सानो पार्टी सभापतिको कब्जामा, देश वामको कब्जामा : सिटौला

काठमाडौं, १० चैत । चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए । प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे । नेतृत्वले पार्टी नीति र विधानको धज्जी उडाउँदा निर्वाचनमा पराजय निम्तिएको उनीहरूको दाबी छ । यो खबर हामीले आजको […]

वातावरण प्रदूषण बढेकोबढ्यै नियन्त्रण गर्ने बजेट सधैँ फ्रिज

काठमाडौं, १० चैत । हरेक वर्ष प्रदूषण बढ्दो छ । तर, प्रदूषण नियन्त्रणका लागि वर्षैपिच्छे छुट्याइने रकम खर्च हुन सकेको छैन । वन तथा वातावरण प्रदूषण नियन्त्रणका लागि नेपाल आयल निगमबाट दिइने रकम फ्रिज हुने गरेको हो । प्रदूषण नियन्त्रणका लागि मन्त्रालयले स्पष्ट कार्यक्रम ल्याउन नसक्दा १० वर्षको अवधिमा साढे ४ अर्ब फ्रिज भएको छ […]

काठमाडौंमा पाँच बर्षपछि मोनोरेल: यस्तो छ तयारी

काठमाडौं, १० चैत । आगामी पाँच वर्षपछि चक्रपथ परिक्रमा मोनो रेलबाट गर्न पाइने दाबी गरिएको छ । लगानीबोर्डको योजनाअनुसार पाँच वर्षमा काठमाडौं मोनो रेलबाट साढे २८ किलोमिटरको चक्रपथ परिक्रम गर्न सकिनेगरी प्रक्रिया अघि बढाएको छ। ‘मलेसियाली कम्पनीस“गको सहकार्यमा काठमाडौं मोनो रेल प्रालिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने भएको छ’, ट्रान्सपोर्ट इन्जिनियर आशिष गजुरेलले भने, ‘ […]

कतारबाट पैसा पठाउन समस्याः कतार भन्छ सरकारले रोकेको छैन

काठमाडौं, १० चैत । कतारबाट नेपालीहरुलाइृ रकम पठाउन समस्या हुन थालेको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ । कतारमा रहेका अधिकांश रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुले कामदारलाई एकपटकमा एक हजार रियाल मात्रै पठाउन पाउने भन्न थालेका छन् । यस्तो उजुरी दूतावासमा आएपछि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारका गभर्नर शेख अब्दुल्लाहविन साउद […]

सिरहाको लहानमा बम विस्फोट, ६ जना घाइते

काठमाडौं, ९ चैत । सिरहाको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् । सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाका अनुसार उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको छ । बम बिस्फोटबाट पसलमा ठुलो क्षति पुगेको छ । सारडाको […]

जहाज दुर्घटनामा मृत्यु भएका पाइलटकी पत्नीको पनि मृत्यु

काठमाडौं, ९ चैत । काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान मृत्यु भएको छ । विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो । उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान […]

कोरिया आकर्षणः पहिलो दिनमै ३० हजारले बुझाए पैसा

काठमाडौं, ९ चैत । कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ।भाषा परीक्षाका लागि आवदेन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी युवाले आवेदनका लागि बैंकमा पैसा जम्मा गरेका छन् । शाखाले अनलाइन आवेदन खुला गरेको पहिले दिनमै कोरियाको रोजगारीका लागि जाने युवाको भीडले […]

कांग्रेस बैठकमा संस्थापनको यस्तो तयारी: देउवाले डाटामा रिजल्ट खोज्ने

काठमाडौं, ९ चैत । कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठक चुनावी समीक्षामा केन्द्रित हुनेछ ।  बैठकमा सबै नेताहरूलाई चाहेजति बोल्न दिने सभापति शेरबहादुर देउवाको तयारी छ । कांग्रेभित्र अहिले संस्थापन र प्रतिपक्षीका रूपमा नेताहरू बाँडिएका छन् । बैठकमा नेतृत्वप्रति असन्तुष्ट नेताहरू थप आक्रामक रूपमा प्रस्तुत हुँदै छन् […]

१८ बर्षपछि खारेज हुँदै शिक्षा विभाग

काठमाडौं,९ चैत । माध्यमिक तह हेर्ने शिक्षा विभाग स्थापना भएको १८ वर्षपछि खारेज हुने भएको छ । माध्यमिक शिक्षा स्थानीय निकायमा हस्तान्तरण हुने भएपछि सो विभाग खारेज गर्न लागिएको हो । यसको अन्तिम गृहकार्य थालिएको शिक्षा मन्त्रालयले जनाएको छ । विभाग खारेजपछि विभागअन्तर्गतका निकायहरुको व्यवस्थापन गर्ने विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन । ०५६ […]

लगानी गर्नेलाई २ बर्ष कर छुटको घोषणा

काठमाडौ, ९ चैत । कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन । ‘कर्णाली प्रदेशमा अब आत्मनिर्भर बनाउने अभियानमा सबै निजी क्षेत्रको साथ खोजेका छौं’ […]