सेवासुविधा कटाएर विपद् व्यवस्थापन कोष

रुकुमपूर्व, १० साउन । रुकुमपूर्वको भुमे गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिनेको सुविधा रकम कटाएर विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायतबाट केही रकम सङ्कलन गरेर गाउँपालिकाले कोष खडा गरेको हो । विसं २०७४ असार २७ गतेको गाउँकार्यपालिका बैठकले गाउँपालिकाबाट सेवासुविधा लिनेको वर्षमा दुई दिन बराबरको सेवासुविधा कटाएर […]

ICAO conference from August 19

Kathmandu, July 26,  A conference of aviation director generals of International Civil Aviation Organisation (ICAO) is taking place in Kathmandu from August 19-23. Director General of Civil Aviation Authority of Nepal, Rajan Pokharel, informed about this. Aviation director generals of concerned countries of Asia Pacific region would participate in the conference. There would also be […]

चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना

लमही, १० साउन । दाङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना शुरु भएको छ । रोजगारको नाममा विदेश जानेको सङ्ख्यालाई न्यूनीकरण गर्नका लागि यो परियोजना शुरु भएको हो । विदेश जानुपर्ने अवस्था सिर्जना भएमा त्यसलाई सुरक्षित बनाउनका लागि यो कार्यक्रम लागू भएको परियोजनाका कार्यक्रम संयोजक सनत सापकोटाले जानकारी दिए । “हामी सकेसम्म विदेश पलायनलाई निरुत्साहित […]

चोरी आरोपी आठ जना पुर्पक्षका लागि कारागार चलान

धनगढी, १० साउन । भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ । गत वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने मानबहादुर लुहारलाई जिल्ला अदालत कैलालीको आदेशमा पुर्पक्षका लागि […]

भूतप्रेत भगाउन भन्दै आमाले गरिन् छोरीको दर्दनाक हत्या

१० साउन, एजेन्सी । भूतप्रेत भगाउन भन्दै एक महिलाले नाबालक छोरीको क्रूर हत्या गरेकी छन् । क्यालिफोर्नियाकी एक महिलाले प्रेत भगाउन भन्दै आफ्नी ३ वर्षकी छोरीलाई १० घण्टासम्म तातो कार भित्र राखेर तड्पाइ तड्पाइ हत्या गरेकी हुन् । छोरीको क्रूर हत्या आरोपमा पक्राउ परेकी उनलाई अदालतले २५ वर्षको जेल सजायको फैसला गरेको छ । प्रहरी […]

कीर्ते कागजात बनाएर सरकारी काम गर्ने गिरोह पक्राउ

ओखलढुङ्गा, १० साउन । कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचित वडा सदस्यको नाममा कार्यवाहक वडा अध्यक्ष उल्लेख गरी उनीहरुको कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त सुनकोशी गाउँपालिका– ९ ककनीका कर्णबहादुर तामाङसहित […]

झापामा अङ्गीकृत नागरिकता लिने घटे

भद्रपुर, १० साउन ।झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो । अघिल्लो आवकोे तुलनामा २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या […]

पहाडको आलु भारतीय बजारमा लोकप्रिय

वीरगञ्ज, १० साउन । खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हँुदै गएपछि यसको माग बढ्दै गएको छ । प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली […]

बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई नौ करोडको क्षति

काठमाडौं १० साउन । बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई नौ करोडको क्षति पुगेको छ । चार अर्ब २५ करोड लगानी रहेको सो हाइड्रोपावरमा बाढी पहिरोले छ करोड मूल्य बराबरको उपकरण तथा संरचना र रु तीन करोड मूल्य बराबरको विद्युत् व्यापार गरी कूल नौ करोडको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिए । […]