आजको मौसम : सातै प्रदेशमा हुनेछ वर्षा, कोशी र मधेसमा हावाहुरीको समेत सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले हाल हाल देशभर साधरणतया बादल लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक […]

बिदा रद्द गरेर ह्वाइट हाउस फर्किए ट्रम्प, इरान युद्धबारे महत्वपूर्ण निर्णय लिने तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सप्ताहन्तको बिदा र गल्फ खेल्ने कार्यक्रम अचानक रद्द गरेर ह्वाइट हाउस फर्किएका छन्। यससँगै अमेरिका र इरानबीच पुनः सैन्य तनाव र सम्भावित हमलाको अड्कलबाजी तीव्र भएको छ। अमेरिकी सेना र जासुसी निकायका उच्च अधिकारीहरूले पनि ‘मेमोरियल डे विकेन्ड’ को छुट्टी रद्द गरेका छन्। सीबीएस न्युजको रिपोर्टअनुसार ट्रम्प प्रशासनले […]

सुदूरपश्चिम र लुम्बिनीमा गर्मी झन् बढ्ने, महाशाखाले जारी गर्यो विशेष बुलेटिन

काठमाडौं । सुदूरपश्चिम र लुम्बिनीका जिल्लाहरूमा आगामी दिनमा गर्मी झन् बढी हुने पूर्वानुमान गरिएको छ । गर्मीले अहिले नै जनजीवन प्रभावित भइरहेका बेला जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी दिन झन् तातो हुने पूर्वानुमान गरेको हो । त्यसैले महाशाखाले आज साँझ विशेष बुलेटिन जारी गरेर सतर्क रहन भनेको छ । महाशाखाका मौसमविदह?का […]

विश्वकप लिग २ : अन्तिम खेलमा नेपालले अमेरिकामाथि दर्ता गर्यो सानदार

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपालले अमेरिकामाथि १ सय २२ रनको सानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३ सय १७ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १ सय ९५ रनमै समेटियो । अमेरिकाका लागि सञ्जय कृष्णमुर्थीले ५६ रन बनाए भने नेपालका सन्दीप […]

रविको मुद्दामा अभियोगपत्र संशोधन, ‘सहकारी ठगी’ को मुद्दालाई मात्र निरन्तरता दिन आदेश

काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछानेसहितको ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी हटाउन सरकारलाई अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अभियोगपत्र संशोधन गरी ‘सहकारी ठगी’ को मुद्दालाई मात्र निरन्तरता दिने गरी आदेश जारी गरेको हो । गोविन्द अधिकारी समेतको […]

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा दुई पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि निर्वाचन भएको थियो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ । महासङ्घमा वरिष्ठ उपाध्यक्षमा वैद्य र रामचन्द्र संघईले उम्मेदवारी दिएका थिए । […]

पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चले भन्ने ठाउँमा सिङ्गल क्यापको पिकअप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३५ बर्षिय गोपाल भटराईको मृत्यु भएको हो । पिसाब गर्न रोकेका बेला न्यूट्रलमा रहेको गाडी गुड्न थालेपछि ब्रेक लगाउने प्रयास गर्दा […]

सुनको मूल्य सामान्य घट्दा चाँदी बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार)सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ। बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार आठ […]

अब गैरकानुनी रूपमा डाक्टर लेख्नेलाई ३ वर्षसम्म कैद

काठमाडौं । गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गर्नेलाई नेपाल मेडिकल काउन्सिलले तीन वर्ष जेल र तीन हजारसम्मको कारबाही गर्ने भएको छ । मेडिकल काउन्सिल र सम्बन्धित परिषद्‌मा कानुनी रूपमा दर्ता नभई नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने भएको हो । काउन्सिलले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘जिरो टोलरेन्स’ नीति अपनाएर अवैध […]

संसदीय समितिको निर्देशन : विकास निर्माणका अवरोध हटाउनू, मूल्यवृद्धिको समस्या सुल्झाउनू

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र चरम मूल्यवृद्धिको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित सरोकारवालाहरूसँगको गहन छलफलपछि समितिले यस्तो निर्देशन जारी गरेको हो । बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले संकटमा परेका […]