राजधानीमा यात्रुलार्इ सुविधा दिन यति ठूला बस सञ्चालनमा ल्याइदैछन

काठमाडाैं, ३० जेठ । असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ। सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो। बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, […]

डाक्टर उपेन्द्र देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

काठमाडौं । नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट वरिष्ठ न्युरो सर्जन प्राध्यापक डाक्टर उपेन्द्र देवकोटालाई सम्मान गरेको छ । नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस बाँसबारीमा सघन कक्ष(आइसियु)मा उपचारत डाक्टर देवकोटालाई शनिबार अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो । सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा देवकोटालाई […]

ओली-प्रचण्ड सरकारमाथि यसरी खनिए अधिकारकर्मीहरु, मानवाधिकार उलंघन भएको आरोप

बिराटनगर। पूर्व प्रधानन्यायाधीश तथा मानवअधिकार अायाेग अध्यक्ष अनुपराज शर्माले सरकारमा रहँदा मत्र मानवअधिकार र स्वतन्त्रता हुने तर बाहिर हुँदा नहुने बताएका छन् । शुक्रबार विराटनगरमा जनअधिकार फोरमले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले अहिले पनि अायाेग जनताका माझ गइरहेको र जनतामा जाँदा पूरै अधिकार उल्लंघन भएकाे पाइएको बताएका छन् । ‘आयोग जनताका माझ गइरहेको छ र […]

नयाँ बसपार्कमा दुई हजार लिटर घरेलु मदिरा भेटियो

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले शुक्रबार दुई हजार लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । प्रभागका प्रहरी नायब निरीक्षक प्रकाशबहादुर राउतकोे नेतृत्वमा गएको टोलीले राति गँगबु क्षेत्रका विभिन्न होटल तथा भट्टीमा छापा मारेको थियो । प्रभागका प्रमुख मोहनविक्रम केसीले गँगबु क्षेत्रलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने योजनानुसार अभियानमा शुरु भएको जानकारी दिँदै भने, […]

त्रिशुली नदीमा ट्रक खस्यो, चालक र सहचालक बेपत्ता

काठमाडौं।  सडक सुधारका काम सकिएको एक दिनमै फेरि त्रिशुली नदीमा ट्रक खसेका छ । पृथ्वी राजमार्गको जोगिमाराबाट सिमेन्ट बोकेका ट्रक नदीका खसेको प्रहरीले बताएको छ । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ना ५ ख ३४१५ नम्बर को ट्रक सडकबाट ९० फिट तल त्रिशुल नदीमा खसेको हो । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर १० […]

सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरी छापा, कति भेटियो सुनचाँदी र पैसा ?

काठमाडौं । ३८ क्विन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ । अग्रवालको अनामनगरस्थित घरमा छापा मारेर मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको बताईएको छ । घरमा भएको अन्य सुन उनीले भाग्दा लिएर गएको हुन सक्ने समितिको अनुमान छ । शुक्रबार […]

बेच्नका लागि कञ्चनपुर पुर्‍याइएका १८ बालबालिका प्रहरी नियन्त्रणमा

अछाम, २५ जेठ ।  भारततर्फ लगिँदै गरेका १८ बालबालिका २ व्यक्तिलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकीबाट बिहीबार बेलुकी १२ बालक, ६ बालिकासहित २० जनालाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ । नेपाल प्रहरीका डीएसपी ज्ञानबहादुर सेट्ठीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा नियन्त्रणमा लिइएका बालबालिकाहरु अछामको ढकारी गाउँपालिका–७ […]

घर झगडा हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

भक्तपुर, २५ जेठ । बञ्चरोले हानेर श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् । विहिबार राति चाँगुनारायण नगरपालिका –७ खरिपाटी वागेश्वरीमा भोजपुर चरनदीका उमेश माझीले आफ्नै श्रीमती २८ वर्षीया सलेना माझीको टाउकोमा बञ्चरोले हानेर फरार भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठका अनुसार स्थानीय राममाया कार्कीको घरमा […]

जनकपुरबाट नेपालगञ्ज जाँदै बस गरेको दुर्घटना, यस्तो छ क्षतिको विवरण

दाङ, २५ जेठ । दाङको भालुबाङ-लमही सडकखण्डमा बस दुर्घटना भएको छ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान दुर्घटना भएको हो । बस दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मद रहेकी रहेकी छन् […]

लोकसेवा आयोगले निर्माण गर्यो ‘रणनीतिक योजना’

काठमाडौं, २२ जेठ । लोकसेवा आयोगले सातै प्रदेशमा संगठनलाई व्यवस्थित बनाउन तीनवर्षीय ‘रणनीतिक योजना’ निर्माण गरेको छ । करीब एक वर्षमा आयोगका कर्मचारी र विज्ञको सुझाव र समन्वयमा उक्त योजना तयार गरिएको र आयोगको ६८ औंँ वार्षिकोत्सवका अवसरमा आगामी असार १ गते सार्वजनिक गरिने सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । संघीय परिवेशमा आयोगको विश्वसनीयतालाई […]