चितवन, १२ साउन । पौडी पोखरी ( स्विमिङपुल)मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन् । काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको […]
समाचार
दुर्घटनामा एकको मृत्यु
धादिङ, १२ साउन । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ त्रिभुवन राजपथमा गए राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ । तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बलराम तामाङको उपचारको क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना […]
मनि ट्रान्सफरको रकम चोरी गर्र्ने पक्राउ
जनकपुरधाम, १२ साउन । मनि ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई धनुषा जिल्ला इलाका प्रहरी कार्यालयको गस्ती टोलीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका वडा नं ३ गोठकुहाका ११ वर्षीय गोविन्द यादव र सोही वडाका २८ वर्षीय रामुु यादव रहेका छन् । पक्राउ परेका यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको […]
एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने
ओखलढुङ्गा, १२ साउन । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि […]
ट्रकको पछाडि बस ठोक्किँदा एकको मृत्यु, पाँच घाइते
चितवन, १२ साउन । इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् । उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु […]
सिंगापुरले कीर्तिमानी योगफल बनाउदा नेपाललाई १९२ रनको विशाल लक्ष्य
आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अन्तर्गत अन्तिम खेलमा सिंगापुरसंग प्रतिस्पर्धा गरिरहेको छ। खेल जित्ने टिम युएईमा अक्टोबर ११ देखि युएईमा सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ। ग्लोबल छनौटमा खेल्ने १४ टिमबाट उत्कृस्ट ६ टिम २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ। खेलमा टस जितेर सिंगापुरले पहिले ब्याटिंग गर्दै […]
दुरुपयोग जोगाउन सडक मर्मत कोष
बलेवा, ११ साउन । बागलुङको जैमिनी नगरपालिकाको सबै वडामा बाह्ैमहीना सवारीसाधन चल्ने गरी सडक मर्मत कोष स्थापना गरिएको छ । अघिल्ला वर्ष विनियोजन भएको बजेट सडक मर्मत नगरी दुरुपयोग भएपछि नगरपालिकाले सदुपयोगका लागि कोष बनाएको हो । अघिल्ला दुई वर्ष वडामा गएको बजेट र नगरको विकास बजेटको ३० प्रतिशत सही तरिकाले प्रयोग नभएकाले कार्यविधि बनाएर […]
गोकर्णस्थित नेपाल ट्रष्टको जग्गा समस्या समाधान हुने पोखरेलको दावी
काठमाडौँ, ११ साउन । गोकर्णस्थित नेपाल ट्रष्टको कार्यालयका कारण स्थानीयवासी र बस्तीमा परेका समस्या दुई साताभित्र समाधान गरिने भएको छ । ट्रष्टको अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज गोकर्णेश्वर नगरपालिका वडा नं ४ क्षेत्रमा पर्ने जग्गाको आज स्थलगत अनुगमन गरि केही दिनमै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । “यहाँ आइपरेका समस्या […]
नदीमा हामफालेर युवती बेपत्ता
चितवन, ११ साउन । नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–८ सल्लेनी बस्ने २० वर्षीया सम्झना गुरुङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं १ देवघाटबाट गुरुङ नारायणी नदीमा हामफालेकी हुन् । उनी आज दिउँसो ३ः४५ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ […]
पहिरोसंगै आएको ढुंगोले लाग्दा टाटासुमोमा सवार २ को मृत्यु
रसुवा, ११ साउन । रसुवागढीबाट काठमाडौँ जाँदै गरेको टाटोसुमो आज साँझ टिपुरेको तातोपानी इलाकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार सो दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात घाइते भएका छन् । मृत्यु हुने र घाइतेको पहिचान खुलेको छैन । ना१ज ७८२४ नंको टाटासुमो काठमाडौँतर्फ […]








