गठबन्धन बनाएर चुनाव जिते पनि एमाले र माओवादीका आ-आफ्नै प्राथमिकता

काठमाडाैं, २८ मंसिर । वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता नै भएर कुराकानी भने भएको छैन । दोस्रो चरण (२१ मंसिर) मा सम्पन्न चुनावअगाडि १७ […]

केपी ओलीलार्इ मुख सम्हालेर बोल्न प्रचण्डका युवा अध्यक्षको चेतावनी

काठमाडौँ, २७ मंसिर । नेकपा माओवादी केन्द्रनिकट वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपसीखा’ एमाले अध्यक्ष केपी ओलीलाई मुख सम्हालेर बाेल्न सुझाव दिएका छन् । प्रमुख नेता भएर संचारमाध्यममा गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दिपसीखाले ओलीलाई यस्तो सुझाव दिएका हुन् । माओवादी-एमाले एकताको बाटोमा अघि बढिरहेको अवस्थामा अाेलीले जनयुद्धलार्इ सैद्धान्तिक भूल भनेर व्याख्या गरेकाे, साम्यवादरमाईलो कल्पना मात्रै […]

प्रत्यक्षमा नराम्ररी पराजित भएको कांग्रेस समानुपातिकमा पहिलो

नुवाकोट, २७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ भने कांग्रेस अगाडि देखिएको छ बुधबार बिहान सम्पन्न मतगणना अनुसार, नुवाकोटमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो भएको छ । प्रत्यक्षतर्फको छ वटै सिट गुमाएको कांग्रेसले समानुपातिकमा ४७ हजार २ सय ५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै एमालेले ३९ हजार ६ […]

६७ नयाँ अनुहार जो पहिलो पटक संसदमा छिर्दैछन्

काठमाडाैं, २७ मंसिर । यसपटककाे प्रतिनिधिसभामा कांग्रेसले नराम्राे पराजय व्यहाेरेकाे छ । कांग्रेसका ठूला हस्तीहरु चुनाव हारेपछि निरास छन् । यतिसम्मकी समानुपातिकमा १ नम्बरमै नाम राखिएका कृष्ण सिटाैला जवरजस्त नाम काट्न लगाएर प्रत्यक्षमा गए तर उनैले चुनाव हारे । चुनाव हारेर झापाबाट काठमाडाै फर्कनै लाग्दा एअरपाेर्टमा सञ्चारकर्मीहरुले कुरा गर्न खाेज्दा निरास सिटाैलाले बाेल्नै मानेनन् । […]

ढुकढुकी बढाउँदै अन्तिममा छलाङ मारेर सुनसरीबाट गच्छेदार निर्वाचित

सुनसरी, २७ मंसिर । सुरुदेखि पछाडि परेर सबैले पराजित हुने अनुमान गरेका विजयकुमार गच्छेदार अन्तिममा छलाङ मारेर जितकाे बाजी मारेका छन् । गच्छेदारले वामगठबन्धनकी उम्मेदवार भगवती चाैधरीलार्इ झिनाे मत अन्तरले पराजित गरेका हुन् ।  सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छेदार वामगठबन्धनकी भगवती चाैधरीलार्इ ३ सय २१ मतले पराजित गरेर विजयी बनेका […]

समानुपातिकमा कुन दलको कति मत ? यस्तो छ ४९ वटै दलको मत परिणाम

काठमाडौं, २७ मंसिर । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नउठाएरै धेरै साना दलले समानुपातिकमा मत मागेर संसदको यात्रा तय गरे । संसदमा हुने सरकार परिवर्तनको फोहोरी खेलमा उनीहरुले धेरै महत्व र मौका पनि पाए । साना दलका कतिपय नेताहरु मन्त्रीसमेत भए । पहिलो र दोस्रो संविधानसभामा करिव साढे दर्जन दल संविधानसभामा थिए । […]

चार वटा दल मात्र राष्ट्रिय दल बन्ने, बाँकीको समानुपातिक सिट कटौती

काठमाडाैं, २७ मंसिर । नयाँ संविधानमा गरिएकाे थ्रेस हाेल्डकाे व्यवस्थाका कारण यसपटक चार वटा दल मात्र राष्ट्रिय पार्टी बन्ने देखिएकाे छ । अहिलेसम्मकाे मतगणना अनुसार चारवटा दलले मात्र थ्रेसहाेल्ड कटाएका छन् । समानुपातिक तर्फकाे मतगणना अझै जारी रहेकाले अब अर्काे एउटा पार्टी थपिएर पाँचवटा पार्टी राष्ट्रिय पार्टी बन्न सक्ने सम्भावना छ । राष्ट्रिय जना पार्टी […]

पोलिटब्यूरो सदस्यसहित गिरफ्तार नेकपाका दर्जन नेता कार्यकर्ता रिहा

काठमाडौं, २६ मंसिर । निर्वाचनका क्रममा गिरफ्तार भएका नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाइ प्रहरीले रिहा गर्न सुरु गरेकाे छ । अहिलेसम्म एक दर्जन नेता कार्यकर्ता रिहा गरिए पनि अझै ठूलाे सङ्ख्यामा कार्यकर्ताहरु प्रहरी हिरासतमै भएकाे नेकपाले जनाएकाे छ । यसक्रममा प्रहरीले काठमाडाैंबाट नेकपाका पोलिटव्युरो सदस्य चन्द्रबहादर चन्द ‘वीरजंग’ र पत्रकार तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका […]

देउवालार्इ गाली गर्ने गगन थापासहित कांग्रेस नेताहरुलार्इ शशांकले दिए यस्तो झापड

चितवन, २६ मंसिर । निर्वाचनमा नराम्री पराजित भएपछि अहिले कांग्रेसमा अाराेप प्रत्याराेपका श्रृङ्खला सुरु भएका छन् । केही नेताहरुले कांग्रेसमा नेतृत्व अभाव रहेकाे भन्दै अब नयाँ नेतृत्व अाउनुपर्ने अावाज उठाउँदै अाएका छन् भने कतिपयले पराजयकाे भागेदार सबै भएकाे बताएका छन् ।  नेपाली कांग्रेसका युवा नेता गगन थापासहितका कतिपय नेताहरु यतिबेला पार्टी सभापति शेरबहादुर देउवामाथि खनिएका […]

प्रहरीको सर्वाधिक खोजीमा रहेका फरार अभियुक्तले अत्यधिक मतले चुनाव जिते

काठमाडौं, २६ मंसिर । नेपाल प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका अभियुक्तले चुनाव जितेपछि अहिलेकाे चुनावका बारेमा अर्काे टिप्पणी सुरु भएकाे छ । २०७२ साल भदौ ७ गते कैलालीकाे टिकापुरमा घटेकाे घटनाका टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले अत्याधिक खोजी गरिरहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उनी […]