एनपीएलको दोस्रो संस्करण सुरु हुँदै, उद्घाटनमा आज जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सोमबारदेखि सुरु हुन लागेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपराह्न चार बजे सुरु हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् । एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने छन् । लिगका ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने […]

नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभा सञ्चालन गर्ने भएको छ। आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपलब्ध पूर्वपदाधिकारीहरूको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। बैठकले पार्टी एकताको सन्देश जनतासम्म पुर्‍याउनका लागि अपिल प्रकाशित […]

दुर्गा प्रसाईं संरक्षक रहने गरी नागरिक बचाउ दल दर्ता

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ। आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा (कल्पित) को नेतृत्वमा दल दर्ता भएको हो। कल्पितका अनुसार पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्। ‘हाम्रो दल दुर्गा प्रसाईंको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि हो,’ […]

मधेसका मुख्यमन्त्रीविरुद्धको रिट श्रेष्ठ र निरौलाको संयुक्त इजलासमा

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध ७४ जना सांसदहरूले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध मधेस प्रदेशका ७४ सांसदहरूले अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका […]

बिबाहेत्तर सम्बन्धले लियो ज्यान, प्रेमी पक्राउ

कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिकाकी २४ वर्षीया बिमला शाहीको मृत्यु आत्महत्या नभई हत्या भएको खुलासा भएको छ। कात्तिक २३ गते राति आफ्नै घरमा मृत भेटिएकी बिमलालाई उनका १९ वर्षे प्रेमी अमिन शाहीले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको हो। मृतक बिमला बिबाहित थिइन् । बिबाहको दुई महिनामै उनका श्रीमान बिदेश गएका थिए । त्यसयता […]

नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिह्न लगाए

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बुधबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन । दर्ज्यानी चिह्न लगाएपछि कार्कीले जनअपेक्षा अनुसार काम गर्दै प्रहरी संगठनको मनोबल उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । “म संगठनको अनुशासन, जवाफदेहिता र जनविश्वासका आधारमा काम […]

लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना महानगरले भत्कायो

  काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जा मन्त्री दीपक खड्काले निर्माण गरेका संरचनामा आज बिहान डोजर चलाएर भत्काएको छ। महानगरका अनुसार सो जग्गा नेपाल स्काउटको स्वामित्वमा रहेको र त्यहाँ बिना अनुमति स्थायी संरचना निर्माण गरिएको भन्दै आज बिहानै महानगर प्रहरीको टोली डोजरसहित पुगेको थियो। घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेको र केही […]

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार राति १०ः४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपाल (दर्चाुला) भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो। भूकम्पबाट क्षति भए÷नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

आज यी स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ। विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा […]

श्रीराम मन्दिर परिसरमा महानगरको डोजर

काठमाडौं । थापाथलीस्थित श्रीराम मन्दिर बैरागी अखडा परिसरमा गुठी संस्थानले जबर्जस्ती राख्न दिएको मदिरा बेच्ने रेस्टुरेन्ट काठमाडौं महानगरपालिकाले हटाएर उक्त संरचना नै भत्काइदिएको छ। मन्दिर परिसरमा मदिरा बिक्री भइरहेको भन्दै स्थानीय बासिन्दा, भक्तजन र धार्मिक संघसंस्थाले पटक–पटक आपत्ति जनाए पनि गुठी संस्थानका जिम्मेवार कर्मचारीहरूले बेवास्ता गर्दै आएका थिए । अन्ततः धार्मिक स्थलको पवित्रता र जनभावनाको […]