समानुपातिकमा थ्रेसहोल्ड कटाएका पाँच दललार्इ सिट बाँडफाँड हुँदै (हेर्नुहोस मत र सिटसहित)

काठमाडाैं, ४ पुस । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सम्पन्न गरेको छ । मतगणना सुरु भएको ११ दिनपछि आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सम्पन्न गरेको हो । आयोगका अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । राजनीतिक दलसम्बन्धीको ऐनअनुसार खसेको कूल सदर मतको ३ प्रतिशत मत […]

देउवाले प्रचण्डलार्इ पाँच वर्षकै लागि प्रधानमन्त्री बन्न अफर गरेको खुलासा

कांग्रेस र माअाेवादी मिलेर सरकार बनाउन देउवाले राखेकाे प्रस्ताव पार्टी एकताका लागि अस्वीकार गरेकाे प्रचण्ड दावी काठमाडाैं, ४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको […]

वाम गठबन्धनले सरकार बनाउने पक्का भएपछि नेपाल आउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङ

काठमाडौं, ४ पुस । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । यसपटक भने उनले नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेको माओवादीका एक नेताले जानकारी दिए । सीको नेपाल भ्रमण तयारी राष्ट्रपति कार्यालयले सुरु गरिसकेको […]

प्रचण्डको प्रशंसा गर्दै ओलीले भने ‘म मुर्ख हुँ, बेलाबेला मुर्ख बन्छु’

काठमाडाैं, ३ पुस । चटपटे बाेली बाेलेर बेलाबेलामा चर्चामा अाइरहने नेता केपी अाेलीले अाफैलार्इ मुर्ख भनेका छैन । अाेलीलार्इ भेट्न अाेली निवास बालकाेट पुगेकाे नेकपा माअाेवादी केन्द्रकाे युवा संगठन याेङ्ग कम्युनिस्ट लिग (वाइसिएल) काे टाेलीसँग अध्यक्ष अाेलीले साे कुरा सार्वजनिक गरेका हुन् । अाेलीले माअाेवादी जनयुद्धका बारेमा अाफूले बाेलेकाे कुरा मुर्खले बाेल्ने भनार्इ नै भएकाे […]

पार्टी एकतासँगै सरकार गठन गर्नुपर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । साेमबार बसेकाे माअाेवादी केन्द्रकाे बैठकले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएकाे विवादकाे समाधान राजनीतिक सहमतिमा खाेज्नुपर्ने निष्कर्ष निकालेकाे छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे कार्यालयकाे बैठकमा यस्ताे निष्कर्ष निकालिएकाे हाे । “राष्ट्रिय सभा गठन सम्बन्धि विवाद राजनीतिक विषय हाे। यसलाई राजनीतिक सहमतिकै अाधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेकाे छ। शीर्ष नेताहरु बसेर सहमति खाेज्नुपर्ने […]

राजपामाथि उपेन्द्र यादले लगाए यस्तो गम्भीर आरोप, २ नम्बर प्रदेशमा कसले बनाउला सरकार ?

काठमाडाैं, ३ पुस । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा तालमेल गरेका दुर्इ पार्टीबीच मत परिणाम अाए लगत्तै यस्ताे चर्काे अालाेचना सुरु भएकाे छ । प्रदेश नम्बर २ मा राजपा र फाेरम बराबरी हैसियत अाएपछि यी दुर्इ दलले प्रदेश सरकार गठन गर्ने अनुमान गरिएकाे थियाे । तर, त्यसका विपरित दुर्इ दल सुरुदेखि नै एकअर्का विरुद्ध […]

देउवाले आरजुलार्इ किन पठाए सुटुक्क नयाँदिल्ली ?

काठमाडाैं, ३ पुस । बावगठब्नधनका अगाडी कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन् । आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागे पनि उनको भागमा अन्नतः उही पराजय नै पर्यो । चुनावी हारपछि विछिप्तप्रायः बनेकी तिनै आरजु धनगढी, […]

समानुपातिकमा कांग्रेसभन्दा एमाले ४५,१०५ मतले अघि, माके १८,६९,७७३ मतले पछि

काठमाडौं,२ पुस । निर्वाचन अायाेगले समानुपातिकतर्फको मतगणना सकिएको जनाएकाे छ । मतगणना अनुसार समानुपातिकमा सबैभन्दा धेरै मत नेकपा एमालेले पाएकाे छ । त्यसैगरी दाेस्राे स्थानमा नेपाली कांग्रेस र तेस्राे स्थानमा नेकपा माअाेवादी केन्द्र भएका छन् । अायाेगका अनुसार नेकपा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको छ । त्यसैगरी दोश्रो स्थानमा रहेको […]

हारिसकेपछि पनि सरकारमै बसेको भन्दै देउवालार्इ सरकार छाड्न ओलीको चेतावनी

भक्तपुर, १ पुस । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार छाड्न चेतावनी दिएका छन् । उनले नयाँ जनमतकाे परिणाम अाइसकेकाे बताउँदै हारिसकेपछि पनि सरकारमै टाँसिन खाेज्नु प्रजातन्त्रवादी भन्नेका लागि कदापी बान्छनीय नभएकाे बताए । उनले तत्काल नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न देउवालार्इ चेतावनी दिए । अाफ्नै निवास […]

समानुपातिक सांसद पाउन एक निर्माण व्यवसायीले प्रचण्डलार्इ घर नै दिएको आरोप

काठमाडाैं, १ पुस । नेपालमा संसदीय फाेहाेरी राजनीतिका बारेमा चर्चा परिचर्चा धेरै हुने गरेका छन् । कराेडाै रुपैयाँकाे सुटकेश नेताकाे घरमा पुर्याएर सभासद/सांसद हुनेहरुका चर्चा पटक पटक चल्ने गर्दछन् । साथै सरकार ढाल्न र बनाउन पनि सांसदहरुकाे किनबेच हुने गरेकाे उदाहरण नेपालकाे इतिहासमा धेरै छन् । यसपटक फेरि त्यस्तै खेल हुन लागेकाे चर्चा छ । […]