महोत्तरी । महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टाेलीले विष्फोट गराएको छ । मंगलबार दिउँसो बर्दीबासस्थित रातु पुलमा सो शंकास्पद वस्तु भेटिएको थियो । त्यसपछि नेपाल प्रहरीले सेनालाई खबर गरेको थियो । सेनाको बम डिस्पोजल टोली पुगेर त्यसलाई विष्फोट गराएर नष्ट गरेको छ ।
समाज
सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको निधन भएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट प्राप्त जानकारी अनुसार मंगलबार दिउँसो २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि महतोलाई […]
सवारी दुर्घटनामा परी क्षयरोग केन्द्रका नायब सुब्बाको निधन
भक्तपुर । काठमाडौमा मंगलबार बिहान टिपरले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । करिब पौने ९ बजे मिनभवन सिविल अस्पताल अगाडी बा. २ क ३२२९ नम्बरको फोहर बोक्ने टिप्परले प्र. ३ -००१ ब. ९४५ को सरकारी नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको हो । ज्यान गुमाउने ब्यक्ति सुनसरीको इनर्वा-५ स्थायी घर भई […]
सुनको मूल्य तोलामा ३ लाख २८ हजार नाघ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ८१ हजार ७ सय २० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार प्रतितोला तीन लाख […]
नैकापमा टोयोटा कार र महाराजगन्जमा मारुती भ्यानमाथि आगजनी
काठमाडौँ । काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ । नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । महाराजगन्जमा राजधानी पेट्रोल पम्प नजिकै मारुती भ्यान आगो लगेको अवस्थामा भेटिएको छ […]
रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार […]
रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना, ९ जना घाइते
काठमाडौँ । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा प्रहरीका असई पर्शुराम यादवको मृत्यु भएको छ। दुर्घटनामा परेर घाइते भएकाहरूलाई काठमाडौँ ल्याइँदै छ । सेनाको […]
युएईमा सेक्युरिटी गार्डको काम गर्दै थिए इरानी आक्रमणमा मारिएका नेपाली दिवस श्रेष्ठ
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा ज्यान गुमाउने नेपाली गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ। २९ वर्षीय श्रेष्ठ मिडलइस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। श्रेष्ठको निधनप्रति नेपाली राजदूतावास अबुधाबीले गहिरो दुःख व्यक्त गरेको छ। परिस्थिति सहज भएपछि मृतक श्रेष्ठको शव यथाशीघ्र नेपाल पठाउने […]
आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन । त्यसैले आज चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा तिनका उम्मेदवारहरु व्यस्त छन् । मौन अवधि आज मध्यराति १२ बजेदेखि सुरु भएभएर मतदानको […]
इरान–इजरायल संघर्षका बीच संसारभर कच्चा तेलको मूल्य बढ्यो
काठमाडौं । अमेरिका, इजरायल र इरानको लडाइँपछि संसारभर तेलको कच्चा मूल्य वृद्धि भएको छ । एशियामा सोमबार बिहान बजार खुल्दा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल दुवैमा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि दर्ज भएको छ । यद्यपि उक्त मूल्यवृद्धिमा पछि केही कमी आएको बीबीसीको हिन्दी अनलाइन संस्करणले जनाएको छ । बिहान ५ बजेसम्म ब्रेन्ट क्रुडको […]











