सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव केही घटेपनि खतरा भने कायमै रहेको छ । आइतबार सप्तकोशीमा पानीको वहाव यो बर्षकै उच्च प्रतिसेकेण्ड २ लाख २२ हजार ६ सय २५ क्युसेक रहेकोमा आज घटेर २ लाख ८ हजार ८ सय ६५ क्युसेक पुगेको छ । सप्तकोशीमा पानीको वहाव १ लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ […]
समाज
उदयपुरमा जन्ती बोकेको बस दुर्घटना, एक जनाको मृत्यु
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका-६ मा गएराति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् । भारतको फारबिस गन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका […]
१२ उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत
रुपन्देही, ३२ असार । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक विद्यालयलाई आज प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । जिल्ला शिक्षा समन्वय इकाइको सिफारिशको आधारमा मन्त्रालयले आन्तरिक मूल्यांकन गरी प्रदेशभरिका उत्कृष्ट १२ विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो । रुपन्देहीको कालिका नमूना मावि, नवलपरासीको वाग्वाणी मावि, पाल्पाको दमकडा मावि, गुल्मीको महेन्द्र मावि, […]
फ्रान्सका प्रशिक्षक डेसच्याम्प खेलाडी र प्रशिक्षक दुबै रुपमा बने विश्व च्याम्पियन
काठमाडाैं । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पकाे चर्चा अहिले निकै चुलिएकाे छ । फ्रान्सले सन् १९९८ मा विश्वकप उपाधी जित्दा फ्रान्सका तर्फबाट कप्तान रहेका डेसच्याम्प यस पटक उपाधि उचाल्दा प्रशिक्षक रहे । त्यसले उनकाे याे सफलतालार्इ एेतिहासिक सफलता मानिएकाे छ । उनी खेलाडी र प्रशिक्षक दुवै रुपमा विश्व विजेता बन्न सफल भएकाे भन्दै अहिले विश्वभरका मिडियामा […]
सरकार यता ध्यान अाअाेस् : सात घन्टा हिँडेर विद्यालय जान बाध्य
तनहुँ, ३१ असार । ग्रामीण भेगका बालबालिका सात घन्टा हिँडेर विद्यालय आवतजावत गर्न बाध्य छन् । देवघाट गाउँपालिका–३ मा माध्यमिक तहको विद्यालय नहुँदा केही विद्यार्थी सात घन्टा हिँडेर आवतजावत गर्छन् भने केहीले बीचैमा छाड्ने गरेका छन् । वाटक गाउँका विद्यार्थी माध्यमिक तहको अध्ययनका लागि सराङघाटस्थित भृकुटी माविमा जान बाध्य छन् । अध्ययनका लागि विद्यालय जाँदा बाटो ओरालो भएकाले […]
राजधानीमा नक्कली स्मार्ट लाइसेन्स छ्याप्छ्याप्ती, प्रहरीलार्इ सक्कली र नक्कली छुट्याउनै मुस्किल
काठमाडौं, ३१ असार । नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ । नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो । नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी […]
सुन तस्करीमा पूर्व सांसद सिंहका भाई पक्राउ
काठमाडौं । बाराका पूर्व सांसद लालबाबु सिंहका भाइ रामबाबु सिंह पक्राउ परेका छन्। २०७० सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका सिंहका भाइ रामबाबुलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले पक्राउ गरेर हिरासतमा राखेको हो । उनलाई पत्र काटेर बोलाइएको थियो । त्यहीँबाट समातेर इलाका प्रहरी कार्यालय जितपुरमा थुनामा राखिएको मध्यमाञ्चल राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख दिव्यराज […]
सप्तकोशीमा पानीको बहाव बढ्दै, २९ ढोका खोलियो
काठमाडौं । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला […]
श्रीमती पिडित श्रीमानलाई खुसीको खबर ! अब पुरुषले चाहे पनि सम्बन्ध विच्छेद
काठमाडौं । के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था गरेको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको […]
हमास लडाकुप्रति इजरायलको चर्को आक्रोश, लडाकु सिध्याउन गाजामा ठूलो आक्रमण
एजेन्सी । इजरायलले गाजामा रहेका हमास लडाकुलाई लक्षित गरेर ठूलो आक्रमण अभियान सुरु गरेको जनाएको छ । यो आक्रमण अभियान सन् २०१४ को युद्ध यताकै ठूलो रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् । हमास लडाकुले इजरायलमा ९० भन्दा बढी रकेट आक्रमण गरेपछि आफूहरुले त्यसको जवाफमा आक्रमण अभियान सुरु गरेको इजरायलको भनाई छ । गाजामा […]










