सुराकीका आधारमा कटुवा, पेस्तोल र गोली सहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

मोरङ, १४ पुस । जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाईं भन्ने नरेश चौलागाईं, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाईं समूहका मोरङ प्रमुख रहेको बताइएको छ । […]

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

बारा, १४ पुस । प्रसौनी गाउपालिकामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। वडा नम्बर ७ बलुवाटोलकी ७० वर्षीया सानोदेवी साहको मृत्यु भएको हो। घरमा आगो ताप्ने क्रममा जलेर घाइते साहको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी गोविन्द पुरीले जानकारी दिए । घाइते साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि […]

अब काठमाडौं–अष्ट्रेलिया सिधा उडान

काठमाडौं, १४ पुस । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो ।अष्ट्रेलिया मा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा […]

प्रदेश नम्बर ३ को नाम बागमती, केन्द्र हेटौडा

काठमाडौ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम र केन्द्र टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र केन्द्र हेटौडा नै राख्ने निर्णय गरेको हो । वरिष्ठ नेता झलनाथ खनालले छोटो समयका लागि बसेको बैठकले प्रदेशको नाम र केन्द्रको विषयमा […]

सामाजिक सञ्जालमा कसैको चरित्र हत्या गरेमा ५ बर्षसम्म कैद १५ लाखसम्म जरिवाना

काठमाडौ,१४ पुस । सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने गरी संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसको विरोधका बाबजुद समितिको आइतबारको बैठकले बहुमतका आधारमा विधेयकको प्रतिवेदन पास गरेको हो । अब विधेयक प्रतिनिधिसभामा पेश हुनेछ र, दुबै सदनले पास गरे कानून बनेर आउनेछ र कुनै व्यक्तिलाई जिस्क्याउने, […]

भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा

काठमाडौँ, १४ पुस । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन् । हाल […]

नवलपुर र कपिलवस्तुका वडा कार्यालयमा आगजनी

नवलपुर, १४ पुस । नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति आगजनी गरिएको छ । पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो ।  दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन । आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ […]

अमेरिकामा ७ महिने शिशु मेयर

वासिङ्टन, १३ पुस । चार्ली म्याकमिलान नाम गरेका अमेरिकी शिशु ७ महिना मात्रै पुगे । उनी एक आम शिशु नै हुन् । अमेरिकाको गर्भपतनविरोधी अभियानसँगै उनी अचानक शासक बनेका छन् । टेक्सस समुदायमा उनलाई हालै मेयरको उपाधि दिइएको छ । मेक अमेरिका काइन्ड अगेन नारा सहित उनलाई यही अक्टोबरमा मानार्थ मेयर बनाइएको हो । अमेरिकी […]

चिसो अत्यधिक बढेपछि पाँच दिनका लागि विद्यालय बन्द

लहान, १३ पुस । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए […]

सडकमा वृद्धालाई ठक्कर दिएर हत्या गर्ने ट्रिपर राजधानीमा लुकाइराखेको अवस्थामा फेला

काठमाडौं, १३ पुस । काडमाडौं मिनभवनमा एक वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा लुकाइएको अवस्थामा फेला परेको छ । मिनभवनको नापी विभाग अगाडि ७० वर्षीया राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल र्पुयाइएको थियो । तर, चिकित्सकले मृत घोषित गरे । […]