वीरगञ्जमा बुवा–छोरा मृत फेला

पर्सा । वीरगञ्जस्थित नयाँ बसपार्क नजिकै भानुचोकमा रहेको होटल शाह पाराडाइजको कोठा नम्बर १११ मा बाबुछोरा मृत अवस्थामा फेला परेका छन् । भारतका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन् । असोज १९ गतेदेखि होटलमा बस्दै आएका उनीहरू मंगलबार साँझसम्म पनि बाहिर नआएपछि होटलका कर्मचारीले प्रहरीलाई […]

इतिहासमै पहिलो पटक नवदुर्गा दर्शनमा राष्ट्र प्रमुखको सट्टा कर्मचारी सरिक

भक्तपुर । इतिहासमै पहिलो पटक यस वर्षको कोजाग्रत पूर्णिमाको दिन भक्तपुर-९ स्थित नवदुर्गा मन्दिरमा राष्ट्र प्रमुख आएनन् । प्रत्येक दशैको कोज्राग्रत पूर्णिमामा राष्ट्र प्रमुख सवारी हुने प्रचलन यो वर्ष टुटेको हो । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार नवदुर्गा दर्शनका लागि आउने बिश्वाससहित नवदुर्गा मन्दिर व्यवस्थापन समितिले तयारी अघि बढाएको थियो । तर, अन्तिम समयमा उनी अनुपस्थित […]

चाँगुनारायणका प्रहरी चौकीहरुलाई वर्षादी र बुट हस्तान्तरण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्र भित्रका प्रहरी चौकीहरुलाई मनसुनजन्य सुरक्षा सामग्रीहरु वर्षादी र बुट प्रदान गरेको छ । विपद्को अवस्थामा तत्काल प्रतिकार्यको लागि खटिने नेपाल प्रहरीका दुवाकोट, चाँगु, ब्यासी, खरीपाटी, नगरकोट, सुडाल, झाप्रो र ताथलीका प्रहरी चौकीहरुलाई उक्त सामग्रीहरु दिइएको नगरपालिकाको विपद ब्यवस्थापन सहजकर्ता दिनेश थापाले जानकारी दिए । चाँगुनारायण नगरपालिकामा नगर प्रमुख जीबन […]

यस्तो छ दशैंमा लगाइने टीकाको महत्व

Tika

काठमाडौं । विजयादशमीका दिन मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा प्राचीन कालदेखि निरन्तर चल्दै आएको छ। देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा दशैं मनाइँदै आएको र सोही दिन देवीको प्रसादस्वरूप दही, चामल र अबिर मिसाएर टीका लगाउने चलन सुरु भएको विश्वास गरिन्छ। धार्मिक विश्वासअनुसार टीका र जमरा आशीर्वाद, विजय, समृद्धि र एकताको […]

बढी भाडा असुले तत्काल कारबाही गर्छौं: यातायातमन्त्री घिसिङ

काठमाडौं। यातायातमन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका छन्। चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता […]

बाहिरिने बेला सक्रिय हुँदै मनसुन, दशैको दिन पनि पानी, १७ असोजदेखि भारी वर्षाको प्रक्षेपण

काठमाडौँ । दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले अनुरोध गरेका छन् । यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्‍याउने सम्भावना छ । मौसम पूर्वानुमानमा प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टुबर ३ अर्थात् असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले नेपाल र छिमेकी देशहरुमा भारीदेखि अति […]

देशभर मनसुनी र स्थानीय वायूको प्रभाव, कहाँ-कहाँ वर्षाको सम्भावना ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको छ। महाशाखाले सोमबार बिहान जारी गरेको आगामी २४ घण्टाको मौसमसम्बन्धी बुलेटिनका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी […]

कुभिण्डो काट्ने जात्राको लागि आवश्यक सामाग्री हस्तान्तरण

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले बिजयादशमीको भोलिपल्ट पापांकुश एकादशीको दिन मनाइने खाँ पिहाँवइगु जात्राका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। यो जात्रा परम्परागत रूपमा मल्लकालीन सेनाको झल्को दिने खालको हो, जहाँ सहभागीहरू फलामको टोपी, तलवार, खड्ग र ढाल बोकेर युद्धमा उत्रन लागेको सिपाही झैं देखिन्छन्। जात्राको अन्त्यमा भुईफसी (कुभिण्डो) काट्ने परम्परा भएकाले यसलाई भुईफसी पाल्यु […]

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले १७ कात्तिकभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई अल्टिमेटम दिएको हो । डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत उपयोग गरेवापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत् महसुल बाँकी रहेका ग्राहकले तोकिएको अवधिभित्र बक्यौता बुझाउनु पर्ने भएको छ […]

जेनजी आन्दोलनमा ६५ सय राउन्ड गोली र ८ हजार सेल अश्रुग्याँस प्रहार

काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउन्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउन्ड ४ हजार र २५ सय राउन्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो । प्रहरी प्रधान कार्यालयले समिति बनाएर लुटिएका हतियार र खर्च भएका गोलीको विवरण तयार गरेको छ । अन्वेषण योजना तथा […]