नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभाग र मधेसमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी […]

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, त्यसपछि आफैंमाथि चलाए बन्दुक

धनगढी । कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीलाई गोली […]

पितृशोकमा रहेका ओलीलाई गुन्डु पुगेर रास्वपा उपसभापति अर्यालको समवेदना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले पितृशोकमा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गरेका छन् । ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अर्यालले शोकाकुल परिवारजनमा सहानुभूति प्रकट गरेका हुन्। अर्याल बुधबार गुन्डु पुगेर दिवङ्गत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले यस कठिन घडीमा […]

अन्तिम संस्कारका लागि यूकेबाट आएको परिवार सवार हेलिकप्टर खोटाङमा दुर्घटना !

काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार मध्यान्हको समयमा दुर्घटनाग्रस्त भयो । काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन् । काठमाडौं घर भएका काजीबहादुर राईको दाहिने खुट्टामा सामान्य […]

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव, यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी र लुम्बिनी प्रदेशलगायत बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा […]

ललितपुरमा लुकाइएको ६ हजार बढी सिलिन्डर ग्यास भेटियो, ३ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा ६ हजारभन्दा बढी ग्यास सिलिण्डर लुकाएर राखेको फेला परेको छ । बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेका बेला ठुलो परिमाणमा सिलिन्डर लुकाएर राख्ने ललितपुरको श्रीराम ग्यास उद्योग प्रालिलाई कारबाही स्वरूप ३ लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागले […]

जापनिज इन्सेफ्लाइटिस सङ्क्रम उच्च बनेपछि नवलपरासीपूर्वमा ३५ वर्षमाथिलाई खोप लगाइँदै

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरिएको छ। जिल्लाभर यही चैत १ गतेदेखि जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईंले बताए। अभियानअन्तर्गत जिल्लाभित्रका ३५ वर्षमाथिका करिब एक लाख ५० हजारभन्दा बढी नागरिकलाई खोप […]

आमापछि भेरीमा बेपत्ता छोरीको शव पनि भेटियो, ५ वर्षीय छोराको खोजी जारी

दाङ । भेरी नदीमा हराएकामध्ये ११ वर्षीया आशा कठायतको शव पनि फेला परेको छ। मंगलबार बिहान खोजी गर्ने क्रममा आशाको शव फेला परेको हो। सोमबार बेलुकी उनकी ३८ वर्षीया आमा माया कठायतको शव फेला परेको थियो। अझै ५ वर्षीय छोरा दीपक कठायतको अवस्था अज्ञात छ।उनीहरू सुर्खेतको गुर्भाकोट गाउँपालिका–१२ पिप्लेका हुन्। मायाका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायत घरमै […]

जय ट्रफीको फाइनलमा आज आर्मी र पुलिस उपाधिका लागि भिड्दै

काठमाडौं । जय ट्रफी एलाइट कपको फाइनल खेल आजदेखि सुरु हुँदैछ । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । खेल मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बिहान साढे ९ बजे सुरु हुनेछ । फाइनल खेल तीनदिवसीय हुनेछ । यसअघि लिग चरणको खेल दुई दिनको भएको थियो । चार टोलीले […]

त्रिभुवन विमानस्थलमा गरियो फायर फाइटिङ अभ्यास

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान फायर फाइटिङ (आगलागी नियन्त्रण) सम्बन्धी अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा अभ्यास गरिएको हो । दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्न भन्दै प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको छ । हरेक ठूला विमानस्थलमा यस्तो अभ्यास नियमित रुपमा हुने गर्छ । यस्तो अभ्यास अन्तर्राष्ट्रिय […]