राँझा, ८ कात्तिक । नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट रु एक करोड बढीको क्षति भएको छ । जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ […]
समाज
मिथिलाञ्चलमा धनतेरस पर्व मनाइँदै
जनकपुरधाम, ८ कात्तिक । मिथिलाञ्चलमा आज धनतेरस पर्व हर्षोल्लासकपूर्वक मनाइँदै छ । यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा आजका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ । समाजका उच्च, मध्यम र निम्नवर्गले आ–आफ्ना आवश्यकता र विलासिताका महत्वपूर्ण चीजबीजको किनमेलका लागि आजको दिनलाई विशिष्ट […]
च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार
च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापारतारानाथ आचार्य बलेवा, ८ कात्तिक । गत वर्ष सामान्य देखिएको हिमाली खसी–च्याङ्ग्राको मूल्य यस वर्षको दशैँमा अस्वाभाविक वृद्धि भयो । च्याङ्ग्राको मूल्य वृद्धिको विषयलाई लिएर उपभोक्तादेखि व्यवसायीसम्मले विभिन्न अड्कलबाजी गरे । गत वर्ष रु एक हजार २०० प्रतिकिलोमा च्याङ्ग्राको मासु बिक्री गरेका व्यवसायीहरु यस वर्षको दशैँमा रु एक हजार ३०० प्रतिकिलोका दरले […]
कारागार अस्पतालमा दन्तसेवा शुरु, बिरामीको चाप बढ्दो
काठमाडौँ, ८ कात्तिक । नेपालको एकमात्र कैदीबन्दीको उपचार गर्ने कारागार अस्पतालले दन्तसेवा शुरु गरेको छ । मुलुककै सबैभन्दा ठूलो कारागार केन्द्रीय कारागार सुन्धारा परिसरमा रहेको कारागार अस्पतालले असोजदेखि विशेषज्ञद्वारा दन्तसेवा शुरु गरेको हो । विसं १९७१ मा केन्द्रीय कारागार जगन्नाथदेवलको स्थापना भए पनि स्वास्थ्य सेवा भने २०२० सालदेखि प्रदान गर्दै आएको हो । २०२० सालमा […]
नेपालको व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार, दक्षिण एशियामा तेस्रो
काठमाडौँ, ७ कात्तिक । नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि तेस्रो स्थानमा रहेको जनाएको छ […]
युवा परिचालन कार्यक्रम पहिचान गर्न समिति गठन
काठमाडौँ, ७ कात्तिक । सरकारले युवा परिचालनका लागि कार्यक्रम पहिचान गर्न युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको छ । सरकारले यस आर्थिक वर्षलाई युवा परिचालन वर्ष मनाउने निर्णय गरेसँगै युवालाई कसरी, कुन कुन क्षेत्रमा परिचालन गर्ने भन्नका लागि समिति गठन गरिएको मन्त्रालयका युवा परिचालन तदर्थ परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले […]
लिफ्टले थिचेर मजदूरको मृत्यु
दमक, ७ कात्तिक । लिफ्टले थिचेर झापाको दमकमा आज बिहान एक मजदूरको मृत्यु भएको छ । दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आउनुभएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लिफ्टमर्मत गर्ने क्रममा लिफ्ट अकस्मात […]
नेपाल र चीनबीच अनुभव आदानप्रदान
काठमाडौँ, ७ कात्तिक । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ । समितिको आज बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका साथै उपभोक्ता अधिकार सुनिश्चित गराउने क्रममा नेपाल र चीनले गर्दै […]
लाङटाङ क्षेत्रमा पर्यटक बढ्न थाले
रसुवा, ७ कात्तिक । लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा पदमार्गमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।लाङटाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार चालू वर्षा ऋतुको दुई महीनामा पर्यटकहरू न्यून सङ्ख्यामा आएपनि शरद ऋतुमा भने वर्षाको कमी हुनाका साथै र कुहिरो हटेर अग्ला हिमालका सौन्दर्य अवलोकनका लागि पदयात्रा गर्न आन्तरिक एवं वाह्य पर्यटकको […]
विदेश जान छाडेर च्याउ खेतीमा
बनेपा, ७ कात्तिक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ का समशेर रानामगरले विदेश जाने तयारी छोडेर साझेदारीमा च्याउ उत्पादनतर्फ लागेपछि अहिले मनग्य आम्दानी गरिरहेका छन । यसअघि म्यानपावर धाउँदै कुन देशको प्रवेशाज्ञा लाग्छ र त्यहाँ पाइने काम तथा सेवा सुविधा कस्तो छ भन्दै बुझेर हिँडिरहेका उनि त्यसलाई छोडेर अहिले च्याउ खेतीर्फत उन्मुख भएका हुन । “म विद्यार्थी […]










