११ वर्षपछि पनि जिब्रो छेड्ने जात्राको निरन्तरता

भक्तपुर, २१ भदौ । मध्यपुर थिमिमा ११ वर्षपछि जिब्रो छेड्ने जात्रा मनाइएको छ । इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा स्थानीय युवाको पहलमा मनाइएको हो । मध्यपुर थिमि नगरपालिका वडा नं ५ का २९ वर्षका वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर यो जात्रालाई लोप हुनबाट जोगाएका छन् । प्रत्येक […]

‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ, २१ भदौ । जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार २३ गते दुवै […]

प्रशासकीय अदालतको काम अधूरो र अपूरोः प्रधानन्यायाधीश

काठमाडौँ, २१ भदौ । प्रधानन्यायाशीध गोपाल पराजुलीले प्रशासकीय अदालतको क्षेत्राधिकार अपूरो भएको बताएका छन्् । प्रशासकीय अदालतको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रशासकीय अदालतले अहिले पाएको क्षेत्राधिकार संकुचित भएको भन्दै क्षेत्राधिकार बढाउनुपर्नेमा जोड दिए । “हामीले चाहेजस्तो प्रशासकीय कर्मचारीले बुझेजस्तो प्रशासकीय अदालत भएन”–उनले भने, “अदालत अधूरो, अपूरो भयो । कर्मचारीको ५० रुपियाँको ग्रेडवृद्धिको […]

दशैँको साइत सार्वजनिक

काठमाडौँ, २१ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । आगामी असोज ९ गते सोमबार पचली […]

सामूहिक बलात्कारका क्रममा महिलाको मृत्यु

बनेपा, २१ भदौ । सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्यु भएको घटनाका अभियुक्तलाई आज सार्वजनिक गरिएको छ । फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहकुल थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । […]

सामूहिक बलात्कारपछि महिलाको हत्या गर्ने अभियुक्तहरु सार्वजनिक

बनेपा । एक साता अघि सामूहिक बलात्कारपछि महिलाको हत्या गर्ने अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने […]

उत्तरकोरियालार्इ देखाएर अमेरिकाले सैन्य उन्माद देखाएको पुटिनको दावी

एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँंग जोडेर भइरहेको ’सैन्य उन्माद’ ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन् । चीनमा ब्रिक्स सम्मेलनपछि सञ्चारकर्मीसँग बोल्दै उनले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै यस बिषयमा सम्बन्धित सवै पक्षले वार्ताका लागि सम्भावित पहल गर्नुपर्ने बताए । उनले कुटनीति एक मात्र जवाफ (समाधान) रहेको बताए । […]

सडक बिस्तारका पीडितको आन्दोलनमा ठूलाे झडप र घम्साघम्सी

काठमाडौ, २१ भदाै । सडक विस्तारका नाममा अाफूहरुलार्इ विस्थापित गर्न खाेजेकाे भन्दै पीडितहरुले सडक अान्दाेलन सुरु गरेका छन् । सडक अान्दाेलनकाे क्रममा अाज माइतीघर मण्डलमा धर्ना दिन पुगेका पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गरेपछि ठूलाे झडप भएकाे छ ।  सडक चाैडा बनाउने नाममा अाफूहरुलार्इ भूमिहीन र घरवासविहीन बनाएकाे भन्दै पीडिहरुले एक संघर्ष समिति नै गठन गरी अान्दाेलनमा […]

महन्थ र राजेन्द्रकै जिल्लामा राजपाको अर्को पहिरो

सर्लाही । मधेसबादी दलहरुको एकता बाट बनेको दल राजपामा पहिरो जाने क्रम रोकिएको छैन । सयौ नेता र हजारौ कार्यकर्ताले राजपा त्यागेर माओबादी केन्द्रमा प्रवेश गर्ने क्रममा मंगलबार मात्रै सांसदसमेत रहेका सर्लाहीका प्रभावशाली नेता जंगीलाल रायसहित सयौ नेता कार्यकर्ताले पार्टी छाडेका छन । सांसद रायको नेतृत्वमा सर्लाही अध्यक्ष विनय कर्णसहित सयाैं माओबादी केन्द्रमा प्रवेश गर्ने […]

अधिकारका लागि फेरि बन्दुक उठाउनु नेपाली जनताको बाध्यता हुँदैछ : विप्लव

कालिकोट, २१ भदौ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनता अधिकार सम्पन्न भएको बताउँदै अधिकारको लागि फेरि बन्दु उठ्न सक्ने बताए । कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै विप्लवले आफूहरु युद्धको पक्षमा नभएको तर जनताको अधिकारको लागि बुन्दुक उठाउन तयार रहेको बताए । ‘हामीले कहिल्यै युद्धको कुरा गरेका छैनौं, अधिकारका लागि हामी बुन्दुक उठाउन […]