गाउँ गाउँमा वृद्धवृद्धालाई लौरी र कम्बल उपहार दिँदै स्थानीय निकाय

पर्वत, १३ साउन । पर्वतको कुस्मा नगरपालिका–१४ वडा कार्यालयले ८० वर्षको आसपास उमेर पुगेका वृद्धलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको छ । वडा कार्यालयले विसं १९९५ देखि १९९९ सम्म जन्मेका वडाका ५५ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । वडा कार्यालयमा आइतबार आयोजित कार्यक्रममा वृद्धवृद्धालाई पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले लौरी र […]

बाढी प्रभावित क्षेत्रमा काम गर्न सरकारलाई निर्देशन

काठमाडौँ, १२ साउन । राष्ट्रियसभा बैठकले बाढी र डुबान प्रभावित क्षेत्रमा तत्कालीन र दीर्घकालीन काम गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा बाढी र डुबानबाट प्रभावित जिल्लाको स्थलगत निरीक्षण भ्रमणमा गएको टोलीले सरोकारवालासँगको छलफल तथा जानकारीका आधारमा सुझावसहित सो निर्देशन दिएको हो । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष मितिल्सिनाले स्थलगत निरीक्षण भ्रमण […]

‘ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको छ’- यादव

काठमाडौं, १२ साउन । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे […]

नेकपा केन्द्रीय सचिवालय बैठकले यस्ता महत्वपूर्ण निर्णय लिने

काठमाडौं १२ साउन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय सचिवालय बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेताहरुको कार्य विभाजन टुंगो लगाउने बुझिएको छ । ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्ज र सहइञ्चार्जपछिका पदाधिकारीहरुका बारेमा छलफल गर्ने बताइएको छ । अहिले सर्वाधिक चर्चा र विवादमा रहेको स्कुल विभागसहित […]

राजालाई भूमिका नदिए सत्याग्रह सुरु गर्ने चेतावनी

काठमाडौं, १० साउन । स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पुनर्स्थापना नगरे र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो । समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि आफ्ना माग सम्बोधन गराउनको लागि खासगरी राजसंस्था […]

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिश

बुटवल, १० साउन । प्रदेश नं ५ लोक सेवा आयोगको अध्यक्षमा प्रा डिलाराम भट्टराई सिफारिश हुनुभएको छ । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो । प्रदेश लोक सेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोक सेवा आयोग ऐनमा व्यवस्था छ […]

गोयलसंग जोडेपछि ज्ञानेन्द्रलाई तनाव, पत्रकारिताको धर्म पालना नगरिएको जिकिर

काठमाडौं, १० साउन । भारतीय सरकारी जासुसी संस्था रिसर्च एण्ड एनलाइसिस विङ ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल भ्रमण पूरा गरेर सोमबार स्वदेश फर्किसकेका छन् तर उनको विषयले नेपाली राजनीति अझै तरंगीत देखिएको छ । गोयललाई नभेटेको अथवा भेटेर पनि कुनै अदृश्य प्रस्ताव स्वीकार नगरीएको स्पष्टिकरण दिंदादिंदा नेताहरु हैरान भएका छन् । एउटा सामान्य भारतीय […]

छोराछोरीको कमाइको कति प्रतिशत आमाबावुलाई छुट्याउने बिषयमा सदनमा विवाद

काठमाडौँ, १० साउन । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि आज छलफल भयो । बैठकमा प्रस्तावित विधेयकको दफा ८ को उपदफा १ र २ माथि केन्द्रित रही सैद्धान्ति छलफल भएको थियो । दफा ८ मा बाबुआमाका लागि छोराछोरीले अर्थात् दायित्व भएका व्यक्तिले ऐन प्रारम्भ […]

अदालतको गाडीमा आगजनी

कावासोती, १० साउन । जिल्ला अदालत नवलपुरको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् । कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको बा२झ ३५०२ नंको गाडीमा आगजनी भएको हो । आगजनी भएको गाडी जिल्ला अदालत नवलपुरका स्रेस्तेदार सारदादत्त बडुले प्रयोग गर्दै आएका थिए। स्रेस्तेदार बडु अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आएका थिए । […]

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया

हेटौँडा, १० साउन । प्रदेश नं ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिश गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका १४ कलङ्की निवासी उनलाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका थिए । मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यवस्था […]