पाल्पा, २२ असोज । पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन् । यस सडकखण्डमा पर्ने दोभानदेखि […]
समाज
नियम उलंघन गरी बिपी राजमार्गमा सवारी चलाउनेहरुमाथि धमाधम कारबाही
धुलिखेल, २१ असोज । काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र […]
भारतमा बेचिएकी किशोरी र बालिकालाई दिल्लीको कोठीबाटै उद्धार
चितवन, २१ असोज । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिइन । भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएकी […]
१३.६ मेगावाटको थापाखोला जलविद्युत् निर्माण
मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु गरेको हो । असोज अन्तिममा […]
विप्लव चंगा चेटमा च्याम्पियन
काठमाडौँ,११ असाेज । नेपालीको महान् पर्व विजयादशमीको अवसरमा आयोजित चंगा चेट प्रतियोगितामा विप्लप डंगोल च्याम्पियन भएका छन् । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–८ इकाई समितिको आयोजनामा गौशलास्थित कैलाशडाँडामा भएको उक्त प्रतियोगितामा विकास श्रेष्ठ दोस्रो र समर्पन दवाडी तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः आठ, पाँच हजार र दुई हजारसहित ट्रफी […]
छिमेकी महिलालार्इ कुटीकुटी हत्या
जनकपुर, १० असोज । धनुषामा एक महिलाको हत्या भएको छ । विदेह नगरपालिका-५ मुरिबा बस्ने लक्ष्मी मण्डलकी श्रीमती ३५ वर्षकी मोहिनी मण्डलको कुटाईबाट हत्या भएको हो । मंगलबार बेलुका ७ बजे कुटपिट गरि हत्या भएको प्रहरीले जनाएको छ । बच्चाहरुमा झगडा हुँदा छिमेकी रामबहादुर मण्डलले ती महिलालाई कुटपिट गरेपछि घटनास्थलमै ज्यान गएको स्थानीय बासिन्दाले बताएको प्रहरीले जनाएको […]
लेखनाथको छातीमा यसरी उमारियो दसैका जमरा
पोखरा, १० असोज । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्कीकोटस्थित गुप्तकालिका मन्दिर परिसरमा स्थानीयवासी लेखनाथ सुवेदीले छातीमा जमरा उमारेका छन् । गुप्तकालीका धार्मिक क्षेत्र विकास समितिद्वारा विश्व शान्तिको कामना गर्दै आयोजित नवदुर्गा महोत्सवका अवसरमा उहाँले निराहार तथा मौनव्रत बसेर छातीमा जमरा उमारेका हुन् । घटस्थापनाका दिनदेखि छातीमाथि टपरीमा उमार्नु भएको जमरा दशमीका दिन गुप्तकालिकालाई […]
किरात विश्वविद्यालय स्थापनाका गर्न यस्ताे प्रयास
खोटाङ, १० असोज । प्रदेशस्तरीय किरात विश्वविद्यालय स्थापनाका लागि खोटाङमा पहल थालिएको छ । संघीय संरचना कार्यान्वयनसँगै जिल्लाका शिक्षाविद्ले प्रादेशिक किरात विश्वविद्यालय स्थापनाका लागि बहस थालेका हुन् । जातीय, बहुधार्मिक, बहुसांस्कृतिक क्षेत्रका रुपमा रहेका कारण देशविदेशका भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्रीका लागिसमेत अध्ययन–अनुसन्धानको मलिलो भूमिकारुपमा रहेकाले जिल्लामा किरात विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारिएको नेपाल आदिवासी जनजाति महासंघ, […]
१३ औं सागमा २५ खेल समावेश गरिने
काठमाडौँ, ९ असोज । नेपाल ओलम्पिक कमिटीले आगामी १३ आँै साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ । आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, तेकाण्दो, टेनिस, टेबुल टेनिस, ट्राथलन, भलिबल, भारोत्तोलन, कुस्ती, […]
भारतबाट नेपाल फर्कन लागेका नेपाली सीमामा धमाधम लुटिन थाले
भीमदत्तनगर, ९ असोज । भारतमा काम गरेर दशैँ पर्व मनाउन घर फर्किन लागेका नेपालीहरु सीमा क्षेत्रमा धमाधम लुटिन थालेका छन् । प्रत्येक वर्ष यसरी नै सीमा क्षेत्रमा नेपालीहरु लुटिने गरेका छन् । यसैक्रममा पाँच जना नेपाली भारतमा लुटिएको खबर छ । भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाली, भरत […]








