चुनढुंगा खानीमाथि नेकपाको ‘जनकारवाही’, ५ कारण र क्षतिको बिबरणसहित

चितवन । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप जनकारवाही गरेको जिल्ला जनपरिषद्ले जनाएको छ । शुक्रबार राति खानीमा आगजनी गर्दा स्काभेटरसहित महत्वपूर्ण उपकरण जलेर लाखौंको […]

रम्भा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

पाल्पा, १८ जेठ । रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने मृतक मध्ये १२ जनाको सनाखत भएको छ। मृतकमधे १ जनाको पहिचान खुल्न सकेको छैन। प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का […]

गोरखा केन्द्रबिन्दु बनाएर भूकम्प

गोरखा, १८ जेठ । गोरखालाई केन्द्रविन्दू बनाएर शुक्रबार बिहानै फेरी पराकम्प गएको छ । गोरखाको काशिगाउँलाई केन्द्रविन्दू बनाएर अाज बिहान २ बजेर १७ मिनेटको समयमा ४.१ रेक्टरस्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ सालको भूकम्पको यो ४९५ औं परकम्प भएको केन्द्रले जनाएको छ । त्यसै गरी अघिल्लो दिन पनि दैलेखलाई केन्द्र बिन्दु […]

आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा एक नेपाली युवाको मृत्यु

पर्वत, १८ जेठ । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका […]

धुर्मुस–सुन्तलीले के चर्को चन्दा उठाएकै हुन् ? किन लगायो सरकारले धुर्मुस–सुन्तलीलार्इ चन्दा उठाउन रोक ?

काठमाडौं, १८ जेठ । विभिन्न सामाजिक काममार्फत चर्चाकाे शिखरमा पुगेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विर अस्पतालकाे सरसफार्इमा अाएर विवादमा परेका छन् । विरअस्पतालकाे पूरै अनुहार फेर्ने भन्दै कम्मर कसेर लागेकाे ‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले चन्दा उठाएकाे अाराेप लागेकाे छ । बाहिर उठ्ने सामान्य अालाेचना र अाराेप त छँदै थिए त्यसमाथि सरकारले नै उक्त […]

सुन काण्डमा फरार एसएसपी खत्रीले गरे अदालतसमक्ष आत्मसमर्पण

काठमाडाैं, १७ जेठ । ३३ किलाे सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले अन्तत: अदालतसमक्ष अात्मसमर्पण गरेका छन् । खत्रीलार्इ सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त बनाइ खत्रीका विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएकाे छ । उनी बिहीबार बिहानै जिल्ला अदालत माेरङमा अात्मसमर्पण गरेका हुन् । उनी अहिले […]

हस्तलिखित नागरिकता नष्ट गरियो

पर्वत, १७ जेठ । जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ । कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि अहिले उक्त फाइल […]

विज्ञानले पत्ता लाग्यो पानीका दुई फरक स्वरुप

काठमाडाैं । वैज्ञानिकले वाटर मोलिक्युल (पानीका अणु) का दुई फरक स्वरुपलाई पहिलो पटक विभाजन गर्न सफल भएका छन् । वाटर मोलिक्युलमा दुई फरक आइसोमर्स अर्थात प्रकार हुन्छन् । दुवैमा एटोमिक लेभलमा केही फरक विशेषता रहन्छ । दुई आइसोमर्सलाई छुट्याएपछि अनुसन्धानकर्ता ती दुई आइसोमर्सले रासायनिक प्रतिक्रियाको क्रममाम फरक तरिकाले व्यवहार गर्ने देखाउन सफल भएका छन् । […]

घरसँगै आगोले श्रीमती पनि जलाइदिएपछि कर्णबहादुर यसरी भक्कानिए

दाङ, १७ जेठ । दाङको गढवा गाउँपालिका वडा नं. ३ सुपैलाका कर्णबहादुर रावत मंगलबार बेलुका गाउँ घुम्न निस्किए । मजदुरी गरेर जीविका चलाउँदै आएका कर्णबहादुर घर बाट निस्कँदा श्रीमती लक्ष्मी रावतलाई खाना बनाउन भनेका थिए । तर, राति ९ बजे घर फर्कदा कर्णबहादुरले घर जलिरहेको देखे । त्यही आगोमा श्रीमती लक्ष्मी रावतको जलेर मृत्यु भयो […]

भयानक तथ्याङ्क सार्वजनिक : प्रतिवर्ष सुर्ती खाएर विश्वमा करिव ३० लाख मानिसको मृत्यु

काठमाडौं। धुम्रपान तथा सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष मे ३१ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यस वर्षको नारा धुम्रपान र सुर्तीजन्य पदार्थले मुटुलाई नोक्सान गर्ने भएकाले ‘सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौँ’ भन्ने तय गरिएको छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थका कारण […]