यसरी चयन हुनेछन् अब राष्ट्रपति-उपराष्ट्रपति

सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका लागि सरकारका तर्फबाट बिहीबार संसद सचिवालयमा दर्ता गराइएको विधेयकमा प्रमुख दलको समर्थन प्राप्त व्यक्तिमात्रै उम्मेद्वार वन्न सक्ने व्यवस्था प्रस्तावित भएको हो । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा […]

थवाङ गाउँपालिकाका अध्यक्ष ससुरालीबाटै परे अपहरण

रोल्पा, ३० भदौ । राेल्पाकाे थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ गाउँपालिका वार्ड नं २ मा रहेकाे ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो ।  राेल्पाकै उवामा स्थायी घर भएका घर्ती बिहीबार थवाङ गाउँमा रहेकाे ससुराली घर पुगेका थिए । उनलार्इ ससुरालीमै सुतिरहेको बेला करिब २ बजे अपहरण […]

देशभरका मम पसलदेखि तारे होटलहरु सबैकाे गणना गरिदै

काठमाडौँ, २९ भदाै । केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना सुरु गरेको छ। सानादेखि ठूला आर्थिक तथा व्यावसायिक एकाइ, गतिविधि र संस्थाको विवरण संकलनका लागि विभागले नेपाल तथ्यांकीय व्यावसायिक रजिष्ट्रार र तथ्यांकीय फ्रेमवर्क तयार गरी सबै जिल्लामा नमूना सर्भेक्षण तथा पूर्वपरीक्षण पूरा गरेको छ। हालसम्म प्रत्येक १० […]

ग्लोबल आइएमई बैंकको कामु सिईओमा पौड्याल नियुक्त

काठमाडौं । ग्लोबल आइएमइ बैंकले कामु सिइयोमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैक सञ्चालक समितिको बुधबार बसेको बैठकले पौड्याललाई कामु सिइओमा नियुक्त गरेको हो । ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजिनामा दिएपछि सञ्चालक समितिले पौड्याललाई कामु सिइओमा नियुक्त गरेको हो । बुधवार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीले दिएको राजिनामा पनि स्वीकृत […]

बचत खाता खाेल्दा पाँच लाखकाे दुर्घटना विमा र ८ प्रतिशत ब्याज

काठमाडौं, २९ भदाै । सिभिल बैंकले नयाँ बचत खाताकाे स्किम ल्याएकाे छ । सिभिलमा बचत खाता खाेल्दा अब पाँच लाखकाे जीवन विमा र अाठ प्रतिशत ब्याज दिने भएकाे छ । सिभिल बैंकले ‘नेपाली बचत खाता’ नामकाे बचत खाता स्किममा याे याेजना ल्याएकाे हाे । उक्त खाता खाेल्दा ग्राहकले ५ लाख रुपैयाँको दूर्घटना बीमाकाे सुविधा पाउनेछन् […]

यी तरिका अपनाएर घरलाई आरामदायी बनाउनुस । घरमा खुसी नै खुसी ल्याउनुस

काठमाडाैं । धेरै घरहरू एकदमै सुन्दर तथा राम्रोसँग सजाइएका हुन्छन् । यस्ता घर देख्दा हामीलाई लाग्छ कि, त्यसलाई सजाउन तथा सामान मिलाएर राख्न धेरै मेहनत गर्नुपर्‍यो होला । कुनै पनि घरलाई आरामदायी तथा सहज बनाउन धेरै कुरामा ध्यान दिनुपर्छ । घर आफूलाई मात्र नभएर आगन्तुक सदस्यका लागि समेत राम्रो तथा आनन्द लाग्ने किसिमको हुनुपर्छ । […]

यसरी सास्ती पार्इरहेका छन् कोरियामा रहेका नेपाली कृषि मजदुर

दक्षिण कोरिया । लमजुङका रमेश न्यौपाने (२१) हरेक बिहान छ बजे उठ्छन् । निन्द्रामै नास्ता खान्छन् किनकी साढे ६ बजेसम्म काममा गइसक्नु पर्छ । काममा गएपछि १२ बजे खाना खाने फुर्सद हुन्छ र साँझ ७ बजेसम्म लगातार काम गर्छन् उनी खेन्गिदोस्थित प्लाष्टिकको घरभित्र लगाइएको तरकारीको एक परिकार (सान्छु) कम्पनीमा कार्यरत छन् । न्यौपाने भन्छन्, “नेपालमा […]

एनएमबी बैंकले विपन्नले तिरेको ब्याज फिर्ता गर्ने

काठमाडौं । एनएमबी बैंकले विपन्न वर्गका ग्राहकहरुलार्इ लक्षित गर्दै नयाँ याेजना सार्वजनिक गरेकाे छ । एनएमवीले अब बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पूर्ण ब्याज रकम फिर्ता गर्ने जनाएकाे छ । अाभार फाउन्डेसनसँग मिलेर एनएमवीले बिपन्न वर्गका ग्राहकहरुलाई लक्षित गरेर याे याेजना ल्याएकाे हाे । जसका लागि बैंकले अाभा फाउन्डेसनसँग लघुवित्त सेवा सम्बन्धी सम्झौता […]

श्रमिक आप्रवासका विषयमा साझा धारणा बनाउँदै एशियाका १२ राष्ट्र

ललितपुर, २८ भदौ । सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ राष्ट्रको साझा धारणा तयार गर्ने विषयमा केन्द्रित रही ती देशका प्रतिनिधि सहितको परामर्श बैठक आजदेखि यहाँ शुरु भएको छ । कोलम्बो प्रोसेसमा नेपालसहित भारत, चीन, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, भियतनाम र अफगानिस्तान सदस्य […]

टोलटोलमा बालविकास केन्द्र आवश्यक : मन्त्री कोइराला

काठमाडौँ, २८ भदौ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बाल विकासमा लगानी र सहभागिता बढाउन हरेक टोलमा बाल विकास केन्द्र खोलिनु पर्ने बताएकी छन् । प्रारम्भिक बालविकासका लागि सांसदहरूको सहकार्य समूह (ककस) र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री कोइरालाले अभिभावक सचेतना र जिम्मेवारी किटान गरी […]