काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रममा रहेको छ। हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम […]
समाज
सुक्खा पहिराेले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
भरतपुर । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने […]
भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु
हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । आज शनिबार बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले बताए । उनलाई ६ : ५५ मिनेटमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जेलर पौडेलले […]
पुटिनसँगको वार्तापछि ट्रम्प : युद्धविरामको जिम्मा अब जेलिन्स्कीको हातमा, त्रिपक्षीय बैठकको तयारी
अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको जिम्मेवारी अब युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीको हातमा रहेको बताएका छन्। शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले चाँडै नै आफू, पुटिन र जेलिन्स्कीबिच त्रिपक्षीय बैठक हुने संकेत गरे। ‘अब यो पूरा गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हो,’ ट्रम्पले भने, ‘हामीले जेलिन्स्की, पुटिन र मलाई समेट्ने […]
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्ने बताएका छन् । ललितपुरमा आज आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरूमाथि सरकारले निगरानी बढाइरहेको बताए । नेपालमा हुने कारोबार नेपालको कानुनअन्तर्गत नै हुनुपर्ने उनको भनाइ छ । मेटा लगायतका […]
नेपालका जेलमा २८ हजार ७ सय १८ जना कैदीबन्दी
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् । उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ जना, विदेशी १ […]
आज गाईजात्रा मनाइँदै
काठमाडौं । आज नेपालभर गाईजात्रा पर्व मनाइँदैछ। विशेषगरी काठमाडौं उपत्यकामा यो दिन सार्वजनिक बिदा दिइएको छ। गाईजात्राको परम्परा विक्रम संवत् १६४१–१६६४ मा राजा प्रताप मल्लका पालादेखि सुरु भएको मानिन्छ। ऐतिहासिक तथ्य अनुसार तत्कालीन राजा प्रताप मल्लले आफ्नो नाबालक छोरा गुमाएपछि महारानी गहिरो शोकमा डुब्दै गइन्। महारानीलाई सान्त्वना दिनका लागि उनले उपत्यकाका प्रजाहरूलाई मान्छे मरेको घरबाट […]
सवा करोड खर्चेर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने
काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ), नेपालय इन्टरनेशनल र निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले संयुक्त रूपमा राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२ आयोजना गर्ने घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरी जिल्ला छनोट भदौ २० गते, प्रदेश छनोट कार्तिक १६–२३ र केन्द्रीय प्रतियोगिताको ग्रान्ड फिनाले मङ्सिर ५–७ मा काठमाडौंमा हुने कार्यतालिका प्रस्तुत […]
अग्नी साकोस पीडितलाई उजुरी गर्न ७ दिने सूचना सार्वजनिक
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित मुद्दामा जिल्ला प्रहरी कार्यालय धुलिखेलले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। जारी सूचनामा उल्लेख गरिएअनुसार, सहकारीका बचतकर्ताहरूले विभिन्न मितिमा नगद रकम जम्मा गरेपश्चात संस्थाका पदाधिकारीहरूमाथि ठगी अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ। यस सम्बन्धमा जाहेरी समेत दर्ता भइसकेको र केही […]
आजको मौसम – कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्र केछ ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। […]










