काठमाडौ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले दायर गरेको मुद्धामा जिल्ला न्यायाधिस डा. राजेन्द्र आचार्यको एकल इजलाशले यस्तो फैसला सुनाएको हो । अदालतले पत्रकार भण्डारीलाई सुनाएको यो सजाँय तत्कालका […]
राजनीति
आइजीपी खनालले सरकारलाई वाइपास गरी भारतसँग ‘साँठगाँठ’ गरेको भन्दै छानविन
काठमाडौं, ३० असार । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले देशको परराष्ट्र नीति विपरित अन्तराष्ट्रिय मञ्चहरुमा गई मत दिने गरेको भन्दै छानविन गरेको छ । गृहमन्त्रालयले आईजीपी खनालको एक विदेश भ्रमण नै रोकेर छानविन गरेको बुझिएको छ । यसरी देशको सुरक्षा निकायको प्रमुखले देशको आधिकारिक नीति विपरित मत दिएका विरलै घटना छन् । आईजीपी खनालमाथि गृहले […]
सरकारका प्रवक्ताको बिलौना- सरकार झाडीमा फसेको बाह्रसिँंगे जस्तो भयो
काठमाडौं, ३० असार । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार झाडीमा फसेको बाह्रसिँंगेजस्तो भएको भन्दै बिलौना गरेका छन् । सोमवार संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले सरकार झाडीमा फसेको बाह्रसिँंगेजस्तो भएको भन्दै बिलौना गरेका हुन् । सोमवार राजधानीमा ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ द्वारा आयोजित सञ्चार उद्यमीसँगको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले भने ”सरकार […]
बहुमतले वडा केन्द्र तोकेपछि मुगुमा झडप
असार २९ मुगु । बहुमतले वडा केन्द्र तोकेपछि खत्याड गाउँपालिकाको पाँचौ गाउँसभामा झडप भएको छ । निर्णय आफनो पक्षमा नभएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेपछि दुईपक्षबीच झडप हुँदा दुईजना घाइते भएका छन् । झडपमा घाइते भएका खत्याड गाउँपालिका ७ कि ३२ वर्षीया गाउँ कार्यपालिका सदस्य उम्मकला भियाल र वडा नम्बर ४ का कार्यालय सहयोगी २८ […]
सडक विभागको कारण भक्तपुरमा खोलाले किसानको बाली नष्ट पार्यो : मेयर प्रजापति
भक्तपुर, २८ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सल्लाघारी र राधेराधे पुलमुनि खोलाको सतहभन्दामाथि ढलान गरेको कारण वर्षामा खोलाको पानी बाहिर आएको बताएका छन् । थोरै पानी पर्दा पनि हनुमन्ते खोलाको पानी खेत खेतमा पसी बालीमा क्षति भएको बताउदै प्रमुख प्रजापतिले तत्काल ढलान हटाइ पानीको बहाव स्वाभाविक गतिमा बग्न दिनुपर्नेतर्फ प्रजिअ र सडक विभाग […]
बाढीमा ज्यान गुमाउनेका परिवारलाई ३/३ लाख दिने प्रदेश सरकारको निर्णय
जनकपुर, २८ असार । प्रदेश नम्बर २ सरकारले आफ्नो प्रदेशमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति स्वरुप रु ३/३ लाख दिने निर्णय गरेको छ । प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक बैठकले सो निर्णय गरेको हो । पछिल्लो समयमा बाढीका कारण प्रदेश २ आक्रान्त छ । यो समस्या कसरि ब्यबस्थापन गर्ने भन्ने बारे निर्णय गर्नको […]
प्रधानमन्त्री ओली ‘झुक्किएका’ तीन प्रकरण
भारतबाट आउने फलफूल तरकारीको विषादी परीक्षण स्थगन गर्ने निर्णय फिर्ता लिएर आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रकरणलाई लिएर माफी मागेका छन्। उनले बिहीवार एक सार्वजनिक कार्यक्रममा विषादी परीक्षणबारे भारतले पठाएको पत्रबारे आफूलाई सरोकारवाला अधिकारी वा मन्त्रालयले जानकारी नदिएको बताए । विषादी परीक्षण सम्बन्धमा नेपाल र भारतका अधिकारीहरूबीच भएको पत्राचारबारे आफूलाई समयमैँ जानकारी नदिइएकोले […]
अमेरिकी एजेण्टबारे गगनको खण्डन, अब सिंंगापुर अध्ययन गर्न जाने जानकारी
काठमाडौं, २७ असार । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूविरुद्ध गत सोमबार एक अनलाईनमा प्रकाशित समाचारका विषयमा खण्डन गरेका छन् । अनलाइनमा उनी अमेरिकी दूतावासको सम्पर्क सुत्र रहेको समाचार सार्वजनिक भएपछि उनले शुक्रबार फेसबुक लाइभमा सो समाचारको खण्डन गरेका हुन् । २०६८ सालमा विकिलिक्सको सार्वजनिक गरेको दस्तावेजका आधारमा आफूमाथि अमेरिकी दूतावासका लागि काम गर्ने […]
भारतीय बाँधले वर्षासंगै बाँकेवासीको चैन खोस्यो
नेपालगंज, २७ असार । अविरल वर्षाका कारण बाँकेको राप्ती नदी तटमा बासिन्दा त्रसित बनेका छन् । भारतले गैरकानुनी रुपमा बनाएको लक्ष्मणपुर बाँध र त्यसको परिपूरक आयोजनाका रुपमा निर्मित कलकलवा तटबन्धका कारण बर्सेनि जनधनको क्षति हुँदै आएको कारण बर्षासंगै बाँकेबासीको चैन हराउने गरेको हो । गत वर्ष बाढी र डुबानमा परी बाँकेमा ८ जनाको मृत्यु हुनाको […]
एकाबिहानै कार्यक्रममा बोलाएर मन्त्री पण्डितमाथि दुव्र्यहार, अंगरक्षकले जोगाएर मन्त्रीलाई लिए कार्यक्रमबाट
ललितपुर, २७ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि एक सार्वजनिक कार्यक्रमस्थलमै दुव्र्यवहार भएको छ । आफूमाथि दुर्व्यवहार भएपछि मन्त्री पण्डित कार्यक्रम छोडेर निस्किएका छन् । मन्त्री पण्डितमाथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठकमा यस्तो दुव्र्यवहार भएको हो । ललितपुरको जावलाखेल आयोजित बैठकमा बोलाइएका पण्डितमाथि कार्यक्रमस्थलमै आदिवासी जनजाति युवा […]










