काठमाडौं, २६ बैशाख । कोलगेट धेरैले दैनिक प्रयोग गर्ने मञ्जन हो । बिहानसाँझ दाँत माझ्न प्रयोग गर्ने यही कोलगेट मञ्जनमा एक अध्ययनबाट क्यान्सर विकास गर्ने खतरानाक रसायन भेटिएको छ । कोलगेटमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको हो। यो रसायनले क्यान्सरको कोष विकास गर्न सहयोग पुर्याउँने टक्सीकोलोजी नामक एक जर्नलले जनाएको छ । […]
समाज
सरकारी कर्मचारीका छोराछोरी पढाउन लाख रुपैयाँको छात्रवृति घोषणा
काठमाडौँ । सामान्यत: गरिव कमजाेर जेहेन्दार विद्यार्थीका लागि छात्रबृति घाेषणा गर्ने गरिन्छ । वा पिछडिएका क्षेत्रका सर्वसाधारणका छाेराछाेरीका लागि यस्ता छात्रबृति लगायतका विभिन्न अवसरहरु प्रदान गरिन्छन । तर, संघीय व्यवस्था लागु भएपछि दृष्यहरु बदलिँदै गएका छन् । धेरै दृष्यहरु बदलिने क्रममा छात्रबृति दिने प्राथमिकताहरु पनि बदलिएका छन् । यसैबीच सुदूर पश्चिम प्रदेशले सरकारी कर्मचारीका छाेराछाेरीलाई […]
आँधी प्रभावितलाई राहत वितरण
वीरगञ्ज २५ वैशाख,। आँधी प्रभावित बाराको फेटा गाउँपालिका १ टोल भरवलीया कम्बल र भाँडा वितरण गरिएको छ । एआईपीपी थाइल्याण्डको सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुद्धनगर काठमाडौंकोले राहत वितरण गरेको हो । आँधी प्रभावित ४ सय परिवारलाई प्रतिपरिवार एउटा कम्बल र डेक्ची वितरण गरिएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझीले जानकारी दिइन् […]
प्रधानमन्त्रीको टाउकोमा अण्डाले हान्ने युवती पक्राउ
एजेन्सी । अस्ट्रेलियामा दुईसातापछि हुने आम निर्वाचनको अभियानमा रहेका प्रधानमन्त्री स्कट मरिसनका टाउकोमा अण्डा प्रहार गरिएको छ । न्यु साउथ वेल्सको अबलरीमा चुनावी अभियानका क्रममा रहेका मरिसनले महिलाहरूसँग कुरा गरिरहेका बेला एक युवतीले टाउकोमा अण्डा हानेकी हुन् । अस्ट्रेलियामा यही मे १८ मा आम निर्वाचन हुँदैछ । सञ्चारमाध्यमद्वारा सार्वजनिक भिडियोमा मरिसनलाई प्रहार गरिएको अण्डा नफुटी […]
सडकमा हिडिरहेका १३ बालबालिकामाथि एकाएक दौडियो कार
जापान । जापानको ओस्टु सिटीमा भयानक दुर्घटना भएको छ । कारले कम्तिमा १३ जना बालबालिकालाइ ठक्कर दिएको घटना अहिले विश्वभर भाइरल भएको छ । पश्चिम जापानको शिगा प्रान्तस्थित ओस्टू सिटीमा यस्तो घटना भएको हो । उक्त सिटीमा कारले किचेर कम्तिमा १३ जना बालबालिका घाइते भएको बताइएको छ । घाइतेमध्ये २ जनाको मृत्यु भइसकेको र ४ […]
पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सिँचाइका लागि ट्युबवेल गाड्दा ग्यास निस्कियो ।
तानसेन २५ वैशाख, । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार […]
रातो मच्छिन्द्रनाथ रथलाई पुल्चोकबाट गाःबाहल पुर्याइदै
ललितपुर २४ बैशाख । वर्षा र सहकालका देवताको रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको पुल्चोकबाट तानेर पाटनको गाःबाहल पुर्याइदैछ । रथारोहण गरेको चौथो दिनमा पाटनको पुल्चोकबाट तानेर वाजागाजा सहित नःटोल हुँदै गाःबाहालमा पुर्याउने गरिन्छ । ललितपुरको पुल्चोकमा विधिपूर्वक यो रथ तयार गरिएको हो । पुल्चोकबाट आज दिउसो ४ बजे रथलाई तानेर पाटनको गाःबाहालमा पुर्याइन्छ। गाःबाहाल […]
किसानलाइ भैसी बाँड्दै सरकार, सरकारले बाँडेको भैसी पाउने यस्तो छ विधि
सुर्खेत । कर्णाली प्रदेश सरकारले व्यावसायिक किसानलाई भैँसी वितरण गरेको छ। दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यावसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैँसी वितरण गरेको हो। मन्त्रालयले आज बराहताल गाउँपालिका–१० ओदानतालका ४० कृषकलाई एक÷एक वटा भैँसी हस्तान्तरण गरेको हो। कृषकमा आधारित भैँसीपालन व्यवसाय कार्यक्रमअन्तर्गत सुर्खेतका कृषकलाई भेटेरिनरी अस्पताल तथा पशु […]
अपहरणपछि बालकको निर्मम हत्या
काठमाडाैँ, २४ बैशाख । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। बेपत्ता आर्यनको शव मंगलबार बिहान घर नजिकै बारीमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। […]
डेब्यू खेलमै सावित्राले ह्याट्रिक गरेर मच्चाइन सनसनी
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी हिरो इन्डियन वुमन्स लिगमा सनसनी मच्चाएकी छिन्। गुरु नायक स्टेडियम लुधियाना, पन्जाबमा जारी खेलमा सेथु फुटबल क्लबबाट डेब्यू खेल खेल्दै सावित्राले ह्याट्रिक गरिन्। मणिपुर पुलिस स्पोर्ट्सविरुद्ध पहिलो मिनेटमा नै गोल गर्दै सनसनी मच्चाएकी सावित्राले १५औं र ३४औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनी त्यतिकैमा […]









