घुस अभियोगमा नायव सुब्बा महतोविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुस लिएको अभियोग लागेका एक जना नायब सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ । वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध अख्तियारले विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको […]

हिमपातपछि हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता

हुम्ला । नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएको हो । तापक्रम माइनसमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरी चौकी […]

अर्को बैठक तय गर्दै नेकपा सचिवालय बैठक सकियो, अब अध्यक्ष ओलीले पनि छुट्टै प्रस्ताव ल्याउने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बुधवार बसेको बैठक अर्को बैठकको मिति तय गरेर सकिएको छ । पार्टीका प्रथम अध्यक्ष केपी ओलीले बैठक रोक्ने अनेक प्रयत्न गरे पनि नसकेपछि अन्ततः बुधवार उनी सचिवालयको बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको सचिवालयको बैठकले स्थायी कमिटी र केन्द्रीय समिति […]

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

एजेन्सी– दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्वराष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त भएका मानुएल मेरिनोको सरकारविरुद्ध पनि जनताले प्रदर्शन गरेपछि उनले गत नोभेम्बर […]

हुम्लामा पहिलो हिमपात किसानहरू खुशी तर माइनस् दश डिग्री तापक्रम

हुम्ला । हुम्ला सिमकोट लगायत दक्षिणी क्षेत्रतिर मंसिर १ गते पहिलो हिमपात हुँदा हुम्ली किसानहरू खुशी भएका छन् । तर पनि यहाँको तापक्रम माइनस् दश डिग्रीभन्दा कम रहेको छ । चार महिनासम्म हुम्लामा ठूलो वर्षा भएको छैन । यसबाट किसानहरू चिन्तित भएको अवस्थामा मंसिर १ गते हिमपात हुँदा जेठाँसी बालीहरू जौ, उवा र गहुँ छर्ने […]

भार प्रेषण केन्द्रबाटै विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले भने : अब लोडसेडिङ हुन्छ भन्ने चिन्ता नलिनुहोस्

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताउनु भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगै शनिवार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिनु भएका शाक्यले यस्तो बताउनु भएको हो । ‘लक्ष्मी पूजाका […]

सम्पदा पुनर्निर्माण समयमै नसकिनुमा सरकारी ढिलाई : मेयर महर्जन

 कात्तिक ३० काठमाडौँ । ललितपुर महानगरपालिका भित्र रहेका सम्पदाको पुनर्निर्माण समयमानै सम्पन्न नहुनुमा सरकार ढिलाई मुख्य कारण भएको आरोप महानगरपालिका मेयर चिरि बाबु महर्जनले लगाएउनु भएको छ । आइतबार पतन दरवार क्षेत्र भित्र ललितपुर उद्योग वाणिज्य संघद्वारा अयोजित खड्ग पायाः जात्रा नामक पुस्तक बिमोचन कार्यक्रममा मेयर महर्जनले महाभूकम्प बाट क्षेति भएका सम्पदा पुर्ननिर्माणका लागि ठेक्कामा […]

प्रचन्डले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा के थियो ?

    कमरेड के.पी. शर्मा ओली, अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रिय कमरेड, म लगायत सचिवालयका दुई जना वरिष्ठ नेता कमरेड झलनाथ खनाल, कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत ५ जना सदस्यले हस्ताक्षर गरी सचिवालयकै बैठकका निमित्त कमरेडसँग सहमति खोजेको पत्र र त्यसमा गरिएका केही आलोचनात्मक टिप्पणीबारे तपाईंले दिनुभएको दश […]

महाकवि देवकोटाको १ सय १२ औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डाै । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् […]

मंसिर ३ गते बस्नेगरी सत्तारुढ नेकपाको सचिवालयको बैठक सकियो

काठमाडौँ । सत्तारूढ नेकपाको सचिवालय बैठक केहीबेर बसेर सकिएको छ । शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक माग गर्दै कात्तिक २२ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको […]