काठमाडौं, ९ जेठ । चार महिनाअघि राजधानीको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य आरोपित शैलेश कार्कीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधिश भिष्मराज प्रसाईँको एकल इजालसले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए । कार्कीलाई केन्द्रीय कारागार, सुन्धारामा पठाइएको […]
समाज
सुनसरीका जिल्ला शिक्षा अधिकारीको यस्तो लाजमर्दो हर्कत !
काठमाडौं, ९ जेठ । सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घुस लिँदै गरेको अवस्थामा सुवेदीलाई उनकै निवासबाट बिहीबार बिहान पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए । सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि […]
घुस लिँदालिँदै जिल्ला शिक्षा अधिकारी पक्राउ
काठमाडौं, ९ जेठ । जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनकै निवासबाट पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले बताए । सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ‘विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने’ […]
धादिङको इँटा भट्टामाथि बम बिस्फोट, यस्तो छ क्षतिको बिबरण
धादिङ, ८ जेठ । धादिङको धुनीबेसी नगरपालिका जीवनपुरमा रहेको इँटा भट्टामा अज्ञात समुहले बम विस्फोट गराएका छन् । सोमबार भएको उक्त विस्फोटबाट इँटा उद्योगमा ६ लाख भन्दा बढी क्षति भएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार बम विस्फोटका कारण इँटा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टर लगायतको सामग्रीमा क्षति छ । घटनाको अनुसन्धान […]
राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य गम्भीर, थप उपचारका लागि भारत लैजाने तयारी
काठमाडौं, ७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । घिमिरेलाई १५ दिन अघि ग्राण्डि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उमेरका कारण उनलाई तीन महिना अघि मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको थियो । यद्यपी १५ दिन देखि दिसामा रगतको मात्रा देखिन थालेपछि उनलाई अस्पताल भर्ना गरिएको […]
बेमौसमी वर्षा र असिनाले बझाङमा करोडौंको नोक्सान
बझाङ, ७ जेठ । बेमौसमी वर्षा र असिनापानीले बझाङ जिल्लामा करोडौँको नोक्सान भएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । वैशाख १९ गते बुधबार, २२ गते शनिबार र २४ गते सोमबार परेको असिना र वर्षाका कारण बझाङ जिल्लाभरी झण्डै ५ करोड रुपैयाँ बराबरको नोक्सान भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेश केसीले बताए […]
काठमाडौंमै भेटियो साढे दुर्इ करोड नक्कली हजारका नोट
काठमाडौं, ६ जेठ । चलचित्र लुटका निर्माता माधव राज वाग्लेकाे घरबाट प्रहरीले बरामद गरेकाे साढे दुर्इ कराेड नाेट पूरै नक्कली भएकाे प्रमाणित भएकाे छ । नेपाल राष्ट्र बैंकले वाग्लेको घरबाट बरामत भएका सबै नाेट नक्कली भएकाे प्रमाणित गरेकाे हाे । यसअघि प्रहरीले वाग्लेकाे घरबाट २ करोड ५२ लाख रुपैयाँ बरामद गरेकाे थियाे । महानगरीय प्रहरी […]
जिउ र हातखुट्टा दुखिरहन्छ ? तपार्इलार्इ भिटामिन डीको कमी हुनसक्छ
काठमाडौं । जीउ दुखेर या हातखुट्टा सुन्नियो भन्दै उपचारमा पुगेका धेरै बिरामीलाई भिटामिन ‘डी’को कमी भएको पाइएको छ । जीउ दुखेर अस्पताल पुग्ने धेरैलाई भिटामिन ‘डी’को कमी भएको देखिएको छ। राष्ट्रिय प्रयोगशाला टेकुका अनुसार गत चैतदेखि वैशाखभित्र अर्थात एक महिनामा परीक्षण गरिएका ५ सय १७ नमुना मध्ये ४ सय २९ जनालाई अर्थात् ८२ प्रतिशतमा भिटामिन […]
यातायातका चार कर्मचारी पक्राउ
ललितपुर, ७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ। आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरिएको हो। सवारी चालकको अनुमतिपत्र दिने […]
सैनिक महाविद्यालयमा बालकलाई शौचालय लिएर यसरी हत्या गर्न खोजियो
काठमाडौं, ६ जेठ । चितवनको खैरेनी नगपालिका वडा नम्बर ३ मा रहेको सैनिक आवासिय महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रीनव लामिछानेमाथि हत्या गर्ने प्रयास भएको भन्दै पीडित परिवारले सत्य तथ्य बाहिर आउनुपर्ने माग गरेको छ । गत बैशाख २८ गते लामिछानेलाई राति ३ बजे सोही स्कुलमा पढ्ने कृष थापा, रिवाज रेग्मी र अनिश श्रेष्ठले […]











