भ्रष्टाचारमा बागलुङ जिल्ला पाँचौँ स्थानमा

गलकोट, २६ भदौ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ भ्रष्टाचार हुने पाँचाँै जिल्लाका रुपमा सूचीकृत भएको हो । बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की पहिलो, छिमेकी जिल्ला पर्वत दोस्रो, तनहुँ तेस्रो […]

कास्कीको क्षेत्र नं २ मा मतदाता सूची अद्यावधिक गरिने

पोखरा, २५ भदौ । कास्कीको संसदीय क्षेत्र नं २ मा असोजको पहिलो सातामा मतदाता सूचीको अद्यावधिक कार्य हुने भएको छ । सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुने भएकाले असोज १ देखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय पोखराले जनाएको छ । सो संसदीय क्षेत्रअन्तर्गत पोखराका विभिन्न ११ वटा वडामा खटिएका […]

राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण: अध्यक्ष प्रचण्ड

चितवन, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताए । आफ्ना ठूला बुबासमेत रहेका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गरे । आफ्ना गुरु बासमेत रहेका कुलप्रसादको सम्झना […]

ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ, २५ भदौ । समृद्धिको आधारका रुपमा रहेका पूर्वाधार निर्माणमा जोड दिने उद्देश्यले आयोजना गरिएको नेपाल पूर्वाधार सम्मेलन, २०१९ आजदेखि शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा संयुक्तरुपमा आयोजित सो सम्मेलनमा नेपालको पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, चुनौती र अवसरका बारेमा साूमिहक छलफल हुनेछ । सम्मेलनका विभिन्न सात सत्रमा छलफल […]

आगामी महाअधिवेशनबाट काङ्ग्रेसभित्रको गुटबन्दी अन्त्य हुने

गाईघाट, २५ भदौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र धनराज गुरुङले पार्टीभित्र लामो समय देखिको चरम गुटबन्दी पार्टीको आगामी १४ औँ महाधिवेशनबाट अन्त्य हुने बताए । मङ्गलबार १०६ औँ बिपी जयन्तीको अवसरमा पार्टीको दोस्रो जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस उयदयपुरले गाईघाटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केसीले भने, “पार्टीको १४ औँ […]

१५ सहकर्मीसहित विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनबाट गर्यो गिरफ्तार

चितवन, २५ भदौ । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चितवन मेडिकल कलेजबाटै पक्राउ गरिएको हो । चितवन मेडिकल कलेजका विद्यार्थी रहेका चन्दलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । चितवन मेडिकल कलेजले अबैध शुल्क असुलेको भन्दै त्यसको विरोध गर्दै आन्दोलनमा उत्रेका विप्लव […]

काङ्ग्रेसले बिपीको मर्म बुझ्न सकेन: वरिष्ठ नेता पौडेल

दमौली, २५ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताए । राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए। “बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य […]

नारामा समानता तर नियतमा असमानताः समानताका नाममा असमान बजेट लाद्दै स्थानीय निकाय

घोराही, २५ भदौ । देश सङ्घीयतामा गएसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभ्यासमा केही मात्रामा सकारात्मक काम भएका छन् । तर स्थानीय सरकारले लैङ्गिक समानताका लागि सामाजिक समावेशीकरण क्रियाकलाप समावेश गरे पनि उल्लेख्य बजेट छुट्याउन सकेका छैनन् । पहिलेभन्दा अहिले लैङ्गिक समानताका लागि बजेट बढी भए पनि तुलनात्मकरूपमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुका लागि […]

विदेशमन्त्री वाङको भ्रमण सफल भएको चिनियाँ राजदूत यान्छीको दावी

काठमाडौं । नेपालका लागि चिनिया राजदूत हौ यान्छीले चिनिया विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण सफल भएको बताएकी छन् । चिनिया भाषा तथा संस्कृतिका विविध विधामा आयोजित विद्यालयस्तरीय एक प्रतियोगिताको पुरस्कार वितरणमा पुगेकी राजदुत यान्छीले सो धारणा व्यक्त गरेकी हुन् । सो क्रममा राजदुत यान्छीले चिनियाँ भाषा तथा संस्कृतिको विविध विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई […]

नेकपाको कार्यक्रममा कुटाकुट, आधादर्जन घाइते, फुट्यो नेताको टाउको, प्रभु साह हलबाट निकालिए

बर्दिवास, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबीच कुटाकुट हुँदा आधादर्जन नेता कार्यकर्ता घाइते भएका छन् । महोत्तरीको बर्दिवासमा राखिएको प्रदेश २ का आठै जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण गर्ने कार्यक्रम यस्तो कुटाकुट भएको हो । कुटाकुटका क्रममा एक नेताको टाउको फुटेको छ भने अरुहरुको पनि गम्भीर चोट लागेको बताइएको छ । बर्दिवासस्थित सेवा […]