आफ्नै विद्यार्थी बलात्कार गर्ने ‘हेड मास्टर’माथि नेकपाले यसरी गर्‍यो कारवाही !

काठमाडौं, ७ चैत । आफ्नै छात्रा विद्यार्थीलाई बलात्कार गर्ने एकजना शिक्षकमाथि नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको छ । रामेछापको नामाडी बेतालीस्थित  श्री जनजागृती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गोबिन्द खत्रीमाथि नेकपाले कारवाही गरेको हो । सोहि विद्यालयमा ८ मा अध्ययनरत १४ बर्षिया छात्रालाई खत्रीले पटकपटक बलात्कार गरेको भन्दै कालोमोसो दलेको छ भने भौतिक कारवाही समेत गरेको […]

अन्ततः दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ

काठमाडौं, ६ चैत । दरबारमार्ग बलात्कार घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २२ वर्षीय शैलेस कार्कीलाई दरबारमार्गबाटै पक्राउ गरेको हो। रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए । तर, घटना मिलापत्रमा लुकाइएको थियो । घटनालगत्तै प्रहरीले उनीहरुको ब्यापक खोजि […]

दुई दशकदेखि ठप्प बलेवा विमानस्थलमा उडान सुरु, तारा एयरले गर्‍यो परीक्षण

पर्वत, ६ चैत । झन्डै साढे दुई दशकदेखि ठप्प रहेको बाग्लुङको बलेवा विमानस्थलमा परीक्षण उडान गरिएको छ । यही चैत ९ गतेदेखि नियमित सञ्चालनमा ल्याउने तयारीका लागि बलेवा बिमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको हो । पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित उडान गर्न कुनै कठिनाई नभएको बताएको छ । पाईलट क्याप्टेन […]

डीपीआर बिना नै फासट्रयाक

       चैत्र ६ ,काठमाडौँ / काठमाडौँ उपत्यका संग तराई निजगढ जोड्ने द्रुत मार्ग फासट्रयाक निर्माणको गर्नाको लागि ललितपुरको खोकना बागमती किनार नेपाली सेनाले क्याम्प लगाएको छ । जिम्मा पाएका नेपाली सेना संग यो परीयोजनाको विस्तृत अध्यन प्रतिवेदन डीपीआर समेत नभएको बताएको छ । उक्त परियोजनाका लागि यस अगाडी भारतीय कम्पनि इन्फास्ट्रचर लिजिंग एंड […]

फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरी !

एजेन्सी, ६ चैत । सामाजिक संजाल फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको आशंकापछि विश्वभर तिब्र प्रतिक्रिया आएको छ । यस विषयमा अमेरिका र विभिन्न यूरोपेली मुलकहरुले फेसबुकको गोपनियताका सम्बन्धमा गम्भीर प्रश्न उठाएका छन् । बेलायती प्रधानमन्त्री टेरिजा मेका प्रवक्ताले आरोपलाई निकै गम्भीर भनेका छन् । अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएकोप्रति चिन्ता व्यक्त गर्दै […]

लागू औषध तस्करलाई मृत्युदण्ड दिइनुपर्ने पक्षमा उभिए डोनाल्ड ट्रम्प

एजेन्सी, ६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू औषध तस्करलाई मृत्युदण्ड दिइनुपर्ने बताएका छन् । दुखाइ कम गर्ने पेनकिलर औषधिको दुव्र्यसनसम्बन्धी समस्यासँग जुध्ने योजनाअन्तर्गत उनले मृत्युदण्डको योजना अगाडि सारेका हुन् । ओपीओइड भनिने नशालु पदार्थसम्बन्धी समस्याबाट प्रभावित न्यू ह्याम्पशायर राज्यमा बोल्दै राष्ट्रपति ट्रम्पले लागुऔषध तस्करलाई मृत्युदण्ड दिने व्यवस्थाका लागि काम भैरहेको बताए । तर […]

आज दिन र रात बराबर हुने, थाहा पाउनुहोस् यस्तो छ कारण

काठमाडौं, ६ चैत । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा. सुनिल सिटौलाले बताए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवी क्षेत्रवाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलिबाट उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो […]

स्थानीय तहलाई बजेट: कोषमा नगद दिने व्यवस्था खारेज हुँदै

काठमाडौं, ६ चैत । स्थानीय तहलाई बर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक बर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ । मुलुक संघीयतामा गएसँगै सरकारले चालु आर्थिक बर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोष्मा सीधै दुई खर्च २५ अर्ब रुपैयाँ पठाईदिएको छ । चालु आर्थिक बर्षको सुरुकै दिन साउन १ मा स्थानीय तहका […]

ललितपुरमा ६ बर्षीया बालिका बलात्कृतः यस्तो छ बालिकाको बयान

लालितपुर, ६ चैत । ललतिपुरको प्युटारमा ६ बर्षिया बालिका बलात्कृत भएकी छन् । बागमती गाउँपालिकाकी बालिका सोमबार बिहान बलात्कृत भएकी हुन् । बालिकाको योनीबाट रगत बगिरहेको र उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको सहयोगमा थापाथली अस्पतालमा पुर्याइएको छ । बिहान वनमा घाँस काट्न गएकी एक महिलाले अस्वभाविक […]

सुबिधा नपाएको भन्दै उपमेयर रेणुको यस्तो लाजमर्दो चर्तिकला

काठमाडौं, ६ चैत । आफूले अधिकार नपाएको भन्दै एक उपमेयर मेयरविरुद्ध अनसन बसेकी छन् । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा मेयरसँग अधिकार माग गर्दै अनशन बसेकी हुन । नागरिकका अनुसार नगर कार्यपालिकाको कार्यालय सार्ने विषयले उत्पन्न विवादमा मेयर ज्ञानकुमार मण्डलले आफूसँग दुई तिहाइ बहुमत रहेको भन्दै उपमेयरको सहमति आवश्यक नरहेको भनिदिएपछि उनी अधिकार खोज्दै अनशन […]