाउँदै किम
काठमाडाैं, २६ भदाै । उत्तरकाेरियाले अहिले विश्व हल्लाइरहेकाे छ । पछिल्लाे समय उसले गरेकाे हाइड्राेजन वमकाे परिक्षणपछि विश्वकाे सबैभन्दा शक्तिशाली देश मानिएकाे अमेरिका समेत तर्सिएकाे छ । उत्तर काेरियाका युवा राष्ट्रपति किम जाेङ उनले केही दिन अगाडि अमेरिकालार्इ जित्न पुग्ने हाइड्राेजन वम बनाउन अाफ्ना वैज्ञानिकलार्इ निर्देशन दिएकाे कुरा बाहिर अाएपछि अमेरिका झन सशंकित भएकाे छ […]
वैद्य माओवादी फेरि फुटको डिलमा । परि थापाले विद्रोह गर्दै
काठमाडौँ, २५ भदौ । नेकपा (क्रान्तिकारी माओवादी) फेरि फुटको डिलमा पुगेको छ । विप्लवको नेतृत्वमा एउटा समूहले सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी बनाएको केही समयपछि बादल समूह माओवादी केन्द्रमा फकेको पीडाबाट तैरिन नपाउँदै फेरि अर्को फुट हुने भएको स्रोतका दाबी छ । नेकपा (एकीकृत)बाट एकतामा आएको समूहले अध्यक्ष वैद्यलाई समस्यामा परेको छ । परि थापाले […]
मोहन बैद्यका भाई विप्लवको साथमा
काठमाडौं, २५ भदौ । कम्युनिस्ट आन्दोलनका पाका नेताका रुपमा चिनिएका मोहन वैद्य किरणलाई छोडेर उनका भाई युवा क्रान्तिकारी नेता नेत्रविक्रम चन्द विप्लवको साथमा पुगेका छन् । वैद्यका भाई झपेन्द्र राज बैद्य आज विप्लवको साथमा लागेका हुन् । नेकपाले आज काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको ध्रुविकरण कार्यक्रममा वैद्यलाई परित्याग गरेको घोषणा गरेका हुन् । उनले नेपालमा […]
प्रचण्डलाई छोडेर आधा दर्जन केन्द्रीय सदस्यसहित सयौ कार्यकर्ता नेकपामा प्रवेश
काठमाडौं, २५ भदौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) छाडेर आधा दर्जन केन्द्रीय सदस्यसहित सयौ नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको ध्रुविकरण कार्यक्रममा उनीहरुले पार्टी प्रवेश गरेका हुन् । नेपालको राजनीतिलाई सम्हाल्न तथा राजनीतिक आन्दोलनलाई पूर्णता दिनका लागि विप्लवको […]







