बागलुङ, ७ साउन । अविरल वर्षासँगै आज बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिका–८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ । बिहान करीब ६ बजेतिर गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाले बताए। गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो […]
समाज
बाग्लुङ्गमा उद्धार गरिएका बालक आफन्तको जिम्मा
गलकोट, ७ साउन । गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बालश्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन बालकको उद्धारपछि आफन्तको जिम्मा लगाइएको छ । पोखराका विभिन्न होटलमा भाँडा धुने, पोछा लगाउने, सामग्री ओसारपसार गर्नेलगायतका काममा लगाई श्रमशोषण गरिएको भन्ने सूचनाका आधारमा श्रम तथा रोजगार विभाग कास्कीले तीन बालकको उद्धार गरेको थियो । बागलुङ जिल्लाको जैमिनी […]
लागुऔषध कारोवारमा समातिने किन भरिया मात्रै?
बाँके, ७ साउन । दुई साताअघि एक नेपाली महिला भारतको रुपैडिहामा अफिमसहित समातिइन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपाली महिलालाई जाँचका क्रममा अफिमसहित पक्राउ ग¥यो । उनी रु पाँच हजारको लोभमा अफिम पु¥याउनकै लागि नेपालगञ्जबाट रुपैडिहा पुगेकी थिइन् । भारतीय प्रहरीका अनुसार, लागुऔषध तस्करीको सूचनामा चेकपोष्टमा जाँच गर्दा जाजरकोटकी काली […]
काभ्रेमा पत्रकार कल्याण कोष स्थापना
काभ्रे, ७ साउन । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले पत्रकार कल्याण कोष स्थापना गरेको छ । विपद्मा परेका पत्रकारलाई सहयोग गर्ने उद्दश्यले रु पाँच लाखको कल्याण कोष स्थापना गरिएको शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताए । उनका अनुसार १० वर्षे मुद्धति खातामा राखिएको उक्त रकमको ब्याजबाट विपद्मा परेका पत्रकारलाई सहयोग गरिनेछ । “कार्यविधि बनाएर ब्याजवापतको रकमले […]
सुर्खेतमा सामाजिक कुरीति हटाउन अन्तरपुस्ता संवाद
वीरेन्द्रनगर, ७ साउन । सामाजिक मूल्यमान्यतामा परिवर्तन र परम्परागत हानिकारक अभ्यासबारे सोमबार सुर्खेतको वीरेन्द्रनगरमा अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको छ । समाजमा व्याप्त रहेका सामाजिक कुरीतिलाई हटाउन युएन वुमनको आर्थिक सहयोग तथा द स्टोरी किचनको अयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका सहभागीले कर्णालीमा छाउपडी प्रथा, बालविवाह तथा लिङ्ग पहिचान गरेर भ्रूणहत्या गर्ने समस्या विकराल […]
बिचौलियालाई कार्यालय प्रवेशमा रोक
तनहुँ, ७ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको छ । आर्थिक प्रलोभनका कारण सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति बढ्दै गएकाले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको हो । सेवाग्राहीले निर्वाधरूपमा सेवा लिन पाउने वातावरण सिर्जना गर्दै कार्यालयमा बिचौलियाको प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए […]
५ जोडी रंगेहात प्रहरी फन्दामा
परासी, ७ साउन । पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ । अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा छुटकारा नदिने प्रहरीले बताएको छ । सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको छ […]
आगलागीमा सिरहामा छ लाखको क्षति
लहान, ७ साउन । विद्युत् चुहिएर सिरहाको भगवानपुर गाउँपालिका–१ सुमेरियामा आगलागी हुँदा करीब रु छ लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय लालबाबु यादवको घरमा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा यादवसहित छिमेकी मलारी यादवको चार घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सम्पूर्ण सामान जलेर हुँदा करीब […]
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी
डोटी, ७ साउन । जिल्लाको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा आगजनी गरेको हो । आगजनी किन र कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता […]
प्राविधिकको सल्लाहबिना निर्माण गर्दा २ को मृत्यु
फिदिम, ७ साउन । मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा गत वर्ष किराँत राजा यलम्बरको चिटिक्क परेको मूर्ति राखिएको थियो । ठुल्ठूला बरपीपलको रुखमुनि निर्माण गरिएको चौतारो र बीचमा रहेको मूर्तिले धेरैलाई आकर्षण गथ्र्यो । मेची राजमार्गमा यात्रा गर्नेहरु यहाँ बसेर आनन्द लिन्थे । तर यही स्थानमा सोमबार बिहान गम्भीर दुर्घटना भयो । मूर्ति […]










