बागमती किनारमा पुरुषको बेवारिसे शव फेला

काठमाडौं, ६ फागुन । काठमाडौंको बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव फेला परेको छ । बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिएका छन् ।

‘अहिले हामी घटनास्थलमै छौं, मुचुल्का बनाउँदै छौं,’ डीएसपी कुँवरले भने, ‘अहिले सबै कुरा खुलिसकेको छैन, केही बेरपछि जानकारी गराउने छौं ।’ शव भेटिएको खबर पाउना साथ घटनाको सत्यतथ्य बुझ्न त्यहाँ प्रहरी टोली परिचालन भएको छ । प्रहरीका अनुसार शव पुरुषको हो । पाइन्ट लगाएको अवस्थामा भेटिएको शव नदी किनार ढिस्कोमा भेटिएको हो ।

Loading...