सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा जारी छलफलमा पुगे गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । तर नेताहरूका अनुसार, सहमतिमा नै केन्द्रीय कार्यसमिति घोषणा गर्नेगरी तयारी अघि बढेको छ ।

स्रोतका अनुसार अहिले कमलपोखरीस्थित एक होटलमा नेताहरू आन्तरिक छलफलमा छन् । एक नेताले दिएको जानकारी अनुसार, सोही छलफलमा महामन्त्री गगन कुमार थापा पनि पुगेका छन् ।

उक्त छलफलमा प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे, डिल्लिराम सुवेदी लगायत छन् । संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितलाई कारबाही गरेपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रियामा लागेको छ ।