विदेशमन्त्री वाङको भ्रमण सफल भएको चिनियाँ राजदूत यान्छीको दावी

काठमाडौं । नेपालका लागि चिनिया राजदूत हौ यान्छीले चिनिया विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण सफल भएको बताएकी छन् । चिनिया भाषा तथा संस्कृतिका विविध विधामा आयोजित विद्यालयस्तरीय एक प्रतियोगिताको पुरस्कार वितरणमा पुगेकी राजदुत यान्छीले सो धारणा व्यक्त गरेकी हुन् ।

सो क्रममा राजदुत यान्छीले चिनियाँ भाषा तथा संस्कृतिको विविध विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै राजदूत हौ यान्छीले भनिन, “म यस भ्रमणबाट अन्य चिनिया नेताहरु जस्तै अत्यन्त प्रभावित भएको छु ।” स्वदेश फर्कनु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेशमन्त्री वाङ यी ले व्यक्त गरेका भनाई स्मरण गर्दै राजदूत हौ यान्छीले भनिन्, “नेपाल चीनको भरपर्दो मित्र हो र यो मित्रतालाई अझ राम्ररी अघि बढाउनु पर्छ” ।

मंगलबार काठमाडौंस्थित चिनिया राजदूतावास र नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्द्वारा सयुक्त रुपमा राष्ट्रिय सभागृहमा आयोजित पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै राजदूत हौ यान्छीले नेपाल–चीन मित्रताको लामोे इतिहास रहेको बताईन । विश्वको सर्वोच्च शिखर सगरमाथाले समेत दुई देशबीचको साँस्कृतिक आदान प्रदानलाई रोक्न नसकेको राजदूत हौ यान्छीको भनाई थियो । पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै राजदूत हौ यान्छीले यस वर्ष मात्रै चिनिया राजदूतावासले आयोजना गरेको विभिन्न प्रतियोगिताहरुमा नेपालका ८० वटा विद्यालयहरुमा अध्ययनरत १ हजार भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेकोे जानकारी दिईन् । साथै चिनिया राजदूतले हालका विद्यार्थीहरु नेपाल–चीन मित्रताको भविष्य भएको भन्दै चिनिया भाषा तथा सँस्कृतिका विभिन्न विधामा उत्कृष्ठ स्थान हासिल गर्ने विद्यार्थीहरुलाई भविष्यमा पनि चीन भ्रमणको अवसर दिने जानकारी दिईन् ।

नेपाल र चीनको सम्बन्ध हिमाल जस्तै स्वच्छ र नदी जस्तै निस्कलंकः पर्यटनमन्त्री भट्टराई

सो समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले हिमाल र नदीहरुबाट जोडिएको नेपाल र चीनको सम्बन्ध हिमाल जस्तै स्वच्छ र नदी जस्तै निस्कलंक भएको बताए । नेपाल सदैव एक चीन नीतिको पक्षमा दृढताका साथ अविचलित ढंगले उभिएको जानकारी दिंदै मन्त्री भट्टराईले हालका वर्षहरुमा नेपाली युवा र विद्यार्थीहरुमा चिनिया भाषा अध्ययन गर्ने रुची बढ्दैै गएको बताए ।

मन्त्री भट्टराईले चिनिया भाषा तथा सँस्कृतिको अध्ययनले दुवै देशका जनतालाई साँस्कृतिक रुपमा अझ नजिक ल्याउने र भाषा, सँस्कृति तथा कलामा निपुर्णता हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको जानकारी दिँदै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा ठूलो संख्यामा चिनिया पर्यटकको आगमन हुने विश्वास समेत व्यक्त गरे ।

नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा.हरिश्चन्द्र शाहका अनुसार चिनिया राजदूतावासद्वारा यस वर्ष आयोजित नवौं राजदूत कप चिनिया भाषा प्रतियोगितामा ४२ स्कुलका ६० जना विद्यार्थीहरुले भाग लिएका थिए । त्यसैगरी आठौं चिनिया सांस्कृतिक प्रस्तुतीकरण प्रतियोगितामा ८८ विद्यालयका ६ सय ७० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो भने बाह्रौं चिनिया भाषा कार्यदक्षता प्रतियोगितामा ६५ विद्यालयका ७ सय ५५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरु प्राथमिक तथा निम्न माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरु हुन् ।

Loading...